Main Menu

Monday, August 28th, 2017

 

फार्क लडाकूहरु नयाँ पार्टीमा रुपान्तरित

भदौ १२, बोगोटा (कोलम्बिया) । कोलम्बियाका पूर्व विद्रोहीहरुको संगठन द रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्बिया (फार्क) ले आइतबार नयाँ राजनीतिक पार्टीमा रुपान्तरित हुने प्रक्रियामा रहेको घोषणा गरेको छ । अहिलेकै व्यवस्थामा नयाँ पार्टीमार्फत सामाजिक न्यायका लागि संघर्ष गर्न पार्टीमा रुपन्तरण गर्नुपरेको उनीहरुको भनाइ रहेको छ । पार्टीको राष्ट्रिय सम्मेलनका लागि राजधानी बोगोटामा एक हजार २०० पूर्व लडाकूहरु जम्मा भएका थिए । सम्मेलनको प्रतिनिधिको रुपमा आएका उनीहरुले पार्टीको विधान निर्माणसमेत गर्ने भएको छ । “यो घटनासँगै फार्क नयाँ पार्टीमा रुपान्तरण हुने प्रक्रिया शुरु भएको छ, यो चाँडै नै वैधानिक रुपमा सक्रिय हुनेछ,” फार्क नेता रोड्रिगो लोन्डोनोले सम्मेलनमा भनेका छन् । “हामीलेपूरा पढ्नुहोस्


घरेलु हिंसाका कारण सम्बन्धविच्छेद

तेह्रथुम, १२ भदौ । पछिल्लो समय तेह्रथुम जिल्लामा सम्बन्धविच्छेद गराउनेको संख्या बढ्दै गएको छ । विभिन्न प्रकृतिका घरेलु हिंसा भएको मुख्य कारण देखाउँदै महिलाले आफ्नो श्रीमानसँग सम्बन्धविच्छेद गर्ने क्रम बढेको हो । जिल्लामा वर्षेनी सम्बन्धविच्छेद गरेर श्रीमान् त्याग्ने महिलाको संख्या बढ्दै गएको जिल्ला अदालतको तथ्यांकले देखाएको छ । जिल्ला अदालतले फैसला सुनाएकामध्ये पछिल्ला तीन आवमा जिल्लाका ८४ जोडीले सम्बन्धविच्छेद गरेका छन् । अदालतको तथ्यांकअनुसार आव २०७१/७२ मा २९ जनाले सम्बन्धविच्छेद गरे । आव २०७२/७३ मा यो संख्या बढेर ३६ पुग्यो भने आव २०७३/७४ मा पनि जिल्ला अदालतले १९ वटा सम्बन्धविच्छेदका फैसला सुनाएको छ । अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरैपूरा पढ्नुहोस्


राप्रपा विभाजनको विषय सदनमा

भदौ १२, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विभाजनको विषयले प्रवेश पाएको छ । संसद्को आजको दोस्रो बैठकमा सभामुखसँग समय लिएर बोल्दै राप्रपाका सांसद दिलनाथ गिरीले आफ्नो पार्टीको विभाजन योजनाबद्ध तवरले गरिएको आरोप लगाए । सत्तारुढ दलकै प्रयासमा राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन गरिएको आरोप लगाउँदै उनले नयाँ दल दर्ताका लागि संसद् र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउनुपर्नेमा त्यसो नगरिएको र हचुवाको भरमा निर्वाचन आयोगले समेत दल दर्ता गरिदिएको बताए । उनले आफ्नो धारणा राखिरहँदा नयाँ दल दर्ता गराएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का सांसदहरुले नियमापत्ति गरेका थिए । एक फरक प्रसंगमा सांसद गिरीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममापूरा पढ्नुहोस्


वडाध्यक्षद्वारा २५ बिरामीलाई झुल वितरण

  भदौ १२, बाजुरा । पछिल्लो समय मौसम परिवर्तन भएसँगै जिल्ला अस्पतालका बिरामीलाई वडाध्यक्षको पहलमा झुल वितरण गरिएको छ । बडिमालिका नगरपालिका–८ का वडाध्यक्ष प्रकाशबहादुर रावलको पहलमा जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले २५ जना बिरामीलाई झुल प्रदान गरेका हुन् । लामखुट्टेको टोकाइबाट अस्पतालमा एक महिनामा २६ जना औलोका र ९ जना मलेरियाका बिरामी भर्ना भएका थिए । उपचारका लागि भर्ना भएका अन्य रोगका बिरामीलाई राति सुत्ने बेला लामखुट्टेले थप बिरामी पार्ने भएकाले आफ्नै पहलमा झुल उपलब्ध गराइएको वडाध्यक्ष रावलले बताए । “पछिल्लो समय तापक्रम वृद्धिले यस जिल्लामा समेत लामखुट्टेको प्रकोप बढिरहेकाले हामीले बिरामीका लागि झुलको व्यवस्थापन गरेका हौँ,” नगर प्रमुखपूरा पढ्नुहोस्


न्यूनचापीय क्षेत्रको प्रभावले बदली र वर्षा

भदौँ १२, काठमाडौँ । भारतको उडिसा राज्य र बंगालको खाडी आसपासमा न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालमा बदली र वर्षा भएको छ । उक्त प्रणालीको प्रभावले देशभर बदली र केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्य अवस्थामा रहेको मनसुनसँगै न्यूनचापीय क्षेत्रको प्रभावले खासगरी पूर्वी भेगमा बढी असर परेको मौसमविद् सुवास रिमालले जानकारी दिए । उनले पूर्वका केही स्थानमा मध्यम खालको वर्षा हुने, मध्य भेगमा बदली रहेपनि हल्काफुल्का वर्षा गराउने, मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा सामान्य खालको वर्षा हुने बताए। मनसुन अहिले पनि सामान्य अवस्थामा रहेको र यसले बदली र वर्षा गराउँछ तर भारी वर्षा हुने सम्भावनापूरा पढ्नुहोस्


खानेपानी निकाल्न पोखरा रंगशालामा बोरिङ

  भदौ १२, पोखरा । वर्षौंँदेखि खानेपानीको समस्या व्यहोर्दै आएको पोखरा रंगशालामा अहिले बोरिङ खनेर खानेपानीको व्यवस्था गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयबाट रु. १७ लाख निकासा गरी बोरिङ खनेर पानीको व्यवस्था गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । सन् २०१९ मा नेपालमा हुनगइरहेको १३ औँं साग खेलकूद अन्तर्गत पोखरामा ५ वटा खेल हुन गइरहेको, खेलकूदका ठूलठूला पूर्वाधार योजना शुरु भएको र खेलकूद मैदानलाई सधैँ हरियाली बनाउन पनि पानीको अत्यावश्यक परेको सो व्यवस्था गरिएको उनले बताए । जमिनबाट झण्डै १५० मिटरको गहिराइसम्म खनेर पानी निकालिएको छ । ८ इञ्चको पाइपबाट पानी तानेर दुईवटा ठूलठूलापूरा पढ्नुहोस्


‘यो वर्ष चुनावी वर्ष’– अध्यक्ष ‘प्रचण्ड’

भदौ १२, विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचनलाई सफल बनाउन दललाई एकजुट भएर लाग्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्यनमा बल पुगेको र तेस्रोचरणको स्थानीय निर्वाचनमा सबै दल सहभागी हुने भएपछि उत्साहका साथ सो निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे । यो वर्ष ‘चुनावी वर्ष’ भएको प्रशंग उल्लेख गर्दै उनले प्रदेश र संघीय संसद्को निर्वाचन निर्धारित समयभित्रै सम्पन्न हुने स्पष्ट पारे । अध्यक्ष दाहालले संविधान गतिशील विषय भएकाले आवश्यकतानुसार संशोधन हुने उल्लेख गर्दै अहिलेको अवस्थामा राष्ट्रिय जनता दलसमेतपूरा पढ्नुहोस्


भारत भ्रमण सफल – प्रधानमन्त्री

भदौ १२, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताएका छन् ।  व्यवस्थापिका–संसद्को आजको बैठकमा आफ्नो राजकीय भारत भ्रमणका बारेमा जानकारी गराउँदै उनले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले आफ्ना समकक्षीसँग प्रष्टरुपमा विषयवस्तु राखेको र समाधान हुने विश्वाससमेत पैदा भएको बताए ।  पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आगामी एक महिनाभित्र सम्पन्न गर्ने गरी भारतीय समकक्षीसँग कुराकानी भएको उल्लेख गर्दै उनले ऊर्जा व्यापार सम्झौताको मर्म र भावनाअनुसार नै मुलुकमा ऊर्जा उत्पादनलाई बढवा दिने र प्रसारणलाइन निर्माण गर्ने सन्दर्भमा सहमति भएको जानकारी गराए । पूरा पढ्नुहोस्


चक्रपथ चौडा पार्ने काममा तीव्रता

भदौ १२, काठमाडौँ । सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त पहलमा चक्रपथ सडक चौडा गर्ने कार्यलाई तीव्रता दिइएको छ । उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि विभाग, महाशाखा र काठमाडौँ महानगरपालिका मिलेर शनिबारदेखि हरेक दिन बिहान २ घण्टा चक्रपथ चौडा गर्ने कार्यलाई तीव्रता दिएका हुन् । विभाग, महाशाखा र महानगरपालिकाले चक्रपथ क्षेत्रमा ट्राफिक नियमसम्बन्धी साइनबोर्ड राख्ने, खाल्टो परेका सडक पुर्ने, सडकमा मार्किङ (धर्का तान्ने), बसबिसौनीलाई व्यवस्थित गर्ने, सडकमा रहेका पोल सार्ने र डोजर लगाउने काम गर्दै आएको छ । यसैगरी चक्रपथमा रहेका अनावश्यक रुख काट्ने तथा नयाँ रुख रोप्न विभाग, महाशाखा र महानगरपालिकाको टोलीले वन विभागसँग समन्वय गर्नेपूरा पढ्नुहोस्


महोत्तरीमा चुनावी चहलपहल ह्वात्तै बढ्यो

khairhani-vote-counting-19-hrs-later

गोपालप्रसाद बराल भदौ १२, बर्दिवास । महोत्तरी जिल्लामा चुनावी चहलपहल ह्वात्तै बढेको छ । असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि गतिविधि तीव्र बनाएसँगै यहाँ चुनावी चहलपहल ह्वात्तै बढेको हो । अहिले सबै राजनीतिक दल चुनावी तयारीका भेला, बैठक र उम्मेदवार चयनको रस्साकस्सीमा जुटेको देखिएका छन् । २ नम्बर प्रदेशमा स्थानीय निर्वाचन घोषणा भएपछि आएको बाढी र डुबानबाट पीडा खेपिरहेका सर्वसाधारण अहिले चुनावी टिका-टिप्पणीमा सरिक देखिएका छन् । पूर्वघोषित चुनावको तालिकाले गर्दा बाढी र डुबानबीच नै राजनीतिक दलका नेता, कार्यकर्ता जनताको सहानुभूति पाउन राहत वितरणका कार्यक्रम लिएर बाढी, डुबान प्रभावित बस्तीमा पुगेका देखिएका छन् । ‘चुनाव नपरेको भए आउँथेपूरा पढ्नुहोस्