Main Menu

Wednesday, August 2nd, 2017

 

टेलिचिकित्सा पद्दतिको प्रयोगले डोल्पाकी आशाको ज्यान जोगियो

साउन  १८, काठमाडौँ । डोल्पाका चिकित्सकले  काठमाडौँमा रहेका विशेषज्ञ चिकित्सकसँग वार्ता गरी टेलिचिकित्सा पद्धतिको प्रयोग गरेर भिरबाट खसेको ढुङ्गाले चोट लाग्दा अचेत भएकी आशा विकको ज्यान जोगाउन सफलता हासिल गरेका छन् । यो कार्यका लागि स्वास्थ्य र गृह मन्त्रालयको प्रत्यक्ष  पहलको महत्वपूर्ण भूमिका रह्यो । प्रारम्भिक उपचार डोल्पामै गरी सुरक्षित रुपमा हेलिकोप्टरमा राखी काठमाडौं ल्याइपुर्याई आवश्यक उपचार गराएपछि अहिले आशा बिकको ज्यान जोगिएको छ । काठमाडौं, वीरअस्पतालस्थित ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन प्रा डा श्रीकृष्ण गिरीले विदेशी मुलुकले प्रयोगमा ल्याइसकेको ‘टेली मेडिसिन’ उपचार पद्धति जस्तै काठमाडौँका विशेषज्ञ चिकित्सकले डोल्पाका चिकित्सकबीचको यो प्रयोग प्रभावकारी भएको बताए । राससका अनुसार गत साउन १४पूरा पढ्नुहोस्


मुग्लिन सडकको पहिरो सदाका लागि अन्त्य गर्न प्रमको निर्देशन

नारायण ढुंगाना साउन १८, रत्ननगर (चितवन) । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण जनताले पाएको सास्तीप्रति चिन्ता व्यक्त गरेका छन् । उक्त सडकखण्डको आज स्थलगत निरीक्षण गर्दै उनले पहिरोले जनतालाई सधैँ पीडित बनाइरहेको हुँदा यसलाई सदाका लागि अन्त्य हुनेगरी काम गर्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले कुनैपनि बेला पहिरो खस्ला भन्ने डरलाग्दो अवस्था आएको उल्लेख गर्दै भने, ‘‘बाटोमा कुनै बेला पनि पहिरो आइदेला भन्ने जस्तो डरलाग्दो स्थिति छ, सालसालै पहिरो आउला भन्ने खतरा भयो । अब यो बाटोमा पूरा अध्ययन गरेर पहिरो आउने खतरा सदाका लागि बन्द गर्नुपर्छ, कसरी हुन्छ, यो चौबिसै घण्टा खुला हुने बनाउनुपर्यो ।” चितवनको आँपटारीदेखि करिबपूरा पढ्नुहोस्


कन्याममा यस वर्ष २४ हजार पर्यटक

साउन १८, इलाम । गत आर्थिक वर्ष २०७३/७४ मा इलाम भित्रिएका ६६ हजार पर्यटकमध्ये २४ हजारले पर्यटकीयस्थल कन्यामको भ्रमण गरेका छन् । यहाँ भित्रिने अधिकांश पर्यटकको रोजाइमा कन्याम पर्ने गरेको छ । मनोरम चिया बगान, हरियाली, शीतलतासँगै सुन्दरताले भरिपूर्ण कन्याममा पर्यटकको चाप बढेको कन्यामका स्थानीय बासिन्दा काजीमान कागते बताउछन् । सूचना केन्द्र जोरकलशका गगन घिमिरेका अनुसार २९ हजार ८२९ महिला र ३६ हजार ४७० पुरुष गरी कुल ६६ हजार २९९ जनाले इलामको भ्रमण गरेका थिए । पर्यटकले पाथीभरा, पशुपतिनगर, इलाम सदरमुकाम, फिक्कल, श्रीअन्तु करफोक र माईपोखरीको भ्रमण गरेका थिए । इलाम हुँदै पर्यटक फिदिम ताप्लेजुङ र तेह्रथुमसम्म पुग्ने गरेका छन्पूरा पढ्नुहोस्


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु

  साउन १८, पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु भएको छ । विमानस्थलको निर्माण प्रक्रियाका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा आज आयोजित बैठक एवम् स्थलगत अवलोकनका क्रममा चिनीयाँ निर्माण कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ को–अपरेशन लिमिटेडका एशिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी याङले सो कुरा जानकारी गराएका हुन् । याङले ६० कामदार र अन्य प्राविधिक गरी हाल ११० जना व्यक्ति निर्माण प्रक्रियामा संलग्न रहेको जानकारी दिँदै शाखा कार्यालय, अस्थायी शिविर आदिको निर्माण कार्य थालिसकिएको बताए । निर्माण कार्यको औपचारिक शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले विमानस्थल पर्यटन विकासकोपूरा पढ्नुहोस्


पुसभित्र काठमाडौँमा मेलम्चीको पानी आउँछ – मन्त्री यादव

  साउन १८, काठमाडौँ । खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले काठमाडौँवासीले पुस महिनाभित्रै मेलम्चीको पानी पिउन पाउने बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा आज मन्त्री यादवले असोज महिनामै पानी ल्याउने भनिएपनि प्राविधिक समस्याका कारण पुसको पहिलो सातासम्मलाई सारिएको स्पष्ट पारे । “ढुक्क हुनुहोस् पुसभित्र मेलम्चीको पानी ल्याएरै छाड्छौँ,” मन्त्री यादवले भने, “स्व. नेता कृष्णप्रसाद भट्टराईको काठमाडौँमा मेलम्चीको पानी ल्याउने सपना पूरा हुँदैछ ।” दशैँअघि ल्याउन कोसिस गरिएको तर ४ ठाउँबाट टनेलको काम बाँकी रहेकाले पुससम्म सरेको मन्त्री यादवले बताए । प्रधानमन्त्री देउवाको निर्देशनअनुसार काठमाडौँका सडकमा देखिएका सबै खाल्डाखुल्डी पुर्ने काम केही दिनमै सकिने उनको भनाइ थियो । “काठमाडौँमा देखिएको खानेपानीपूरा पढ्नुहोस्


ओखरपौवामा फोहोर फाल्न स्थानीयको अवरोध

  साउन १८, नुवाकोट । नुवाकोट ओखरपौवामा काठमाडौँ उपत्यकाको फोहोर फाल्न स्थानीय बासिन्दाले अवरोध पुर्याएका छन् । वर्षाको समयमा फोहोर व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले लापरवाही गरेको भन्दै विरोधमा आज बिहानैदेखि स्थानीय बासिन्दाले फोहोर बोकेर ओखरपौवा आइपुगेका गाडी रोकेर अवरोध गरेका छन् । स्थानीयवासीको अवरोधका कारण उपत्यकाबाट फोहोर बोकेर डम्पिङ क्षेत्र ओखरपौवा आइपुगेका एक सयभन्दा बढी गाडी बीच सडकमा नै रोकिएको प्रहरी चौकी ओखरपौवाका प्रहरी सहायक निरीक्षक रामप्रसाद कोइरालाले जानकारी दिएका छन् । स्थानीय बासिन्दाले फोहोर फाल्ने डम्पिङ क्षेत्रमा फोहोरको विर्सजनपश्चात् दुर्गन्ध फैलन नदिन माटोले पुर्नुपर्ने र औषधि छर्केर रोगको संक्रमण नियन्त्रण गर्नुपर्ने दुईबुँदे माग राखेर फोहोर फ्याक्न अवरोध पुर्याएका हुन् ।पूरा पढ्नुहोस्


मोरङमा मदन भण्डारीको संग्रहालय निर्माण हुँदै

  साउन १८, उर्लाबारी (मोरङ) । मोरङको उर्लाबारी– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा बितेका मदन भण्डारीको संग्रहालय निर्माण भइरहेको छ । यही असोज महिनासम्ममा सम्पन्न हुने गरी निर्माण भइरहेको संग्रहालयमा स्व. भण्डारीले प्रयोग गरेका सामग्री, उनका लेख, आलेख, दस्तावेज, साइकलका साथै दासढुंगा दुर्घटनामा परेको जिपलाई पनि राखिनेछ । उनको जन्म भएको ताप्लेजुङको ढुंगेसाँघुदेखि मृत्यु भएको चितवनको दासढुंगासम्म चित्रित हुने सम्पूर्ण सामग्री सो संग्रहालयमा राखिने प्रतिष्ठानका सामाजिक विकाश अधिकृत रुद्रबहादुर तामाङले जानकारी दिए । संग्रहालयमा स्व. भण्डारीले बोलेका अडियो र भिडियोसमेत राखिने जनाइएको छ । संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत पुरातत्व विभागको सहयोगमा विगत ५ वर्षदेखि प्रतिष्ठानले संग्रहालयका साथै पुष्पवाटिका तथापूरा पढ्नुहोस्


भित्रियो रसुवागढीबाट चिनियाँ सामान

  साउन १८, रसुवा । शुल्क पुनरावलोकन गरेका कारण आयात ठप्प भएको चिनियाँ सामग्री मंगलबारदेखि नेपाल भित्रन थालेको छ । सामान आयातनिर्यात गर्ने रसुवा जिवजिवेका व्यवसायी धर्म पौडेलका अनुसार चिनियाँ भन्सार प्रतिनिधिले प्रतिटिप १ हजार ५०० यूवान लिँदै आएकोमा लोड व्यवस्थापन गर्न एक्कासि भारी मात्रामा पुनरावलोकन गरी बढाएपछि २ हप्ता अगाडिदेखि नेपाली व्यापारीले सामान उठाउन बन्द गरेको र वार्ताको माध्यमबाट प्रतिटिप २ हजार ५०० चिनियाँ यूवानमा काम गर्न सहमत भएपछि केरुङको पाङसिङबाट सामान लोड गरी नेपालतर्फ ल्याउने क्रम शुरु भएको हो । चिनियाँ नीतिअनुसार भन्सार प्रतिनिधिमार्फत नै सामान लोड गराउनुपर्ने र सो अनुसार प्रतिट्रिप नेपाली रुपैयाँ २४ हजारबाट बढेर ४०पूरा पढ्नुहोस्


पाकिस्तानको प्रधानमन्त्रीमा अब्बासी निर्वाचित

  साउन १७, इश्लामावाद (पाकिस्तान) । पाकिस्तानको संसदले पूर्व प्रधानमन्त्री नवाज शरीफको सत्ताधारी दल पाकिस्तान मुश्लिम लिग– नवाज (पिएमएल–एन) को तर्फबाट नेता शहीद खकान अब्बासीलाई मङ्गलबार प्रधानमन्त्री निर्वाचित गरेको छ । पाकिस्तानी सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्न भएको आशङ्का गर्दै पद त्याग्न आदेश गरेपछि उनले गत शुक्रबार राजीनामा दिएपछि रिक्त रहेको उक्त पदका लागि संसदमा आज निर्वाचन भएको थियो । अब्बासीलाई संसदको ३४२ सदस्य सङ्ख्यामा २२१ मत प्राप्त भएको थियो । प्रधानमन्त्रीका लागि विभिन्न ६ जनाको उम्मेदवारी रहेकोमा प्रमुख प्रतिपक्षी दल पाकिस्तान पिपुल्स पार्टीका सैयद नभीद कमार उनको प्रतिस्पर्धि रहे । कमारले जम्मा ४७ मत प्राप्त गरेकापूरा पढ्नुहोस्


कीर्तिपुरमा एकीकृत बस्ती विकास गरिने

  साउन १८, काठमाडौँ । कीर्तिपुर नगरपालिकाले एकीकृत बस्ती विकासका लागि स्थानीय सल्यानस्थानदेखि तीनथाना सिमानासम्मको जमिनलाई उपयुक्त ठहर गरेको छ । करिब तीनहजार रोपनी क्षेत्रफल रहेको त्यस स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको नगरपालिकाले भूकम्प प्रतिरोधात्मक र बलियो भवन निर्माणका लागि गृहकार्य गरिरहेको हो । वि.सं. २०७२ को भूकम्पमा ठूलो धनजनको क्षति भएको सो नगरपालिकामा प्राचीन बस्ती छन् । नगरपालिकाले प्राविधिक सहयोग र थप अनुसन्धानका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणसँग सहयोग मागेको छ । प्राधिकरणका प्राविधिकलगायत समूहले सुक्ष्म अध्ययन गरेपछि उक्त स्थान उचित ठहरिएमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने छ । परियोजनामा के कति लागतमा, कति क्षेत्रफलमा कस्तो स्वरुपको भवन निर्माणपूरा पढ्नुहोस्