Main Menu

Tuesday, August 22nd, 2017

 

आठ सय बाढीपीडित परिवारलाई राहत

भदौ  ६, राजविराज । बाढीबाट अति प्रभावित मैनाकडेरीका छ सय घरपरिवारलाई डिजिकन कन्सल्टेण्ट प्रालि काठमाडौँले सोमबार राहत वितरण गरेको छ ।  संस्थाले चाउचाउ, चिउरा, बिस्कुट, पानी, दालमोठलगायत सामग्री वितरण गरेको बताइएको छ । बाढीका कारण सडक बिग्रेकाले मैनाकडेरीको बस्तीसम्म सवारी साधन पुग्न सहज नभएका कारण काठमाडौँबाट ल्याइएको राहत सामग्री बयल गाडामा राखेर तथा टाउकामा बोकेर बाढीपीडितलाई दिइएको प्रालिका प्रबन्ध निर्देशक रामउदार यादवले जानकारी दिए । यस्तै मोहुली नदीको बाढीबाट प्रभावित हनुमाननगर कंकालनी नगरपालिका–२ स्थित नहरमा पाल टाँगेर बस्दैआएका सकरदहीका ४० परिवारलाई समेत राहत उपलब्ध गराइएको बताइएको छ । करिब दुई साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकाको सकरपुरापूरा पढ्नुहोस्


सात वर्षसम्म पनि पुल बनेन

भदौ ६, बाजुरा । साँफे–मार्तडी जोड्ने राजमार्गअन्तर्गतको गुइगाड खोलाको पुल ७ वर्षसम्म निर्माणाधीन अवस्थामा रहेको छ । पुल निर्माणका लागि जिम्मा लिएको राजेन्द्र ठेगिम कम्पनीले ३ वर्षभित्र निर्माण गर्ने गरी सम्झौता गरेको भए पनि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन । पुल निर्माण नहुँदा गुइगाड खोलाको बाटोमा साना तथा ठूला सवारी साधन र मानिसलाई आवतजावत गर्न कठिन भएको स्थानीय मंगल सेरालाले बताए । पुल निर्माणका लागि २०६८ मा ठेक्का सम्झौता भई २०७० असार मसान्तसम्म सक्नुपर्ने सम्झौता भएपनि १ वर्ष अर्थात् २०७२ असारसम्मको म्याद थपिएको थियो । वर्षायाममा अत्यधिक वर्षा भएपछि खोलामा पानीको बहाव बढेको छ । पानीको बहावले गर्दा बडीमालिकापूरा पढ्नुहोस्


नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग

भदौ ५, काठमाडौँ । नेपाल चिकित्सक संघले सम्झौता विपरीत नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । संघका महासचिव डा. लोचन कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका लागि प्रा. डा. गोविन्द केसीले आमरण अनशन बसेपछि सरकारले संघसँग गरेको सम्झौता विपरीत सम्बन्धन दिएको भन्दै आपत्ति जनाएका छन् । महासचिव कार्कीले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई स्तरीय, गुणस्तरयुक्त र सर्वसाधारण जनताको पहुँचमा पुर्याउन भन्दै पटक पटक सम्झौता गरी त्यसको मसी सुक्न नपाउँदै उल्लङ्घन गरिएको बताउँदै ,सरकारको यस्तो गैरजिम्मेवार निर्णयले समग्र राष्ट्रको गरिमामाथि नै धब्बा लाग्न पुगेको नेपाल चिकित्सक संघको ठहर रहेको बताए । त्रिवि कार्यकारी परिषद्लेपूरा पढ्नुहोस्


भारतबाट फेरि अर्काे गैँडाको उद्धार

भदौ ६, रत्ननगर (चितवन) । बाढीले बगाएर भारत पुर्याएको अर्काे दुर्लभ एकसिंगे गैँडालाई पनि उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । बाढीले बगाएर भारतको वाल्मीकिनगरमा पुर्याएको वयस्क गैँडालाई उद्धार गरी चितवनको रत्ननगरस्थित निकुञ्जको पूर्वी सेक्टर ल्याइपुर्याइएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । उनका अनुसार सोमबार साँझ डार्ट गरेर नियन्त्रणमा लिइएको गैँडालाई आज बिहान चितवन ल्याइएको हो । यसरी भारतबाट उद्धार गरिएको यो तेस्रो गैँडा हो । बाढीले चितवन निकुञ्जबाट चारवटा गैँडालाई बगाएर भारत पुर्याएकोमा तीनवटाको उद्धार भएको छ भने एउटा बच्चा गैँडाको उद्धारका लागि आज पनि प्राविधिकसहितको टोली भारतमा परिचालनपूरा पढ्नुहोस्


बाढीपछि महोत्तरीमा बिरामी बढ्न थाले

  भदौ ६, गौशाला । ४० हजार घर प्रभावित र ८०० भन्दा बढी परिवार विस्थापित हुने गरी महोत्तरीमा आएको भीषण बाढीपछि जिल्लाभरि बिरामीको संख्या बढ्न थालेको छ । जिल्लाको रातो, जंघा, मरहा, अंकुशी, विग्ही, भब्सीलगायतका नदीमा आएको बाढीले प्रभावित भएका गाउँ बस्तीमा अहिले बाढीपछि बिरामीको संख्या अत्यधिक वृद्धि भएको स्थानीयवासीले बताएका छन् । बाढीबाट प्रभावित जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका, मटिहानी, गौशाला, सम्सी, रामगोपालपुर, भंगहा, लोहारपट्टी, बलवा, धमौरा, धीरापुर, मनरा, एकडारा, सोनमा, सोनौललगायतका स्थानमा अहिले बिरामीको संख्या ह्वात्तै बढेको छ । ती स्थानमा खानेपानीको मुहान बाढीले बगाएको, ह्याण्ड पाइप, कुवा, इनार र नदीमा बाढीको पानी पसेर सबै पानी दूषित भइसकेको अवस्थामापूरा पढ्नुहोस्


महिनावारी हुदाँ स्वास्थ्यकर्मी नै भेडीगोठमा बस्न बाध्य

congress-leader-aryal-construct-20-houses

भदौ ६, जुम्ला  । स्थानीय तहका दुर्गम वडाहरुमा कार्यरत यहाँका महिला स्वास्थ्यकर्मी नै छुई गोठमा बस्न बाध्य छन् । ग्रामीण स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मी सेवा प्रवाहका क्रममा छुई (महिनावारी) हुँदा सेवाग्राही नै उपचार सेवा लिन मान्दैनन् । छुई भएका बेला सेवाग्राहीहरु सेवा लिन नमान्ने र कार्यरत संस्थामा बस्ने वातावरण नहुँदा आफूलाई समस्या हुँदै आएको तिला गाउँपालिका–९ राँसामालापानी स्वास्थ्य चौकीका अनमी सरिता सेजुवालले जानकारी दिइन् । उनले यो पीडा तिला गाउँपालिकामा आयोजित स्वास्थ्य संस्थाको वार्षिक प्रगति समीक्षा कार्यक्रममा सार्वजनिक गरेकी हुन् । “छुई हुँदा गाउँका कसैले छुन मान्दैनन् । घरमा बस्न पनि मिल्दैन र भेडी गोठमा सुत्नुपर्छ”, दुखेसो पोख्दै अनमीपूरा पढ्नुहोस्


नेपाल अतिकम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुने

भदौ ६, काठमाडौँ । सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मुलुकमा स्तरोन्नति हुने बताइएको छ । सोमबार यहाँ कम विकसित मुलुकहरुको नागरिक निगरानी मञ्च (एलडिसी) ले आयोजना गरेको राष्ट्रिय परामर्श गोष्ठीमा राष्ट्रिय योजना आयोगका सहसचिव लालशंकर घिमिरेले उक्त कुरा बताएका हुन् । सहसचिव घिमिरेका अनुसार आयोगले आफ्नो १२औँ आवधिक योजनामा निर्धारित सन् २०३० सम्मको लक्ष्यभन्दा अघि बढेर १३औँ आवधिक योजनामा सन् २०२२ सम्ममा मुलुकलाई अति कम विकसित मुलुकको समूहबाट स्तरोन्नति गर्ने लक्ष्य निर्धारण गरिसकेको छ । त्यसका लागि भ्रष्टाचारको न्यूनीकरण, सुशासन, राजनीतिक स्थिरता ल्याई अधिक विकास र सामाजिक विकासमा जोड दिनुपर्ने पनि घिमिरेको भनाइ छ । एलडिसीकापूरा पढ्नुहोस्


युवा सङ्घको केन्द्रीय कमिटी बैठक भदौ १६ देखि

  भदौ ६, काठमाडौँ । नेकपा (एमाले) निकट युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको बैठक यही भदौ १६ र १७ गते काठमाडौँमा हुने भएको छ । उक्त बैठकले संगठनको स्थायी समितिले आगामी असोज २२ देखि २४ गतेसम्म नवौँ महाधिवेशन काठमाडौँमा गर्नका लागि गरेको निर्णयलाई अनुमोदन गर्नेछ । यसअघि सङ्घले महाधिवेशनलाई भव्य तथा मर्यादित बनाउन मूल समारोह समिति गठन गरी अध्यक्ष राजीव पहारीलाई संयोजक तथा उपाध्यक्ष दिलु पन्तलाई उपसंयोजक जिम्मेवारी प्रदान गरेको छ । आसन्न महाधिवेशन सम्पन्न गर्न लाग्ने खर्च तथा स्रोत व्यवस्थापनका लागि बैठकले छलफल गर्नेछ । प्रतिनिधि छनोटका आधार तथा मापदण्ड तयार गर्नेछ । विभिन्न उपसमिति गठन गरी विभिन्न नेतालाईपूरा पढ्नुहोस्


पारित भएन संविधान संशोधन विधेयक, ‘फेरि प्रयास गर्छौं’ – काँग्रेस

भदौ ६, काठमाडौँ । व्यवस्थापिका–संसद्बाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ पारित हुन सकेन । संसद्को सोमबारको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न नसकेपछि विधेयक अस्वीकृत भएको हो । संशोधन विधेयक पारित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्या ५९२ को दुई तिहाइ ३९५ मत हुनुपर्नेमा पक्षमा ३४७ र विपक्षमा २०६ मत परेको थियो । मतदानमा ५५३ सांसदले भाग लिएका थिए । विधेयक पारित हुन ४८ मत पुग्न सकेन । राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न सरकारले सो संशोधन प्रस्ताव पेश गरेको थियो । सो पार्टीले संविधान संशोधन संसद्बाट पारित नभएको विषयलाईपूरा पढ्नुहोस्


पत्रकार महासङ्घको अध्यक्षमा आचार्य विजयी

  भदौ ६, काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । मतगणनाको परिणामअनुसार आचार्यले ७३२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । पदाधिकारीहरुमा पनि आचार्य नेतृत्वकै प्रेस सेन्टर र नेपाल प्रेस युनियनको संयुक्त समूह विजयी भएको छ भने केही सदस्यहरुमा प्रेस चौतारी नेपालको समूह विजयी भएको छ । कूल १ हजार ५०८ मतदाता रहेको निर्वाचनमा एक हजार ४४९ मत खसेको थियो । निर्वाचित पदाधिकारीहरुमा खुला उपाध्यक्षतर्फ विपुल पोख्रेल, समावेशी उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्ट, खुला सचिव रामप्रसाद दाहाल, महिलापूरा पढ्नुहोस्