Main Menu

Monday, August 14th, 2017

 

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे नेपाली सेना तथा स्थानीय प्रशासनबाट जानकारी लिएपछि प्रधानमन्त्री देउवाले आपत्कालीन सहयोग उपलब्ध गराउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाका साथमा रक्षामन्त्री भीमसेनदास प्रधान, गृहमन्त्री जर्नादन शर्मा तथा अन्य उच्च पदस्थ कर्मचारी थिए । प्रधानमन्त्रीसहितको टोली सुनसरी जिल्लाका बाढीपीडितको अवस्था, राहत वितरण, सुरक्षा व्यवस्था र पुनःस्थापनाका लागि भइरहेका कामबारे बुझ्न यहाँ आएको हो । इटहरीस्थित पूर्वी पृतना मुख्यालयमा पूर्वाञ्चलका बाढीपीडितको अवस्थाकापूरा पढ्नुहोस्


टेलिकमले १७ प्रतिशत ग्राहक थप गर्ने

सुशील दर्नाल साउन ३०, काठमाडौँ । मुलुकको दूरसञ्चार बजारमा देखिएको प्रतिस्पर्धात्मक वातावरणमा बजार हिस्सा अभिवृद्धि गर्नुका साथै सेवाको गुणस्तर सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिन नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । उपभोक्ता वर्गको अपेक्षाअनुरूप दूरसञ्चार सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकता दिन चालु आवमा विभिन्न कार्यक्रममार्फत टेलिकमले आफ्नो सेवा विस्तारतर्फ १७ प्रतिशत ग्राहक थप गर्ने लक्ष्य लिएको छ । कम्पनीको सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि करिब रु. २२ अर्ब पूँजीगत लगानी गर्ने योजना रहेको टेलिकमले जनाएको छ । १७ प्रतिशत ग्राहक थप गर्ने उद्देश्यअनुरूप टेलिकमले चालु आवमा मुलुकभर गुणस्तरीय जिएसएम सेवा उपलब्ध गराउने लक्ष्यसहितपूरा पढ्नुहोस्


वर्षा रोकिएपछि सिरहाको जनजीवन सामान्य बन्दै

  साउन ३०, लहान । मौसममा सुधार आएपछि आज बिहानदेखि सिरहाको जनजीवन विस्तारै सामान्य बन्न थालेको छ । विगत ४ दिनदेखिको अविरल वर्षाका कारण आक्रान्त बनेको सिरहाको जनजीवन आज बिहान वर्षा रोकिएसँगै सामान्य बन्न थालेको हो । अविरल वर्षाका कारण सिरहामा कुनै मानवीय क्षति नभए पनि ग्रामीण भेगका बस्ती डुबानमा परेका थिए भने सिरहा सदरमुकामसहित मिर्चैया, गोलबजार र कर्जन्हालगायत मुख्य बजारसमेत जलमग्न भएको थियो । वर्षा रोकिएसँगै बस्तीमा जमेको पानी घट्न थालेको र नदीमा पनि पानीको सतह घट्दै गएपछि जनजीवन केही सहज हुन थालेको स्थानीयवासीले बताएका छन् । बस्तीमा पसेको बाढीका कारण विगत २ दिनदेखि विस्थापित भएर सुरक्षित स्थानमा बस्दैपूरा पढ्नुहोस्


राहत वितरणलाई व्यवस्थित बनाउन एकद्वार प्रणालीबाट गर्ने निर्णय

  साउन ३०, काठमाडौँ । सरकारले बाढी प्रभावित क्षेत्रमा राहत वितरण प्रक्रियालाई एकद्वार प्रणालीमार्फत अगाडि बढाउने भएको छ । गृह मन्त्रालयमा आज बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले बाढीपीडितको राहत वितरण प्रक्रियालाई व्यवस्थित गर्न एकद्वार प्रणाली अवलम्बन गर्ने निर्णय गरेको हो । गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित जिल्लामा गैरसरकारी संस्थालाई जथाभावी राहत वितरणमा रोक लगाउँदै सरकारी संयन्त्रबाट मात्रै राहत वितरण गरिने बताए । मन्त्री शर्माले गैरसरकारी संस्थाले दिने नगद तथा जिन्सी सामग्री सरकारी संयन्त्रबाटै वितरण गर्न मुख्य सचिव तथा अन्य सरोकारवाला मन्त्रालयका सचिवलाई निर्देशन दिए । “कुनै सङ्घसंस्था र व्यक्तिले बाढी प्रभावितलाई नगद सहयोग गर्न चाहेमा प्रधानमन्त्री राहत उद्धारपूरा पढ्नुहोस्


खोज, उद्धार, राहत कार्यमा नेपाल रेडक्रस सक्रिय

nepal-red-cross-rescue-operation-starts

साउन ३०, काठमाडौँ । अविरल वर्षा तथा बाढी पहिरोको विपत्तिमा नेपाल रेडक्रश सोसाइटीले आफ्ना प्राथमिक उपचारक, रेस्पोन्स स्वयंसेवक, खोज, उद्धार तथा राहत वितरण कार्यमा अनवरतरुपमा जुटिरहेको जनाएको छ । झापा मोरङ, सुनसरी, सिरहा, सर्लाही, बारा, सप्तरी, बाँके, धनुषा, बर्दिया, सिन्धुली, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, ललितपुरलगायतका बाढी तथा पहिरोबाट बढी प्रभावित स्थानमा स्थानीय ५ हजार रेडक्रसका स्वयंसेवक तल्लिन रहेका सोसाइटीका अध्यक्ष सञ्जीव थापाले जानकारी दिए । सोसाइटीका अनुसार हालसम्म ती जिल्लामा ६६ जनाको मृत्यु, ५० जना हराइरहेका, ४४ घाइते भएका, २ हजारभन्दा बढी परिवार विस्थापित र १९ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । थापाले आपत्कालीन अवस्थामा आफ्नो जीवन रक्षा गर्न,पूरा पढ्नुहोस्


कोशी फुट्ने हल्लापछि सरकारी अधिकारी कोशी बाँधको निरीक्षणमा

  साउन ३०, इनरुवा । सुनसरी र सप्तरीका सरकारी अधिकारीले आज कोशी बाध तथा स्पर निरीक्षण गरेका छन् । सप्तकोशी नदीमा पानीको बहाव घटवढ हुने क्रम जारी रहेका बेला कोशी फुट्ने हल्ला चलेपछि सुनसरी र सप्तरीका सरकारी अधिकारीले कोशी बाँध तथा स्पर निरीक्षण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी उपरीक्षक विद्यानन्द माझी, प्रमुख कोष नियन्त्रक बद्री घिमिरे सहित सबै सुरक्षा निकायका पदाधिकारी निरीक्षणमा सहभागी थिए । त्यसैगरी सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह लगायतले कोशी बाँध तथा स्परको निरीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार निरीक्षणकापूरा पढ्नुहोस्


नारायणीमा पानीको बहाव कम हुँदै

  साउन ३०, नवलपरासी । नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ । आइतबार राति खतराको संकेतनजिक पुगेको नारायणी नदीमा पानीको बहाव आज बिहानबाट विस्तारै घट्दै गएको छ । नदीमा पानीको बहाव ७.३ मिटर भएमा खतराको संकेत मानिन्छ । आइतबार राति नदीमा पानीको बहाव करिब ७.३ मिटर भए पनि बिहान झरेर करिब ५.८६ मिटर भएको नवलपरासीका प्रजिअ उदयबहादुर रानामगरले जानकारी दिए । नेपालको बाटो हुँदै जाने भारतीय नहर बन्द गरिएको छ भने गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि नदीको बहाव विस्तारै कम हुँदै गएको छ । अहिले गण्डक ब्यारेजका सबै ढोका खोलिएको अवस्था छ । अहिले नारायणी नदी आसपासका क्षेत्रमापूरा पढ्नुहोस्


मौसममा क्रमिक सुधार

  साउन ३०, काठमाडौँ । विगत ५ दिनदेखि सक्रिय मनसुन आजबाट कमजोर भएसँगै मौसममा क्रमिक सुधार आएको छ । मनसुन कमजोर भएकाले कम बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको पूर्वी भागको १-२ स्थान तथा पश्चिमका धेरै स्थानमा वर्षात् हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले ३ दिन देशभर भारी वर्षात् गराएको थियो । उक्त प्रणाली गएरातिदेखि नै कमजोर बन्दै गएको छ । यद्यपि, आज पनि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षात् हुनेछ । अहिले देशको पूर्वी भेगमा सामान्य बदली छ भने पश्चिममापूरा पढ्नुहोस्


विपत्तिको अवस्थामा सत्यतथ्य सूचना सम्प्रेषण गर्न आग्रह

  साउन ३०, काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले अविरल वर्षा र बाढी पहिरोबाट भएको विपत्तिको अवस्थामा सत्यतथ्य सूचना संकलन तथा सम्प्रेषण गर्न सबै आमसञ्चारका माध्यम, दूरसञ्चार सेवा प्रदायक र सरकारी निकायलाई अनुरोध गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा वर्तमान परिस्थितिलाई ध्यानमा राखी बाढी पहिरोबाट भएको जनधन र भौतिक संरचनाको क्षतिका बारेमा सत्यतथ्य एवं विश्वसनीय सूचना प्रवाह गर्न पनि सबै सञ्चार माध्यमलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा विपद्का बारेमा स्थलगतरुपमा समाचार एवं विवरण संकलन तथा सम्प्रेषण गर्दा जिल्लास्थित विपद् व्यवस्थापन समिति, क्षेत्रीय प्रशासन, सुरक्षा समितिसँग समन्वय गरी प्रकाशन गर्न पनि अनुरोध गरिएको छपूरा पढ्नुहोस्


बाढीका कारण सुनसरीमा थप दुईको मृत्यु

  साउन ३०, इनरुवा । वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान र शुक्रबार राति ७ जनाको डुबेर र बगाएर मृत्यु भएको थियो भने सोमबार बिहान थप २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भोक्रहा गाउँपालिकाका ढोढिया मण्डल र साझोदेवी ऋषिदेव रहेको सुनसरी प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा गरी ७ हजार बढी स्थानीय विस्थापित भएका छन् । बाढीबाट झोक्राहा गाउँपालिका–५ नरसिंह टपरा पूर्ण डुबानमा परेको छ । हरिनगरा गाउँपालिका–१, २ रामनगरभुटाहा–३ र ४ गौतमपुर र हरिनगरा क्षेत्रमा समेत सयौंँ घर डुबानमा परेका छन् । उता हरिनगरा–५ वसन्तपुरमा समेत गाउँभरिपूरा पढ्नुहोस्