Main Menu

काठमाडौँमा पाकिस्तानी प्रदर्शनी शुरु [फोटो फिचर]

 

भदौ २८, काठमाडौँ । पाकिस्तानमा निर्मित विभिन्न सामग्री (मेड इन पाकिस्तान)को आठौँ संस्करणको प्रदर्शनी त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा शुरु भएको छ ।

नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध तथा व्यापार अभिवृद्धि गर्ने ध्येयले आयोजित सो प्रदर्शनीमा विशेषगरी छालाका सामग्री, हस्तकलालगायतका सामग्री छन् ।

यहाँस्थित पाकिस्तानी राजदूतावासले विगत केही वर्षदेखि यस किसिमका मेलाको संयोजन गर्दै आएको छ । नेपाल–पाकिस्तानबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

पाकिस्तान दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का संस्थापन सदस्य देश हो ।

अर्काेतर्फ यी नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय बितिसक्दा पनि व्यापारका क्षेत्रमा खासै ठूलो हिस्सा ओगट्न सकेका छैनन् । एक तथ्याङ्कअनुसार विगत ५ वर्षमा दुईदेशका बीचमा वार्षिक ४ करोड ८० लाख डलर बराबरको व्यापार भएको थियो । गत वर्ष नेपालले करिब ४५ लाख डलरबराबरको सामान पाकिस्तान निर्यात गरेको थियो ।

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा र नेपालका लागि पाकिस्तानका राजदूत मज्हर जावेदले सो प्रदर्शनीको शुभारम्भ गरेका थिए ।

सो अवसरमा मन्त्री विश्वकर्माले नेपाल र पाकिस्तानबीच दौंत्य सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्न प्रदर्शनीले मद्दत मिल्ने बताए ।

नेपाल सरकारका मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीले सार्कको संस्थापक सदस्य हुनाका नाताले दुई देशले व्यापार प्रवर्द्धनलाई बढाउनुपर्ने उल्लेख गरे ।

विगत ८ वर्षदेखि हरेक वर्ष हुँदै आएको सो प्रदर्शनी ७ दिन जारी रहनेछ । नेपाल–पाकिस्तान मैत्री समाजका अध्यक्ष हिमालयशमशेर राणालगायतले प्रदर्शनी सफलताको कामना गरेका थिए ।

pakistan-exhibition-starts

(Visited 124 times, 1 visits today)

टिप्पणी

comments