Main Menu

Thursday, August 17th, 2017

 

यथास्थितिमा रमाएर बसेकाहरुबाट नयाँ कुरा आएन र आउँदैन पनि- शिव फुयाल

(वाइ सिएल नेपालको एकताको दोश्रो राष्ट्रिय सम्मेलन भोलि भदौ २ बाट काठमाडौंमा सुरु हुँदैछ । माओवादीको युवा अग्रदस्ताको रुपमा युवा कम्युनिस्टहरुको यो संगठनका कारणले माओवादी बलियो बनेको ठानी पहिलो संविधानसभाको समयमा विपक्षी पार्टीहरुले यसको विघटन नभई शान्ति प्रकृया अगाडि बढ्न नसक्ने र संविधान पनि बन्न नसक्ने अडान लिएपछि माओवादीले संविधान निर्माण गर्ने शर्तमा यसलाई निश्क्रिय पारेको थियो । तर, त्यस पछाडिको लामो समयमा पनि संविधान चाहिँ बन्न सकेन । अहिले हिजोको माओवादी पार्टीकै निरन्तरतामा पुनर्गठित माओवादी केन्द्र पार्टीमा वाइसिएललाई पुनः क्रियाशील बनाउनुपर्ने माग अनुरुप अहिले यसको सम्मेलन हुँदैछ । पुरानो माओवादी पार्टी र एकता केन्द्र मिलेर एकीकृत माओवादी पार्टी बन्दापूरा पढ्नुहोस्


प्राधिकरणको घाटा घट्यो – अर्बौंको घाटा अब करोडमा

रमेश लम्साल भदौ १, काठमाडौँ । विसं २०५९ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा करिब रु. ७ अर्ब घाटा कम गरेर रु. ९७ करोड ८९ लाखमा सीमित गरेको छ । व्यवस्थापकीय सुधार, चुहावट नियन्त्रण तथा प्राविधिक सुधारका कारण घाटा रकम उल्लेख्यरुपमा घट्न सफल भएको हो । प्राधिकरणको ३२औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार आव २०७३/७४ मा कूल आय वृद्धि रु. ५० अर्ब २२ करोड ९४ लाख हुन पुगेको छ । गत आवमा विद्युत् बिक्रीबाट रु. ३५ अर्ब ७ करोड ३५ लाख मात्रै आर्जन गर्न सकेको थियो । आव २०७२/७३ मा सञ्चालन नोक्सानीपूरा पढ्नुहोस्


सिरहाका बाढी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर

  भदौ १, लहान । सिरहाका बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाका अति प्रभावित क्षेत्रमा कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहाको कल्याणपुर नगरपालिका–३ स्थित इटारी प्रसाहीका बाढीपीडितलाई लक्षित गरी तीनदिने निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको कार्यालयका प्रमुख डा. चुमनलाल दासले जानकारी दिए । बाढी प्रभावित स्थानमा रोगको संक्रमण फैलिन नदिन र बाढीपीडितलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले इटारी प्रसाहीस्थित निमावि परिसरमा साउन २९ देखि ३२ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरमा बाढीबाट विस्थापित भई स्थानीय विद्यालयमा शरण लिएर बस्दै आएका २४८ जनाको निःशुल्क स्वास्थ्य जाँच गराएको उनले बताए । सोपूरा पढ्नुहोस्


विराटनगर विमानस्थल शनिबारदेखि सुचारु हुने

भदौ १, विराटनगर । विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो । विराटनगर विमानस्थलमा जमेको हिलो निकाल्नका लागि नेपाली सेना परिचालन भएको छ । करिब २०० को संख्यामा खटेका नेपाली सेनाका टोली आलोपालो गरी लेदो हटाउनेलगायतका कार्यका जुटेका छन् । यस सम्बन्धमा नागरिक उड्डयन कार्यालय, विराटनगरका प्रमुख सुरेशमान सिंहले मौसमले साथ दिएमा भदौ ३ गते अपराह्नदेखि नियमित उडान सुचारु हुने जानकारी गराए । वर्षा र बाढीबाट भएको क्षतिको अहिले तथ्याँक संकलन कार्य नगरिएको र यतिखेर विमान सेवा सुचारु गर्नेतर्फ मात्रपूरा पढ्नुहोस्


वाइसिएलको सम्मेलन भदौ २ बाट

भदौ १, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सह–संगठनको रुपमा रहेको कम्युनिस्ट युवाहरुको ‘योङ कम्युनिस्ट लिग, वाइसिएल नेपाल’ को एकताको दोश्रो राष्ट्रिय सम्मेलन भोलि भदौ २ बाट काठमाडौंमा सुरु हुँदैछ । ‘गणतन्त्र, संघीयतालाई सुदृढ गर्दै सम्वृद्धिको बाटोमा अघि बढौं । वाइसिएल नेपालको एकताको दोश्रो राष्ट्रिय सम्मेलन सफल पारौं ।’ भन्ने नारालाई अघि सारेको उक्त सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा हुने कुरा वाइसिएल नेपालका नेता दीपशिखाले बताए । माओवादीले चलाएको दशवर्षे जनयुद्ध, गणतन्त्र प्राप्तीका लागि भएको दोश्रो जनआन्दोलन र शान्ति प्रकृया चलिरहेको समयमा समेत नेपाली जनतालाई परिवर्तनको आन्दोलनमा निरन्तर ऊर्जा थप्ने काम गर्दै देशभक्त, न्यायपे्रमी र सचेतपूरा पढ्नुहोस्