Main Menu

Sunday, August 6th, 2017

 

स्वास्थ्य मन्त्रालयको प्रतिवद्धतापत्र समाजवादमुखी

साउन २२, काठमाडौं । स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले ‘सामन्तवादी उत्पीडनमा परेका सिमान्तकृत जनतालाई स्वास्थ्य तथा विकास सहकारीहरु मार्फत् सशक्तीकरण गर्दै नयाँ संविधानले मार्ग निर्देशन गरेको समाजवादी अभिमुखीकरणलाई सफलिभूत बनाइने’ बताएका छन् । स्वास्थ्यमन्त्रीको कार्यभार सम्हालेदेखि तीव्र गतिमा काम थालेका मन्त्री पोखरेलले नयाँ सरकारको स्वास्थ्य कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको प्रतिवद्धतापत्र जारी गर्दै आज मन्त्रालयको सभाभवनमा आयोजित पे्रस सम्मेलनमा सो प्रतिवद्धता व्यक्त गरेका हुन् । नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी भएका मन्त्री पोखरेलले संविधान निर्माणको क्रममा जसरी संविधानलाई समाजवादमुखी बनाउन भूमिका खेलेका थिए, त्यसरी नै अब आफ्नो काँधमा जिम्मेवारी आएसँगै त्यसको कार्यान्वयनमा लागी परेको र त्यसैको क्रममा उनी सरकारको स्वास्थ्य कार्यक्रम समाजवादमुखीपूरा पढ्नुहोस्


स्वास्थ्यमन्त्री पोखरेलद्वारा २६ बुँदे प्रतिबद्धता, सेवाको दायरा बिस्तार गरिने

साउन २२, काठमाडौँ । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले आर्थिक जोखिमको सुरक्षा प्रत्याभूत गर्न स्वास्थ्य सेवा र सुविधाको दायरा विस्तार गर्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री पोखरेलले स्वास्थ्य सेवाको सुधारलाई व्यवस्थित गर्न २६ बुँदे प्रतिबद्वतापत्र सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । किसान, मजदुर, दलित, महिला, बालबालिका, अपाङ्ग र ज्येष्ठ नाागरिकको स्वास्थ्यसँग विशेष सरोकार रहनेमा उनले जोड दिए । “नयाँ सविधानले प्रदत्त गरेका स्वास्थ्य अधिकारलाई कार्यान्वयन गर्दै राज्यबाट निःशुल्क प्राप्त गर्ने स्वास्थ्य अधिकारलाई सबै तहमा लागू गरिनेछ । त्यसका लागि बीमाको नीति लागू गर्दै गरिब, विपन्न तथा दलित तथा लक्षित वर्ग र अतिअपाङ्गको स्वास्थ्य बीमा योगदानपूरा पढ्नुहोस्


स्वास्थ्य मन्त्रालयको प्रतिवद्धतापत्र

नेपालको संविधान, २०७२ अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने ऐतिहासिक संक्रमणकालीन अवधिमा स्वास्थ्यलाई जनताको अधिकार र दायित्वका रुपमा स्थापित गर्ने नीति र कार्यक्रम ल्याउन र कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालय पूर्ण रुपले प्रतिवद्ध हुनेछ । २०६२/६३ को आन्दोलनपछि हाम्रो नेतृत्वले १० बुंदे आधारपत्र तयारगरी स्वास्थ्यमा सवैको पहुँच पुर्याउन अति गरीव, असहाय र विपन्नलाई आधारभूत स्वास्थ्यसेवा लगायत निःशुल्कको राष्ट्रिय कार्यक्रम ल्याउनुका साथै क्यान्सर, मुटु, मृगौला, लगायतका रोगको उपचारमा सांकेतिक अनुदान दिने व्यवस्था गरिएको थियो । सोहि अवधिमा आमासुरक्षा कार्यक्रम लागु गरियो र प्राथमिक स्वास्थ्यको पुर्नजागरण गर्न महाशाखा समेत स्थापना गरीएको थियो । अन्तरिम संविधानमा स्वास्थ्य अधिकारलाई समावेश गर्न सफल भएका थियौें रपूरा पढ्नुहोस्


‘मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रको निर्वाचन’ – अध्यक्ष प्रचण्ड

साउन २२, पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रका निर्वाचन सम्पन्न गर्ने गरी दलबीच छलफल सुरु भएको बताएका छन् । प्रेस सेन्टर नेपाल प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले आफूहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रमुखबाट मात्र राजनीतिक स्थिरता, समृद्धि र विकास सम्भव भएको कुरा सुरुदेखि नै उठाउँदै आएको उल्लेख गरे । भरतपुरको निर्वाचनका सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनको निर्वाचन परिणामलाई सहज रुपमा लिँदै आरोप-प्रत्यारोप नगर्न पार्टी कार्यकर्तालाई आग्रह गर्दै एउटा जिम्मेवार नेताको भूमिका निर्वाह गरेको स्मरण गराए । नेता दाहाललेपूरा पढ्नुहोस्


पहिरोका कारण गाउँ नै विस्थापित हुने अवस्था

साउन २२, बाजुरा । बूढीगंगा नगरपालिका– २ बजेडी गाउँ पहिराका कारण पूरै विस्थापित हुने अवस्थामा पुगेको छ ।  अविरल वर्षाका कारण गुइँगाडको खोेलाबाट पहिरो जान थालेको छ । १५ वर्षदेखि गएको पहिरो केही वर्ष रोकिए पनि फेरि पहिरो जान थालेपछि बजेडीका बासिन्दा जाग्राम बस्न थालेको स्थानीयवासी खड्कराज जोशीले बताए । जोशीका अनुसार लगातारको पानीले गाउँको १ सय ३० घर परिवारलाई अन्यत्र बास बस्नुपर्ने बाध्यता छ । बजेडीमा घरको तलपट्टि र माथिबाट पहिरो आउन थालेपछि स्थानीयवासी झन् त्रसित बनेका हुन् । गाउँमा रहेका थालामेल, नाउली र दलित बस्तीका ५६ जनाको घर पानी र पहिराका कारणले भत्किएको स्थानीयवासी किट्टो ल्वारले बताए ।पूरा पढ्नुहोस्


बम विस्फोटबाट प्रहरी भ्यानमा क्षति, ४ प्रहरी घाइते

  साउन २२, राजविराज । अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय कडरवनको बा १ झ ७३९२ नम्बरको भ्यानमा आंशिक क्षति पुगेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । इलाका प्रहरी कार्यालयबाट गाउँतर्फ जाँदै गरेको सो भ्यान त्यहाँ पुगेपछि बम विस्फोट भएको थियो । त्यसमा सवार प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चारजना सुरक्षाकर्मीसमेत घाइते भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । उक्त भ्यानमा प्रहरी निरीक्षकसहित १२ जना प्रहरी सुरक्षाकर्मी सवार थिए । उनीहरुको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाकोपूरा पढ्नुहोस्


लिम्बुवान बन्दबाट ९ जिल्ला प्रभावित

  साउन २२, तेह्रथुम । अरुणपूर्वका ९ जिल्लालाई लिम्बूवान माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषद्ले आज आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । बन्दका कारण तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङका यातायात र बजार पसल ठप्प छन् । प्रेस र कूटनीतिक नियोगका गाडी, दमकल र एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन चलेका छैनन् । बजार, पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् । वि.सं. १८३१ आजकै दिन लिम्बूवानको तत्कालीन गोर्खासँग भएको नूनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको परिषद्ले जनाएको छ ।


खेलकुदमा योगदान पुर्याउने पोखरा स्पोर्टस् अवार्डबाट सम्मानित

congress-leader-aryal-construct-20-houses

  साउन २२, पोखरा । खेलकुद पत्रकार मञ्च कास्कीले शनिबार खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, खेलाडी र संस्थालाई पोखरा स्पोर्टस् अवार्डबाट सम्मान गरेको छ । पोखरा स्पोर्टस् अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्व फुटबल एवं एथलेटिक्सका खेलाडी खड्गबहादुर रानाभाट सम्मानित भए । पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले रानाभाटलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए । यस्तै, वर्ष उत्कृष्ट पुरुष खेलाडीमा लन टेनिसका कुमार अधिकारी, वर्ष उत्कृष्ट महिला खेलाडीमा भलिबलकी अरुणा शाहीलाई पुरस्कृत गरिएको छ । उनीहरुले जनही रु. २५-२५ हजार नगद र एक थान सामसुङ मोबाइल प्राप्त गरे । यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षकमा तेक्यान्दोका सुनबहादुर लामा, वर्ष उत्कृष्ट नवप्रतिभा खेलाडीमा भलिबलकीपूरा पढ्नुहोस्


चिकित्सकको राजीनामापछि जटिल प्रसूति सेवा सञ्चालन रोकियो

  साउन २२, रोल्पा । सेवा दिँदै आएका चिकित्सकले राजीनामा दिएर गएपछि लामो समयदेखि ठप्प रहेको जिल्ला अस्पताल रेउघा रोल्पाको जटिल प्रसूति सेवा अझै सञ्चालनमा आउन सकेको छैन । जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरिएको भए पनि तालीम प्राप्त चिकित्सक नहुँदा गत वैशाख अन्तिम सातादेखि सेवा ठप्प भएको थियो । सो अस्पतालका एकमात्र तालीम प्राप्त चिकित्सक नाजिर खान गत वैशाख २८ गतेदेखि जागिर छोडेर गएपछि सेवा प्रभावित भएको हो । अस्पतालमा तालीम प्राप्त चिकित्सक नहुँदा जटिल प्रसूति शल्यक्रिया सेवा लिन आएका सेवाग्राहीलाई प्यूठान, दाङलगायतका जिल्लामा सिफारिस गरी पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी हेमराज पौडेलले जानकारी दिए ।पूरा पढ्नुहोस्


‘नमूना नेपाल’ ७ नं प्रदेशबाट शुरु हुँदै

  साउन २२, धनगढी । धुर्मुसु–सुन्तली फाउण्डेसनले ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजनाको सुरुवात गर्ने भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा चर्चित हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले विकासका दृष्टिमा पछि परेको ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजना शुरु गर्न लागिएको जानकारी दिए । नेपाल सरकारका सरसफाइ राजदूत कलाकार तथा सामाजिक अभियन्ता धुर्मुसले सकारात्मक सोच अभिवृद्धिका लागि यसपटक सरसफाइ अभियान शुरु गर्न सुदूरपश्चिम ७ नं प्रदेश पुगेको बताए । बैंक अफ काठमाडौँले सामाजिक उत्तरदायित्वअन्तर्गत शुरु गरेको सरसफाइ अभियानका क्रममा यहाँ पुगेका कट्टेलले आँट र साहस गरे देश बन्न धेरै समय नलाग्ने उल्लेख गरे । यसअघि सञ्चालन गरेका तीनवटा अभियान सफलतापूर्वक सम्पन्नपूरा पढ्नुहोस्