Main Menu

Friday, August 11th, 2017

 

सरकारी कागजात किर्ते गर्ने अभियुक्त जेल चलान

congress-leader-aryal-construct-20-houses

साउन २७, भीमदत्तनगर । सरकारी कागजात किर्ते गरी भारतबाट चोरीका सवारीसाधन भित्र्याएर यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका कैलाली भजनीका ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई आज पूर्पक्षका लागि कञ्चनपुर कारागारमा पठाइएको छ । जिल्ला अदालत कञ्चनपुरले अभियुक्त श्रेष्ठलाई रु. २५ लाख धरौटीमा छाड्न आदेश दिएपछि श्रेष्ठले धरौटी रकम बुझाउन नसकेपछि पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार अभियुक्त श्रेष्ठलाई धरौटीमा छाडे पनि भन्सार ठगीमा कारबाहीका लागि समेत राय उक्त मुद्दामा पेश गरिएको छ । ‘रु. २५ लाख तिर्न नसकेर पूर्पक्षका लागि श्रेष्ठ कारागार पुगे ।’ प्रहरी स्रोतले भन्यो–‘धरौटी बुझाएर छुटेपनि भन्सार कार्यालयले कारबाही चलाउँछपूरा पढ्नुहोस्


तनहुँको काफ्लेफाँटमा हेलिकप्टर आकस्मिक अवतरण

साउन २७, दमौली । मनाङबाट बिरामी पर्यटक लिएर पोखरा जाँदै गरेको डोमेस्टिक एयरको हेलिकप्टर ब्यास नगरपालिका– ६ काफ्लेफाँटस्थित साँगे खोलाको किनारमा आज अवतरण गरेको छ । खराब मौसमका कारण सो हेलिकप्टर उक्त ठाउँमा अवतरण गरेको इन्दु माविका प्रधानाध्यापक यज्ञ काफ्लेले बताए । सो हेलिकप्टर १२ बजे अवतरण गरेको हो । हेलिकप्टरमा चालक दलका २ जना, नेदरल्याण्डका नागरिक १ जना र २ यात्रु गरी ५ जना सवार रहेको जानकारी प्रधानाध्यापक काफ्लेले दिए । मनाङबाट नेदरल्याण्डका बिरामी नागरिकसहित ती यात्रु लिएर जाँदै गरेको हेलिकप्टर अवतरण गरेको हो । तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले पनि हेलिकप्टर खराब मौसमका कारण उक्त ठाउँमा अवतरण गरेकोपूरा पढ्नुहोस्


महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको ३७ बुँदे सुधार योजना

साउन,२७ काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले कानुनी, नीतिगत, संस्थागत तथा संरचनागत सुधार तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ३७ बुँदे कानूनी तथा नीतिगत सुधार, संस्थागत तथा संरचनागत सुधार सार्वजनिक गर्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले नेपालको संविधानको धारा ३८ (३) बमोजिम सबै प्रकारको महिला हिंसालाई कानूनी दायरामा ल्याएर पीडितलाई क्षतिपूर्ति दिने, धारा ३८ (५) बमोजिमका शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष अधिकार सुनिश्चित गर्न कानून संशोधन गर्ने जानकारी दिए । उनले मन्त्रालयले छिट्टै बालबालिकाप्रति हुने मानसिक तथा शारीरिक क्षतिबाट बचाउन हेपाइ विरुद्धको नीति तथा अनुसाशनका नाममा दिइने शारीरिक तथापूरा पढ्नुहोस्


‘प्रधानमन्त्रीको भारत भ्रमणअघि नै निर्वाचन मिति घोषणा हुन्छ’

  साउन २७, काठमाडौँ । वाणिज्यमन्त्री मीन विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि नै निर्वाचनको मिति घोषणा हुने बताएका छन् । मन्त्री विश्वकर्माले रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैदिन गर्न निर्वाचन आयोगले सहमति दिनासाथ मिति घोषणा गर्ने गरी तयारी भएको बताएका छन् । प्रधानमन्त्री देउवा भदौ ७ गते भारत भ्रमणमा जाने सम्भावित मिति तय गरिएको छ । “निर्वाचन संविधानद्वारा निर्दिष्ट समयसीमाभित्र गर्न सरकार प्रतिबद्ध छ,” उनले भने, “माग ७ गते सबै चुनाव सक्नुपर्ने समयसीमा रहेकाले प्राकृतिक कारण मंसिर १० गतेसम्म दुवै निर्वाचन सक्नैपर्ने बाध्यात्मक परिस्थिति छ ।” राजनीतिक दृष्टिकोणबाट सबै तहको निर्वाचन हुन्छ भन्ने कुराको नजिक पुगिएकोपूरा पढ्नुहोस्


कालीकोटमा जैतुनखेती

  साउन २७, कालीकोट । जिल्लामा पहिलो पटक सुख्खा डाँडामा जैतुनखेती गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा सुख्खा क्षेत्र मानिएको पलांता गाउँपालिकामा २ हजार जैतुनको बिरुवा रोपेको सो गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए । यस्तै पचालझरना गाउँपालिकामा पनि बिरुवा रोपेको उक्त गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताए । जैतुनको महत्व बुझेर व्यावसायिक रुपमा खेती शुरु गरिएको उनको भनाइ छ । जिल्ला कृषि विकास कार्यालका वरिष्ठ कृषि विकास अधिकृत सुनिलकुमार सिंहका अनुसार यस वर्ष २ हजार जैतुनका बिरुवा वितरण गरिएको छ । आव २०७३/७४ मा स्याउको बिरुवा ५० हजार, सुन्तला र कागती ३५ हजार, आँप २ हजार, अनार १ हजारपूरा पढ्नुहोस्


पर्यटकीय गन्तव्य बन्दै पत्तालेडाँडा

साउन २७, सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका क्षेत्रमा पर्ने पत्तालेडाँडा पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जना हिमालको दृश्यावलोकन गर्न सकिने मनोरमस्थल पत्तालेडाँडामा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । घुमफिर गर्न चाहने आन्तरिक पर्यटकका लागि पत्तालेडाँडा सुन्दर पर्यटकीयस्थलका रुपमा विकसित हुनथालेको छ । सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पर्ने पत्तालेडाँडा भारतीय पर्यटक, काठमाडौँ र तराईका क्षेत्रबाट समेत पर्यटक आउने गरेका स्थानीयवासी प्रकाश मगरले बताए । सगरमाथा, मकालु, कञ्चनजंगा, लोत्से, नुम्बुर, कार्यालुङ, चोलाच्छे, ताबोचे, पुमोरी, खुम्बुचे, थामसेर्कुलगायत हिमालको दृश्यावलोकन गर्न पर्यटक आउने गरेका उनले बताए । पछिल्लो समय यहाँ होटलको सुविधा भएपछि पर्यटक आउनेपूरा पढ्नुहोस्


बेलायतमा दासप्रथा ‘सोचिएभन्दा बढी’

साउन २६, लण्डन । राष्ट्रिय अपराध अध्ययन गर्ने बेलायतको निकायले देशमा मानव बेचबिखन र आधुनिक दासप्रथा भनिने गरेभन्दा बढी रहेको जनाएको छ । उक्त संस्थाले मुलकभर ३०० प्रत्यक्ष प्रहरी अनुसन्धान भइरहेका पनि जनाएको छ । अनुसन्धान अधिकारीले १२ बर्षका बालबालिकासम्म पनि यौनजन्य शोषण वा बलपूर्वक श्रममा लगाइएको कुरा पत्ता लगाएको संस्थामा संलग्न अधिकारी विल केरले बताए । पीडितहरूलाई गाडी सफा गर्ने, निर्माण श्रमिक, वेश्यालय तथा लागु औषध निर्माण गर्ने उद्योगमा प्रयोग गरिने गरिएको उनले बताए । यस पहिलेका अनुसन्धानमा सोचिएभन्दा मानव कारोबार निकै ठूलो सङ्ख्यामा रहेको बताउँदै बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा केरले पीडितमा दासताका सङ्केतहरू जस्तैः देख्न सकिने शारीरिक घाउ, अस्वस्थतापूरा पढ्नुहोस्


बाढीले झापाका ६७० घरपरिवार जोखिममा

साउन २७, बनियानी (झापा) । दुई दिनदेखिको अबिरल वर्षाका कारण झापाका करिब ६७० घरपरिवार जोखिममा परेका छन् । वर्षाले जिल्लाका विभिन्न नदी/खोलामा आएको बाढीले जमिन कटान गरेर बस्तीमा पानी पसेकाले ती घरपरिवारको बसोबास जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी जिल्ला विपद् व्यवस्थापन शाखाले जनाएको छ । गौरीगञ्ज गाउँपालिका–२ कोरोबारीस्थित पिण्डाघुट्टामा कनकाई नदीकोे बाढी बस्तीमा पस्दा आज ५ घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेहरुमा छमी हास्दा, सोम मर्डी, मंगल मुर्मु, मुन्सी मुर्मु र साइला मुर्मु छन् । उनीहरुमध्ये छमी हास्दाको घर बाढीले पूर्णरुपमा नष्ट गरेको छ । विस्थापित उनीहरुलाई स्थानीय आमगाछी आधारभूत विद्यालयमा राखिएको रेडक्रसका जिल्ला सभापति लोकराज ढकालले जानकारी दिएपूरा पढ्नुहोस्


संविधान संशोधनको विषयलाई मतदान गरी पारित गराइने

  साउन २७, काठमाडौँ । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको छलफल सकारात्मक भएको बताइएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) र राजपाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको छलफल सकारात्मक भएको काँग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिए । “आजको वार्ता निर्णायक भएको छ । शहीद घोषणा, मुद्दा फिर्ता, घाइतेहरूको क्षतिपूर्ति, स्थानीय तहको संख्या वृद्धिलगायत सरकारले पूरा गर्ने विषय लगभग टुंगिएको छ । अब सबैभन्दा महत्वपूर्ण संविधान संशोधन गर्ने विषय पनि यथासक्य अगाडि बढाउने र पारित गर्नेबारे सहमति भएको भएको छ”, राजपाका नेता शरतसिंह भण्डारीले भने । नेता भण्डारीका अनुसार संविधान संशोधनपूरा पढ्नुहोस्


इटहरीमा काव्यवाटिका–कीर्ति र प्राकृतिक संग्रहालय बन्ने

congress-leader-aryal-construct-20-houses

साउन २७, इटहरी । इटहरी उपमहानगरपालिका–५ स्थित काव्यवाटिका क्षेत्रलाई कृति र प्रकृतिक रुपलेसजिएको संग्रहालय बनाउन थालिएको प्रयासलाई सरकारले पूर्णता दिने भएको छ । पुरातत्व विभागले अब काम अघि बढाउने विभागका अधिकृत सन्दिप खनालले जानकारी दिए । विभागका अधिकृत खनाल तथा इन्जिनियर सम्नत घिमिरेसहितका टोलीले आज इटहरीमा रहेको सो काव्यवाटिका परिसर अवलोकन गुरुयोजना बमोजिम संरक्षण र संवर्द्धनका कार्य अघि बढाइने  बताए । सो विभागबाट पूर्वी नेपालका ऐतिहासिक एवं पुरातात्विक महत्वका स्थान, जातीय संग्रहालय, मठ मन्दिरलगायतको संरक्षण र संवद्र्धन तथा पुनःनिर्माणका लागि यो वर्ष रु. ५ करोड विनियोजन भएकाले त्यहीअनुरुपका कार्यसम्पादन गर्न आफूहरुले ती स्थानको स्थलगत अवलोकन भ्रमण थालेको पनि अधिकृत खनालकोपूरा पढ्नुहोस्