Main Menu

Tuesday, August 8th, 2017

 

‘हामीले जनता छाडिसकेका थियौँ, तर जनताले हामीलाई अझै छाडेका छैनन्’ – प्रचण्ड

साउन २४, ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले माओवादीलाई अझै छाडिनसकेको बताएका छन् । “हामीले जनतालाई छाडिसकेका थियौँ,” आज पार्टीको प्रदेश नं. ३ को बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, “तर, १४ लाख जनताले हामीलाई भोट हालेका छन् । ४ हजार जनप्रतिनिधिले जितेका छन् । यसले के देखाउँछ भने जनताले माओवादीलाई छोडेका छैनन् ।” यद्यपि चुनावमा भोगेको हारको गम्भीर रुपमा समीक्षा भने हुनुपर्नेमा उनले जोड दिए । “यो चुनावको गम्भीर रुपमा समीक्षा हुनैपर्छ,” उनले भने, “हारियो त के भयो ? भनेर दुधभात खाएको जस्तै गरियो भने पार्टी बन्दैन ।” अध्यक्ष प्रचण्डले पार्टीमा अहिलेपूरा पढ्नुहोस्


हामी जनपक्षीय कार्यक्रमलाई नै प्राथमिकतामा राख्छौं – अर्जुन कक्षपति [अन्तर्वार्ता]

(संघीयता र स्वायत्त स्थानीय तह माओवादी एजेण्डा हुन् । जनयुद्ध र ०६२/६३ को जनआन्दोलनले उठाएको एउटा प्रमुख एजेण्डा राज्यलाई पहिचान सहितको संघात्मक संरचनामा लैजानु थियो । र, संविधानले अहिले संघीयता अन्तर्गत स्थानीय तहहरुको सिर्जना गरेको छ भने सो अनुरुप अहिले दुई चरणको निर्वाचन पनि सम्पन्न भइसकेको छ । तर, आफ्नै एजेण्डामा संरचित स्थानीय तहको निर्वाचनमा अहिलेसम्म माओवादीले ११ प्रतिशतभन्दा बढी सिट जित्न सकेको छैन । अहिले बाँकी भनेको तेश्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत २ नं. प्रदेशमा मात्र चुनाव हुन बाँकी छ । अहिलेसम्म थोरै सङख्यामा माओवादीले बिजय प्राप्त गरेका स्थानीय तहहरुमध्ये प्यूठान नगरपालिका एक हो । संघीय संरचनाअन्तर्गत स्थानीयपूरा पढ्नुहोस्


८ वटा वितरण केन्द्रमा १७ करोड युनिट विद्युत् खेर

रमेश लम्साल साउन २४, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रअन्तर्गतका ८ वितरण केन्द्रमा मात्रै १७ करोड १९ लाख २२ हजार ५४ युनिट विद्युत् खेर गएको छ । आर्थिक वर्ष २०७३/७४ मा सो वितरण केन्द्रलाई १ अर्ब ११ करोड ७२ लाख ३ हजार ९६ युनिट विद्युत् उपलब्ध गराएको थियो । त्यसमध्ये उक्त परिमाणको विद्युत् खेर गएको भन्दै प्राधिकरणले गम्भीर चासो व्यक्त गरेको छ । चुहावट नियन्त्रणको प्रयास निरन्तर अगाडि बढे पनि उल्लेख्य मात्रामा चुहावट भइरहेको भन्दै आगामी ६ महिनाभित्र परिणाम देखिने गरी चुहावट नियन्त्रण नगरे सम्बन्धित वितरण केन्द्र र क्षेत्रीय प्रमुखलाई कारबाहीको दायरामा ल्याउने प्राधिकरणले जनाएको छ । उक्तपूरा पढ्नुहोस्


विदेशमा अवैतनिक सूचनादूत राखिने

  साउन २४, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा भएका घटनाको विदेशमा सही सूचना प्रवाह हुन सकोस् भन्ने हेतुले सरकारले विश्वका महत्वपूर्ण देश र सहरमा सूचना केन्द्र स्थापना गर्न गृहकार्य गरिरहेको बताएका छन् । “विभिन्न कामका सिलसिलामा त्यस्ता मुलुक वा सहरमा बस्दै आएका व्यक्तिलाई हाम्रो मुलुकको सही सूचना सम्प्रेषण गराउन तथा त्यहाँबाट पनि सही सूचना प्राप्त गर्न अवैतनिक सूचनादूत राख्ने व्यवस्थाका लागि गृहकार्य भइरहेको छ,” तीनकुनेस्थित कौटिल्य मा.वि.ले आफ्नो सम्मानमा आज आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान समारोहमा उनले भने । भूकम्पबाट अतिप्रभावित ११ तथा बाढीपहिरो प्रभावित ८ जिल्ला लगायत दुर्गम क्षेत्रका स्वास्थ्य केन्द्र र शैक्षिक संस्थामा तत्काल निःशुल्कपूरा पढ्नुहोस्


विभागद्वारा ३९ खानीको प्रमाणपत्र रद्द

39-mine-license-cancelled

  साउन २४, काठमाडौँ । खानी तथा भूगर्भ विभागले खनिज अन्वेषण तथा विकास आयोजनाअन्तर्गत आर्थिक वर्ष २०७३/७४ मा ३९ खानीको खानी उत्खनन तथा खोजतलास प्रमाणपत्र रद्द गरेको छ । विभागले उत्खननका लागि प्रमाणपत्र लिएका तर समयमा काम नगरेका ती खानीको खोजतलास प्रमाणपत्र रद्द गरेको हो । विभागका प्रवक्ता कृष्णदेव झाले देशभरका ३६७ खानीलाई प्रमाणपत्र वितरण गरिएको जानकारी दिए । विभागले २०७ खानी खोजतलासको प्रमाणपत्र नवीकरण, ७६ खानी उत्खनन प्रमाणपत्र नवीकरण र ७ नयाँ खानीलाई उत्खनन प्रमाणपत्र प्रदान गरेको छ भने ८० खानीको वातावरणीय अनुगमन तथा निरीक्षण गरेको छ । प्रवक्ता झाका अनुसार खानी, वन तथा जिल्ला विकास समितिबीचमा ऐन कानूनकापूरा पढ्नुहोस्


आधुनिक बन्दै आरन व्यवसाय

  साउन २४, फलेवास (पर्वत) । कुश्मा नगरपालिका– १२ ठूलीपोखरीको विश्वकर्मा समुदाय पुर्ख्यौली आरन व्यवसायलाई आधुनिकिकरण गर्ने अभियानमा जुटेको छ । बाबुबाजेको पालादेखि गर्दै आएको आरन व्यसायलाई सुधार गरी छोटो समयमा धेरै औजार बनाउनतर्फ उनीहरु जुटेका छन् । घरेलु तथा साना उद्योग विकास समिति र कुश्मा नगरपालिका– १२ को संयुक्त आयोजनामा दश दिने आरन सुधारसम्बन्धी तालिम लिएपछि उनीहरु आफ्नो व्यवसायलाई आधुनिकिकरण गर्न थालेका हुन् । दाउराको गोल बनाएर हँसिया, बाउसा, फाली, कोदालीलगायत सामग्री बनाउँदै आएको विश्वकर्मा समुदाय अहिले मेसिनको सहायताले छोटो समयमै धेरै औजार बनाउनसक्ने भएका छन् । करिब ५ दशकदेखि आरनको काम गर्दै आएका स्थानीयवासी सन्तबहादुर विक तालीमले युवापूरा पढ्नुहोस्


‘नेपालको पहिचान नै आदिवासी जनजाति’

  साउन २४, काठमाडौँ । २३ औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले समग्र नेपालको पहिचान नै आदिवासी जनजाति भएको बताएका छन् । आदिवासी जनजाति महासंघले आज यहाँ आयोजना गरेको कार्यक्रममा वि.सं. २००७ देखिका विभिन्न आन्दोलनमा थुप्रै आदिवासी जनजातिले बलिदान दिएको राणा शासनविरुद्धको आन्दोलनमा सहादत प्राप्त गर्ने चार शहिदमध्ये तीनजना आदिवासी जनजाति (नेवार) भएकाले स्वतन्त्रताका लागि आदिवासी जनजातिको भूमिका महत्वपूर्ण भएको चर्चा उनीहरुले गरेका थिए । संयुक्त राष्ट्रसंघमा सदस्यताका लागि नेपाल भाषाको रञ्जनालिपि पेश गरेर मात्र नेपालले सदस्यता प्राप्त गरेको बताउँदै उनीहरुले नेपालको गौरव बढाउने आदिवासी जनजातिलाई दोस्रो दर्जाको नागरिकका रुपमा विभेद गर्न नहुने बताए । नेपालमा रहेकापूरा पढ्नुहोस्


दाहाल र डा. भट्टराईबीच भेट, छिट्टै नयाँ छलफल सुरु हुने

रमेश गिरी/रत्न श्रेष्ठ साउन २४, भक्तपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईका बीच वर्तमान राजनीतिक परिवेशबारे आज गम्भीर छलफल भएको छ । मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टेट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना भएका डा. भट्टराईको स्वास्थ्य अवस्था बुझ्न आज अपराह्न अस्पताल पुगेका नेता दाहालले भने, “डा. भट्टराईसँगको भेटमा गम्भीर छलफल भएको छ । अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने मलाई विश्वास छ ।” पूर्वप्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री डा. भट्टराईको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । शल्यक्रियामापूरा पढ्नुहोस्


माओवादी प्रदेश नं. ३ को बैठक सुरु

साउन २४, ललितपुर । नेकपा (माओवादी केन्द्र) को प्रदेश नं. ३ को बैठक तथा प्रशिक्षण कार्यक्रम ललितपुरको पार्टी प्यालेसमा आज दिउँसो १२ बजेबाट सुरु भएको छ । बैठकमा प्रदेश नं. ३ को चुनावी समीक्षा भइरहेको जनाइएको छ । पार्टीले उक्त प्रदेशमा सम्पन्न चुनावमा अपेक्षाकृत नतिजा हासिल नगरेको नेताहरुले बताएका छन् । सबै जिल्ला इन्चार्जहरुले आ-आफ्नो रिपोर्ट पेश गरिसकेपछि पार्टीका प्रमुख नेताहरुले बोल्ने कार्यक्रम रहेको जनाइएको छ । बैठकमा पार्टीको आगामी कार्ययोजना, संगठन निर्माणदेखि लिएर आगामी चुनावी तयारीको बारेमा पनि छलफल हुने बताइएको छ । १३ जिल्लाका कुल ११९ स्थानीय तह रहेको प्रदेश नं. ३ मा माओवादी केन्द्रले १७ स्थानीय तहमापूरा पढ्नुहोस्


तेस्रो चरणको निर्वाचनको लागि काँग्रेसको तयारी तीव्र

  साउन २४, काठमाडौँ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले तयारी तीव्र बनाएको छ । तेस्रो चरणको निर्वाचनमा पहिलो स्थानमा आउने रणनीतिका साथ काँग्रेसले विभिन्न तयारीस्वरुप आज सो विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गरेको छ । यसअघि दुई चरणमा सम्पन्न स्थानीय तहका निर्वाचनमा पार्टी दोस्रो स्थानमा झरेपछि काँग्रेसले त्यसको क्षतिपूर्ति प्रदेश नं २ बाट गर्ने योजना बनाएको पार्टी कार्यालयले जनाएको छ । आज बिहानदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको कार्यसम्पादन बैठकको छलफल आगामी निर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउन केन्द्रित रहेको नेता डा. नारायण खड्काले जानकारीपूरा पढ्नुहोस्