Main Menu

मुम्बईको एक रेल स्टेशनमा भागदौड हुदा १५ जनाको ज्यान गयो, अरु दर्जनौँ घाइते

मुम्बइको रेल स्टेशनमा रहेका व्यक्तिहरुमा एक्ककासी भएको भागदौड ।

असोज १३,  मुम्बई, भाारत ।  भारतको आर्थिक राजनीति मानिएको सहर मुम्बईमा शुक्रबार बिहान अकस्मात भागदौड मच्चिएपछि त्यसमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको समाचार छ ।

उक्त भागदौडमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । भीडमा च्यापिएर र भाग्ने क्रममा भूइँमा लड्दा अर्कोले किचेर उनीहरुको ज्यान गएको र अरु केही नराम्ररी घाइते भएका बताइएको छ ।

ती घाइतेको स्थानीय अस्पतालहरुमा उपचार जारी रहेको छ । भारतीय आर्थिक राजनीति मानिने मुम्बई सहर नजिकैको एक स्थानीय रेल स्टेशनमा रहेका व्यक्तिहरुमा एक्ककासी भागदौड सुरु भएको थियो ।

मुम्बईको मूल बजार नजिकैको लोवर प्यारेल र एल्फिन स्टोन स्टेशनमा सो भागदौड मच्चिएको हो । शुक्रबार बिहान करिब १०ः४५ बजे सो भागदौड मच्चिएको थियो ।

बिहान पानी परिरहेको थियो । त्यस समयमा उक्त स्टेशनमा रेल चढ्न भिड लागेर बसेका नागरिकमा सो भागदौड मच्चिएको प्रहरीले जानकारी दिएको छ ।

भागदौड के कति कारणले मच्चिएको हो भन्ने बारेमा भने केही पनि थाहा हुन सकिरहेको छैन । त्यस समयमा किन त्यसो हुन पुग्यो भन्ने बारेमा आफूले खोजी जारी राखेको प्रहरीले जनाएको छ ।

स्थानीय उक्त रेल स्टेशनमा जम्मा भएर रहेका व्यक्तिहरु अकस्मातको ठूलो बर्षापछि ओतलाग्न आकासे पुलको सहारा लिन पुगेका र त्यसै समयमा पुल भाँचिन लागेको हल्ला चलेपछि त्यहाँ जम्मा भएका सयौँ व्यक्तिबीच भागदौड मच्चिएको थियो ।

त्यस क्रममा भूईँमा लडेका व्यक्तिमाथि एकले अर्कोलाई कुल्चिएका थिए । सो क्रममा अहिलेसम्म १५ जनाको ज्यान गएको र अरुको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

टेलिभिजनहरुले सर्वसाधारण व्यक्तिहरु भूइँमा लडेका, कतिपयले उनीहरुलाई उठाएर अस्पताल लाने तरखर गरेका र कतिपयलाई घटनास्थलमै पानी छम्किएर र प्राथमिक उपचारबाट निको पार्ने कोशिस गरेका दृश्यहरु देखाएका थिए ।

स्थानीय नागरिकहरुका अनुसार सो स्थानमा भागदौड मच्चिने क्रममा कम्तीमा पनि ५ सयजना बटुवा सो स्थानमा रहेको देखेको बताएका छन् ।

भागडौदमा किचिएर घाइटे भएकाहरुलाई एम्बुलेन्समा राखी अस्पताल लगिँदै ।

भागडौदमा छाडिएका जुत्ता चप्पलहरु ।

भागडौद मच्चिँदै ।

भागडौदमा किच्चिएर मृत्यु हुनेहरु ।

सिन्ह्वा/रासस

(Visited 142 times, 1 visits today)

टिप्पणी

comments