Main Menu

Wednesday, August 16th, 2017

 

हुने भयो ए डिभिजन लिग

साउन ३२, काठमाडौँ । ४ वर्षको अन्तरालपछि अन्ततः ‘ए’ डिभिजन लिग हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को बुधबार बसेको कार्यसमितिको बैठकले आगामी मंसिर १४ बाट ‘ए’ डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको हो । २०७० सालदेखि आयोजना हुन नसकेको ‘ए’ डिभिजन लिग पछिल्लोपटक मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो । ‘ए’ डिभिजन लिग हुन नसकेपनि २०७२ सालमा राष्ट्रिय लिग भने गरेको थियो । यस्तै, बैठकले आगामी पौष २३ गते एन्फाको चुनाव गर्ने पनि निर्णय गरेको छ ।


बिहारमा बाढीबाट ९१ को मृत्यु, करिब १ करोड बासिन्दा प्रभावित

  साउन ३२, नयाँ दिल्ली । भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ । साथै यसबाट करिब ९६ लाख जना नागरिक प्रभावित भएका छन् । गएको ३ दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ । बिहारको राजधानी नगर पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको बताइएको छ । ती क्षेत्रमा अहिले पनि वर्षाको क्रम जारी रहेको छ, जसका कारण जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ । बाढीका कारण लाखौँलाख नागरिक विस्थापित भएर सरकारले व्यवस्था गरेका शिविरमा बास बसिरहेका छन् । त्यस्तै हजारौँ जना घरबारबिहीन बन्नपूरा पढ्नुहोस्


संसद्मा सांसदहरुले प्रयोग गरेका शब्दप्रति आपत्तिको प्रसंग

  साउन ३२, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्ने क्रममा सांसदहरुले प्रयोग गरेको शब्दप्रति दुईपटक आपत्ति प्रकट गरिएको छ । नेकपा (एमाले)का सांसद ममता गिरीले आफ्नो पार्टीका तर्फबाट प्रस्तुत गरेका सार्वजनिक महत्वको प्रस्तावको बचाउ गर्दै “बाँदर प्रवृत्तिका मानिसले मात्रै यो प्रस्तावलाई अस्वीकार गर्न सक्दछन्” भन्ने आशयका अभिव्यक्तिप्रति सांसद रामहरि खतिवडाले तत्कालै उठेर आपत्ति जनाएका थिए । “बाँदर भन्ने शब्द संसदीय मर्यादा विपरीत भएकाले त्यसप्रति मेरो आपत्ति छ, त्यसलाई रेकर्डबाट हटाउन सभामुख समक्ष माग गर्दछु,” उनले भने । त्यसको लगत्तै सभामुखको भूमिकामा रहेका नेपाली काँग्रेसका सांसद नारायणबहादुर कार्कीले उक्त शब्दलाई रेकर्डबाट हटाउन सचिवालयका कर्मचारीलाई निर्देशनसमेत दिएका थिए । त्यसैगरी मधेसी जनअधिकारपूरा पढ्नुहोस्


बारपाकमा सिजनल फ्लु – एकको मृत्यु, ३०० भन्दा बढी बिरामी

  साउन ३२, गोरखा । गोरखाको बारपाकमा विगत दश दिनदेखि फैलिएको रुघाखोकी र ज्वरो (सिजनल फ्लु)बाट एक बालिकाको मृत्यु भएको छ । साविक बारपाक–७ की ३८ महिने बालिका सुप्रिया गुरुङको आज मृत्यु भएको हो । विगत १५ दिनदेखि ज्वरो र निमोनियाबाट पीडित बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । बारपाक गाउँमा ३ सयजनाभन्दा बढी स्थानीय बासिन्दा बिरामी छन् । बिरामीमध्ये अधिकांश बालबालिकामा निमोनिया देखिएको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीका अनुसार बारपाक स्वास्थ्य चौकीमा उपचार गर्न आउनेको संख्या दिनहुँ बढ्दो छ । आज मात्रै ८० जनाभन्दा बढीको उपचारपूरा पढ्नुहोस्


विश्वविख्यात वैज्ञानिकहरुको बाल्यकालको फोटो हेरी चिन्न सक्नुहुन्छ ? क्विज खेल्नुहोस् !


जापानमा नेपालको पहिलो जित

साउन ३२, काठमाडौँ । एएफसी एसियन कपको छनोट प्रतियोगिताको तयारीका लागि जापानमा रहेको नेपाली राष्ट्रिय टोलीले पहिलो खेल जितेको छ । जापानको क्वान्सेइ गाकुइन विश्वविद्यालयलाई २–१ गोलअन्तरले पराजित गर्दै नेपाली टोलीले पहिलो जित हात पारेको हो । कुबे उभिभ रङ्गशालामा आज भएको खेलमा नेपालका लागि बिमल घर्तीमगरले १२ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । जापानी टोलीले २५ औँ मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा पुर्यायो । पहिलो हाफ १–१ कै बराबरीमा सकिएको थियो । दोस्रो हाफको अन्तिमतिर इन्जुरी समयमा नेपालका लागि सुमन लामाले गोल गर्दा नेपालले खेलमा २–१ ले अग्रता लिएको थियो । क्वान्सेइ गाकुइन विश्वविद्यालयले बाँकी कम समयमा गोलपूरा पढ्नुहोस्


हवाई सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु

  साउन ३२, काठमाडौँ । एयरपोर्ट रेस्क्यु एण्ड फायर फाइटिङ (एआरएफएफ) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ । ‘एभिएसन ग्रोथ, च्यालेन्ज एण्ड एआरएफएफ डाएनामिक्स’ भन्ने मूल नाराका साथ एआरएफएफ अमेरिका र नेपाल रेस्क्यु एण्ड फाइटर्स एशोसिएसनद्वारा संयुक्तरूपमा आयोजित सम्मेलनमा सुरक्षित हवाई यातायात सेवाका विषयमा छलफल गरिने छ । हवाई यातायात सेवालाई सुरक्षित, नियमित, भरपर्दो, विश्वसनीय र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने छ । सम्मेलनमा नेपाललगायत अमेरिका, स्वीडेन, डेनमार्क, भारत, मलेसिया, साउदी अरेबिया, क्यानाडा र दक्षिण सुडानका विमान चालक, फायर फाइटर, इञ्जिनियर गरी करिब २५० जनाको सहभागिता रहेको छ । सम्मेलनमापूरा पढ्नुहोस्


चीनले आयुर्वेदको विकास र विस्तारमा सहयोग गर्ने

साउन ३२, कीर्तिपुर । चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले नेपालमा आयुर्वेदको विकास र विस्तारका लागि चीन सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र अवलोकनका लागि आज यहाँ आइपुगेका उपप्रधानमन्त्री याङले आयुर्वेदको अनुसन्धानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । स्वास्थ्य सचिव किरण रेग्मीले नेपाल सरकार संघीयतामा गएपछि सातै प्रदेशमा आयुर्वेद अस्पताल निर्माण गर्ने लक्ष्य लिएको र त्यसका लागि चीन सरकारका तर्फबाट आवश्यक सहयोग गर्न उपप्रधानमन्त्री याङसँग आग्रह गरे । ‘‘नेपालका ८० प्रतिशत जनताको आयको स्रोत जडीबुटी भए पनि यसबारे ज्ञानको अभावमा अमूल्य जडीबुटी समय नहुँदै दोहन हुँदा ह्रास हुँदै गएकाले जनचेतना सहितपूरा पढ्नुहोस्


हर्न निषेध अब चितवनमा पनि

  साउन ३२, चितवन । नारायणगढ र भरतपुर क्षेत्रमा भोलि बिहीबारदेखि सवारी साधनले हर्न बजाउन नपाउने भएका छन् । काठमाडौँ र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडकखण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न बजाउन निषेध गरिएको छ । ती स्थानका भित्रि सडकमा पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार साउन १७ गते प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा ट्राफिक व्यवस्थापनका विषयमा बसेको बैठकले भदौ १ गतेबाट भरतपुर र नारायणगढ क्षेत्रमा हर्न निषेध गर्ने निर्णय गरिएको थियो । पन्तकाअनुसार त्यसयता स्थानीय सञ्चारमाध्यमका साथै सिटी बसकोपूरा पढ्नुहोस्


संविधान (दोस्रो संशोधन) प्रस्ताव आज सदनमा पेश हुने

  साउन ३२, काठमाडौँ । लामो समयदेखि निकै बहस र चर्चामा रहेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ आज व्यवस्थापिका–संसद्मा पेस गरिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसअघि उनले उक्त विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने छ । नेपालको संविधान जारी भएसँगै राष्ट्रिय जनता पार्टीले संविधानको केही अन्तरवस्तुमाथि असहमति जनाउँदै भाषा, प्रदेशको सीमा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषयमा सशोधन गर्नुपर्ने आन्दोलन गर्दै आएको छ । संविधान सशोधनकोपूरा पढ्नुहोस्