Main Menu

नैकाप गोल्डकप ढुंगेअड्डा युनेशकोको हातमा

असोज १२, काठमाडौँ

dhungeadda-unesco-wins-naikap-gold-cupनैकाप गोल्डकप २०७४ को बुधबार भएको फाइनल खेलमा च न पा १५ ढुंगेअड्डा युनेश्कोले उपाधि माथि कब्जा जमाउन सफल भएको छ ।

फाइनल खेलमा ढुंगेअड्डा युनेश्कोले कलंकी युनाइटेड युथ क्लब माथि २-१ को जित निकाल्दै उपाधि हात परेको हो ।

खेलमा ढुंगेअड्डा युनेश्कोका तर्फ़बाट सबिन विडारीले पहिलो हाफमै गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

दोश्रो हाफमा लय समातेको कलंकी युनाइटेडका लागि सुमन लामाले राज पौडेलको सुन्दर क्रसलाइ गोल पोस्टको दिशा दिँदै बराबरी गोल गरे ।

१-१ गोलको बराबरी पछि खेल रोचक बन्दै जादा ढुंगेअड्डा युनेश्कोका सुजित बुढाठोकिले निर्णायक गोल गर्दै ढुंगेअड्डा युनेश्कोलाई जिततर्फ डोहोर्याए ।

हारका बाबजुद कलंकी युनाइटेडको प्रदर्शन निकै नै अब्बल रहेको थियो !

विजयी टोली च.न.पा.१५ ढुंगेअड्डा युनेश्कोले ट्रफी सहित नगद रु. २ लाख २५ हजार हात पार्यो भने उपविजेता कलंकी युनाइटेडले नगद रु. १ लाख २५ हजार हात पार्यो ।

प्रतियोगिताका बेष्ट प्लेयेर ढुंगेअड्डा युनेश्कोका रुजित पुडासैनी घोषित भए भने बेष्ट कोच लकश साकोसका रुकेश श्रेष्ठको हात लाग्यो । सर्वाधिक गोलकर्तामा कलंकी युनाइँटेडका सुमन लामा रहे भने बेष्ट गोलकिपर कलंकी युनाइटेडकै सत्रुघन चौधरी बने । यी सबै खेलाडीले ट्रफीसहित समान १०-१० हजार नगद प्राप्त गरे ।

सेमिफाइनालिस्ट बन्दै वेष्ट काठमाडौँ, नैकाप र लकश साकोस बल्खुले समान नगद रु. १५-१५ हजार हासिल गरे ।

खेलको समापन युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के. सी. (राजन ) को प्रमुख आतिथ्यका साथै अन्य उच्च पढ़ाधिकारीहरुको बाक्लो उपस्थितिमा भएको थियो ।

तस्बिरमा नैकाप गोल्ड कप फाइनल

  • मिलन केसी
(Visited 251 times, 1 visits today)

टिप्पणी

comments