Main Menu

Thursday, August 24th, 2017

 

अनेरास्ववियु (क्रान्तिकारी)को बन्दसत्र शुरु

भदौ ८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को २१आौँ राष्ट्रिय सम्मेलनको बन्दसत्र आजदेखि शुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाकक्षमा शुरु भएको बन्दसत्रमा आज अध्यक्ष नरेन्द्र न्यौपानेले राजनीतिक र विधान संशोधन प्रतिवेदन पेश गरेका छन् । अध्यक्षले पेश गरेको प्रतिवेदन विभिन्न २१ समूह बनाएर छलफल गरिने अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । राजनीतिक प्रतिवेदनमा स्थापनाकालदेखि क्रान्तिकारीले उठाउँदै आएको जनवादी शिक्षालाई छाड्दै समाजवादी शिक्षामा जोड दिने कुरा उल्लेख गरिएको छ । यस्तै मौलिक हकमा राखिएका शिक्षा, स्वास्थ्य र रोजगारीलाई कार्यान्वयन गराउनका लागि दबाब दिनेसमेत सो प्रतिवेदनमा उल्लेख छ । राजनीतिक र विधान प्रतिवेदन पारित भएपछि नयाँपूरा पढ्नुहोस्


युद्धकालीन मुद्दा सत्य निरुपण आयोगमार्फत हल गर्न वाइसिएलको आग्रह

  भदौ ८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएलले जनयुद्धकालीन मुद्दालाई सत्य निरुपण आयोगमार्फत हल गरिनुपर्नेमा जोड दिएको छ । हालै सम्पन्न वाइसिएलको दोस्रो महाधिवेशनले गरेको निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष रामप्रसाद सापकोटाले बृहत् शान्ति सम्झौताको मर्मअनुसार नै युद्धकालीन मुद्दाको निरुपण गर्न माग गरिएको बताउँदै युवालाई विदेश पठाउने भन्दै ठगी गर्ने र श्रम शोषण तथा एउटा काम र पारिश्रमिक भन्दै अर्को गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरे । यस्तै बाढी पहिरोका कारण मुलुकभर भएको जनधनको क्षतिलाई ध्यानमा राखी तराई–मधेशमा तत्काल रु. ५ लाख क्षतिपूर्ति उपलब्ध गराउन समेत वाइसिएलले आग्रह गरेको छ । यस्तैपूरा पढ्नुहोस्


उपचारका लागि ओली थाइल्याण्ड जाँदै

  भदौ ८, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रबार थाइल्याण्ड जाँदैछन् । थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो १ बजे उनले नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान थालेको अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए । अध्यक्ष ओलीका साथ उनकी पत्नी राधिका शाक्य पनि त्यसतर्फ जानेछिन् । यही भदौ १४ गते उनी स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव दाहालले बताए । नियमित स्वास्थ्य उपचारका लागि उनी ६-६ महिनामा बैंकक जाने गरेका छन् । यसअघि जेठमा उनी उपचारका लागि बैंकक गएका थिए ।


हिउँदमा भारतबाट आउने भयो थप १०० मेगावाट विद्युत्

भदौ ८, काठमाडौँ  । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले रक्सोल परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरेका छन् । दुई महत्वपूर्ण अन्तरदेशीय प्रसारण लाइनको आज भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमा उद्घाटन भएको हो । आगामी हिउँदको विद्युत् मागलाई धान्न भारतबाट थप १ सय मेगावाट विद्युत् आयात हुने भएको छ । ती अन्तरदेशीय प्रसारण लाइनमार्फत थप ५०/५० मेगावाट विद्युत् आयात हुने छ । हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले स्विच थिचेर ती प्रसारण लाइनको उद्घाटन गरेका हुन् । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समयमा पनिपूरा पढ्नुहोस्


‘सम्बन्धनले जनस्वास्थ्यमा खेलबाड भएको छ’ – थापा

भदौ ८, काठमाडौँं । प्रस्तावित चिकित्सा शिक्षा विधेयक र प्रा. डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत काठमाडौँको नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिएको विषयमा सांसद गगनकुमार थापाले आज संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । संसद् सचिवालयमा आज दर्ता भएको सो सार्वजनिक महत्वको प्रस्तावमा सांसदद्वय श्यामकुमार श्रेष्ठ (काभ्रेपलाञ्चोक) र रुक्मिणी चौधरीको समर्थन रहेको छ । प्रस्तावमा गुणस्तरीय स्वास्थ्य प्राप्त गर्ने नागरिकको अधिकार र भविष्यमाथि नै खेलबाड गरिएको उल्लेख छ । ‘आधारभूत मापदण्डसमेत पूरा नगरेको मेडिकल कलेजलाई सम्बन्धन दिएर जनस्वास्थ्यमा खेलबाड भएकाले’ संसद्ले सरकारको निर्णय सच्याउन र थप समस्या आउन नदिन आवश्यक हस्तक्षेप गर्न माग गरिएको छ । प्रस्तावमापूरा पढ्नुहोस्


निगमबाट जग्गा खरिदमा अनियमितता भयो – जनप्रतिनिधि

भदौ ८, चितवन । नेपाल आयल निगमले भण्डारणका लागि चितवनमा खरिद गरेको जग्गा बजार मूल्यभन्दा अत्याधिक बढी मूल्यमा खरिद गरेको भनी यहाँका जनप्रतिनिधिले व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति मातहत गठन भएको उपसमितिलाई बताएका छन् । उपसमितिका संयोजक सुवासचन्द्र शाह ठकुरी र सदस्य जनक बुढासामु जग्गा खरिद भएको राप्ती नगरपालिका–१ का वडाध्यक्ष सिद्धिलाल स्याङ्तान, वडा नं २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेती र नगर प्रमुख प्रभा बरालले प्रतिकठ्ठा रु. २ लाख ५० हजारदेखि रु. ३ लाखसम्म पर्ने जग्गालाई निगमले रु. १५ लाख ८५ हजारसम्ममा खरिद गरेको बताए । उपसमितिले आज जग्गाको स्थलगत निरीक्षणपछि जिल्ला प्रशासन कार्यालयमा गरेको छलफल कार्यक्रममापूरा पढ्नुहोस्


मतदान गर्न भदौ ५ सम्म १८ वर्ष पुगिसक्नुपर्ने

भदौ ८, काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यही भदौ ५ गते १८ वर्ष उमेर पुगेका फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा यही भदौ ५ गते १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्र मतदान गर्न पाउने निर्णय गरेको हो । सरकारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन आगामी मंसिर १० गते आइतबारका लागि घोषणा गरिसकेको छ । सरकारले निर्वाचन गर्ने गरी मिति घोषणापूरा पढ्नुहोस्


फुट्यो नयाँ शक्ति र फोरमको तालमेल, नयाँ शक्तिले अब नेकपा संयुक्तसँग तालमेल गर्ने

  भदौ ८, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले आगामी असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि नयाँ गठबन्धन बनाएको छ । नेकपा संयुक्तसँग चुनावी तालमेलका साथ नयाँ शक्तिले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अब जनतासँग हँसिया चुनाव चिह्नमा मत माग्ने छ । प्रदेश नं २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनमा नयाँ शक्तिले हँसिया चिह्न लिएर निर्वाचनमा जाने जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पुष्टि गरे । यसअघि भएका स्थानीय तहको दुई चरणका निर्वाचनमा उक्त पार्टीले संघीय समाजवादी फोरम नेपालसँग चुनावी तालमेल गरी हातमा बोकेको मशाल चुनाव चिह्नपूरा पढ्नुहोस्


मुलुकमा अब ७७ जिल्ला समन्वय समिति कायम हुने

  भदौ ८, काठमाडौँ । निर्वाचन आयोगले सरकारले हालै थप गरेका दुई जिल्लासहित मुलुकमा कायम भएका ७७ जिल्ला समन्वय समितिको निर्वाचन जिम्मेवारी पूरा गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ५ गतेको बैठकले नवलपरासी र रुकुमलाई २-२ जिल्ला बनाउने निर्णय गरेको थियो । सरकारको निर्णयानुसार आयोगले प्रदेश नं ४ मा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र प्रदेश नं ५ मा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी २ तथा प्रदेश नं ५ मा पर्ने रुकुम (पूर्वी भाग) र प्रदेश नं ६ मा रहने रुकुम (पश्चिम भाग) गरी कायम भएका दुई जिल्लासहित ४ जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन गराउनेपूरा पढ्नुहोस्


संखुवासभामा दुई निर्वाचन क्षेत्र कायम गर्न माग

भदौ ८, काठमाडौँ । निर्वाचन क्षेत्र निर्धारण गर्दा संखुवासभा जिल्लालाई दुई क्षेत्रबाट नघटाउन माग गरिएको छ ।  निर्वाचन क्षेत्र निर्धारण सरोकार समितिले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा संखुवासभा जनसंख्याका आधारमा प्रदेश नं १ को हिमाली जिल्लामध्ये सबैभन्दा ठूलो र भूगोलका आधारमा दोस्रो ठूलो भएकाले पनि दुई वटै निर्वाचन क्षेत्र कायम हुनुपर्ने जनाइएको छ ।  कार्यक्रममा पूर्व सांसद डेढराज खड्काले भूगोललाई पन्छाएर जनसंख्यालाई मात्र आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण हुन लागेको सूचना मिलेको बताउँदै भूगोलका आधारमा देशकै पाँचौँ ठूलो जिल्लालाई एउटै निर्वाचन क्षेत्र कायम गर्दा संघीयता नै अभिशाप साबित हुने उनको भनाइ थियो ।  समिति संयोजक डा. रमेशकुमार ढुंगेलले विश्वकैपूरा पढ्नुहोस्