Main Menu

Saturday, August 19th, 2017

 

बूढीगण्डकीबारेको समझदारीपत्र सच्याउन माग

  भदौ ३, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् परियोजनाको सम्बन्धमा चिनियाँ कम्पनीसँग गरिएको समझदारीमा रहेका अस्पष्टता हटाउन आग्रह गरिएको छ । कामचलाऊ भइसकेको सरकार र त्यसका मन्त्रीले पदसोपान नै नहेरिकन एउटा कम्पनीका प्रतिनिधिसँग गरेको समझदारीले आयोजना बन्ने कि नबन्ने भन्ने आशंका पैदा भएको भन्दै त्यसलाई सच्याउन माग गरिएको हो । आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीले सो आयोजना ६०० मेगावाट क्षमताका रुपमा विकास गरेपनि १ हजार २०० मेगावाट क्षमताका रुपमा विकास गरेपनि उत्पादन हुने विद्युत् प्रति युनिटका आधारमा हेर्दा तात्विक फरक नरहेको भन्दै त्यसलाई समेत सुधार गर्नुपर्नेमा जोड दिए । आयोजनाले पार्ने सामाजिक, आर्थिक तथा वातावरणीय प्रभावलाईपूरा पढ्नुहोस्


१७८ औँ विश्व फोटोग्राफी दिवसमा प्रभातफेरी

भदौ ३, काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूहले १७८ औँ विश्व फोटोग्राफी दिवसका अवसरमा आज प्रभातफेरी आयोजना गरेको छ ।  सन् १८३९ अगस्ट १९ मा फ्रान्सबाट फोटोग्राफीको सुरुआत भएको र त्यसको उपलक्ष्यमा नेपालमा पनि १३ वर्षदेखि विश्व फोटोग्राफी दिवस मनाउँदै आइएको छ । प्रभातफेरी भृकुटीमण्डपबाट शुरु भई भद्रकाली, शहिदढोका, सुन्धारा, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमै आएर कोणसभामा परिणत भएको थियो । नेपालमा वि.सं. २०६१ देखि विश्व फोटोग्राफी दिवस मनाउन सुरु गरिएको हो ।  कार्यक्रममा फोटो पत्रकार समूहका अध्यक्ष धुव्र आलेले फोटोग्राफी दिवस फोटो पत्रकारका लागि मात्र नभएर सम्पूर्ण फोटोप्रति आस्था राख्ने व्यक्तिको भएको बताए । समूहका पूर्वअध्यक्ष कवीन्द्रमान शाक्यले फोटोपूरा पढ्नुहोस्


वाग्मती सफाइ महाअभियानमा राहत संकलन

congress-leader-aryal-construct-20-houses

  भदौ ३, काठमाडौँ । वाग्मती सफाइ महाअभियानको २२३औँ हप्तामा तराईका बाढीपीडितका लागि राहत संकलन गर्ने उद्देश्यले आज विशेष नदी महोत्सव विशेष कार्यक्रम आयोजना गरियो । नेपाल नदी संरक्षण संस्था र फ्रेण्ड्स क्लब, कुपण्डोलको आयोजना एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, साइकल सिटी नेटवर्क नेपाल, नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज् र हिमालयन रिभर गाइड एशोसिएसनको सहयोगमा राहत संकलन कार्यक्रम गरिएको वाग्मती सफाइ महाअभियानले जनाएको छ । कार्यक्रममा २२० कार्टुन पानी, ३६ बाई ३६ का ७०० थान पाल, ५५ कार्टुन कपडा संकलन भएको सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिए । संकलन गरिएको राहत आजै बाढी प्रभावित जिल्ला सप्तरीमापूरा पढ्नुहोस्


यतिले एटिआर विमानबाट व्यावसायिक उडान थाल्यो

  भदौ ३, काठमाडौँ । पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको यति एयरलाइन्सले व्यावसायिक उडान शुरु गरेको छ । विमानले शुक्रबार पहिलो उडान भैरहवा भरेको थियो भने व्यावसायिक उडान नेपालगञ्जबाट शुरु गरेको कम्पनीले जनाएको छ । निजी वायुसेवा कम्पनी यतिले कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले रु एक अर्बको लगानीमा गत साउन ७ गते काठमाडौँ ल्याएको थियो । फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको थियो । यो विमानले विराटनगर, भैरहवा, नेपालगञ्ज र भद्रपुर उडान भर्ने जनाइएको छ । यतिसँग एटिआरसहित ७ वटा विमान छन् । यतिले बेलायतमा निर्मित ३० सिट क्षमताकोपूरा पढ्नुहोस्


इलाममा करिब ५ अर्बको दूध उत्पादन

  भदौ ३, इलाम । दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको इलाम जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आव २०७२/०७३ मा १ लाख २१ हजार ५६२ मेट्रिक टन दूध उत्पादन भएकोमा गत वर्ष २०७३/०७४ मा १ लाख २३ हजार ७४० मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ । व्यावसायिक गाईपालनमा वृद्धि भएसँगै ५ वर्षदेखि निरन्तर दूध उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । पशुपालन व्यवसायमा किसानको आकर्षण बढ्नु, सरकारी लगानी बढ्दै जानु तथा कृत्रिम गर्भाधानले गाईभैँसीको नश्ल सुधार तथा उन्नत जातका घाँसखेतीले दूध उत्पादनमा वृद्धि भएको हो । उत्पादितपूरा पढ्नुहोस्


नेपालमा संविधान लेख्न कहिले थालियो ?

–गुरुप्रसाद ढकाल (नेपाली जनताले आफ्नो लागि आफैले संविधान लेख्ने सपना झण्डै ६५ वर्षपछाडि २०७१ सालमा पूरा भयो । जनताका प्रतिनिधिहरुले संविधानसभा बनाई त्यस मार्फत् संविधान लेख्ने सपना नेपाली जनताले २००७ सालमै देखेका थिए । राजा त्रिभुवनले संविधानसभाको निर्वाचन गराउने बचन पनि दिएका थिए । तर, उनको २०११ सालमा मृत्यु भएपछि राजा बनेका महेन्द्रले संविधानसभाको चुनावलाई तुहाइदिए । नेपालमा संविधान त पटकपटक लिखियो, तर जनता आफैले कहिल्यै लेख्न पाएका थिएनन् । आफ्नो संविधान आफै लेख्ने जनताको चाहना दशवर्षे जनयुद्धको जगमा ०६२/६३ मा भएको दोश्रो जनआन्दोलनले राजतन्त्रलाई समाप्त गरेपछि बल्ल २०७१ सालमा पूरा भयो । त्यसअघि २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको पहिलोपूरा पढ्नुहोस्


‘सुनौला हजार दिन’बारे शिक्षा दिँदै कर्णालीका आमाहरु

शुरबहादुर सिंह भदौ ३, जुम्ला । यहाँका ग्रामीण आमाहरुले आफ्ना बस्तीका महिलालाई ‘सुनौला हजार दिन’ को महत्वबारे शिक्षा दिन थालेका छन् । तिला गाउँपालिका–३ लुम्सेरा गाउँका आमाहरु ‘सुनौला हजार दिन’ बारे आफैँले शिक्षा दिन थालेपछि विशेषगरी गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्दै गएको छ । ‘सुनौला हजार दिन’ सञ्चार अभियान, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले विभिन्न बैठक भेलामा दिएको ज्ञानका सीपका आधारमा शिक्षा दिन थालिएको महावै आमा समूहकी अध्यक्ष कालिका भट्टराईले जानकारी दिइन् । “हामी आमा समूहको बैठक राख्छौँ । आमा र शिशुको पोषित कसरी हुन्छन् भनेर पोषणयुक्त खानाका विषयमा छलफल गर्छौं,” अध्यक्ष भट्टराईले भनिन् ।पूरा पढ्नुहोस्


बाढीले माछा सुपरजोनमा ५० करोडको क्षति

  भदौ ३, वीरगञ्ज । बारामा सञ्चालित माछा सुपरजोनमा बाढीले बगाउँदा करिब रु. ५० करोड मूल्य बराबरको क्षति भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित माछा सुपरजोनमा करिब ७ सय मेट्रिकटन माछा बगाएर सो मूल्य बराबरको क्षति भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, इकाइ (माछा सुपरजोन) सिम्रोनगढ बाराकाअनुसार केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीले करिब ७ सय हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरी भत्काउँदा उक्त क्षति भएको परियोजना प्रमुख युगलकिशोर तिवारीले बताए । माछासुपरजोन कार्यक्रमअन्तर्गत बाराको सिम्रौनगढ नगरपालिका, कचोर्वा, भगवानपुर, विलोनी, पेतपारी गाउँमा एक हजार हेक्टर क्षेत्रफलमा माछा पोखरी खन्ने कामसमेत बाढीले प्रभावित पारेको छ । सरकारलेपूरा पढ्नुहोस्


पत्रकार महासंघको महाधिवेशन भदौ ४ बाट

भदौ ३, काठमाडौं । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन भोलि भदौ ४ बाट काठमाडौंमा सुरु हुँदैछ । राज्यको चौथो अङ्गको रुपमा रहेका पत्रकारहरुलाई आगामी वर्षका लागि नेतृत्व प्रदान गर्ने नयाँ नेतृत्व समेत चयन गरिने यस महाधिवेशनलाई वौद्धिक तथा राजनीतिक वृत्तले चासोका साथ हेरिरहेका छन् । महाधिवेशनमा ठूला पार्टी निकट पत्रकार संगठनहरुका नेताहरुले नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । यसपालि सरकारमा सत्ता साझेदारी प्रमुख दुई पार्टी पत्रकार महासंघको महाधिवेशनमा संयुक्त प्यानेल बनाई चुनावी मैदानमा उत्रने भएका छन् । नेपाली कांग्रेस निकट प्रेस युनियन र नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल संयुक्त प्यानेल बनाई चुनावीपूरा पढ्नुहोस्


प्युठान नगरपालिकाको बजेट झण्डै ५८ करोड

रमेश गिरी भदौ ३, प्युठान । प्युठान नगरपालिकाकाे प्रथम नगरसभा रु. ५७ कराेड ४४ लाख ३० हजार ७ सय ३६ रूपैयाँ बराबरकाे वजेट विनियाेजन गर्दै शुक्रबार सम्पन्न भयो । माओवादी केन्द्र तर्फबाट प्रमुखमा बिजय हासिल गरेका मेयर अर्जुनकुमार कक्षपतिको नेतृत्वको नगरपालिकाले कस्तो कार्यक्रम र बजेट बनाउला भनेर प्युठानका जनताले हेरिरहेको अवस्थामा प्युठान नगरपालिकाको प्रथम नगरसभा सम्पन्न भएको छ । बिहीबारबाट सुरु भई शुक्रवार सम्पन्न भएको दुई दिने सो सभामा अनुमानित आय तथा व्यय निम्नानुसार निर्धारण गरिएका छन् –  अनुमानित अाय  १. अान्तरिक स्रोत रू ९८ लाख ५३ हजार ५ सय, राजश्व बाँडफाड रू ५२ लाख । २. नेपाल सरकारबाट अनुदान रूपूरा पढ्नुहोस्