Main Menu

Monday, August 21st, 2017

 

भारतीय रेल मन्त्रालयद्वारा रेल सेवाका चार उच्च अधिकारी निलम्बित

भदौ ५, नयाँ दिल्ली  । भारतीय रेल सेवाका चार जना अधिकारीलाई रेलवे मन्त्रालयले निलम्बन गरेको  छ । निलम्बनमा पर्नेमा भारतीय रेलवे मन्त्रालयका सचिव पनि रहेका छन् । उत्तर प्रदेशमा शनिबार भएको रेल दुर्घटनामा उनीहरुको लापरवाही देखिएको ठहर गर्दैे निलम्बन गरिएको उक्त मन्त्रालयले जानकारी दिएको छ । भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी सोमबारमात्र कम्तीमा २३ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा अरु ४० जना घाइते भएका थिए । रेलमार्गमा रेल रोकिएर यात्रु उतार्ने क्रममा शनिबार अपराह्न सो रेल दुर्घटनाग्रस्त भएको थियो । रेलले लिग छोडेर बाहिर निस्किएको र अर्काे रेलको डिब्बामा गएर ठोक्किएको थियो । भारतको राजधानी सहरपूरा पढ्नुहोस्


विजुलीको पैसा आजदेखि घरबाटै

रमेश लम्साल भदौ ५, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणालीबाट सहजैरुपमा महशुल तिर्न सक्ने व्यवस्था गरेको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अनलाइन बिल भुक्तानी प्रणालीको शुभारम्भ गरे । ग्राहकले मोबाइल बैंकिङ सेवामार्फत मोबाइलबाट पनि सहजैरुपमा घरमै बसेर महशुल तिर्न सक्नेछन् । यस्तै ग्राहकले प्रभु बैंक तथा इ-सेवाका मोबाइल एप डाउनलोड गरेर पनि भुक्तानी गर्न सक्नेछन् । त्यस्तै ग्राहकले आफ्नो महशुल तिर्न नजिकैको इ-सेवा, प्रभु बैंक, महालक्ष्मी विकास बैंक, हिमाल रेमिट, सिटी एक्सप्रेस, पे-प्वाइन्ट नेपाललगायतका संस्थाबाट बिना शुल्क महशुल तिर्न सक्ने व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र तीपूरा पढ्नुहोस्


चुनाव गराउन निर्वाचन आयोग सक्षम – आयुक्त पौडेल

  भदौ ५, वीरगञ्ज । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले नेपाल सरकारले असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन गराउने मिति तोकेकाले आयोग सो दिन निर्वाचन गराउन सक्षम रहेको बताएका छन् । प्रदेश नं २ को व्यापारिक नगरी वीरगञ्जमा आज आयोजित अन्तरक्रियामा बोल्दै आयुक्त पौडेलले संवैधानिक आयोगका रुपमा रहेको निर्वाचन आयोगले असोज २ गते स्थानीय तहको निर्वाचन असम्भव रहेको भनेर असन्तुष्टि व्यक्त गरे पनि सरकारमा रहेका राजनीतिक दलले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने अडान लिएपछि निर्वाचन गराउन आयोग सक्रिय भएको बताए । आयुक्त पौडेलले आफैंले निर्वाचन आचारसंहिता बनाउने र आफैले आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दलका प्रतिनिधिलाई भोट नदिन मतदाताहरुसँग आग्रहपूरा पढ्नुहोस्


वाइसिएलको नेतृत्वमा दीपशिखा

भदौ ५, काठमाडौं । गत भदौ २ गतेबाट काठमाडौंमा सुरु भएको वाइसिएलको एकताको दोश्रो राष्ट्रिय सम्मेलन हिजो आइतवार साँझ रामप्रसाद सापकोटा (दीपशिखा) को नेतृत्वमा १ सय ३७ सदस्यीय केन्द्रीय समिति गठन गरी समापन भएको छ । सातैवटा प्रदेशबाट प्रतिनिधित्व हुने सो समितिमा हालको लागि २ नं प्रदेशबाहेक अन्य सबै प्रदेशबाट प्रतिनिधित्व भइसकिएको छ । पछि २ नं प्रदेशबाट प्रतिनिधित्व भएसँगै हालको सङ्ख्यामा बृद्धी हुनेछ । सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरु यसप्रकार रहेका छन् : अध्यक्षः रामप्रसाद सापकोटा (दीपशिखा) उपाध्यक्षहरू : लालेन्द्र मण्डल सुमन देवकोटा (अब्दुल) गंगा कार्की (पुजा) विरु तामाङ्ग (सदिप) रतन सिंह (सुरज) यशोदा न्यौंपाने (पुर्णिमा) महासचिवः सुबोधराज सेर्पालीपूरा पढ्नुहोस्


बारा र पर्सामा कृषि क्षेत्रमा मात्रै करिब २ अर्बको क्षति

भदौ ५, वीरगञ्ज । हालै आएको बाढीपहिरो तथा प्राकृतिक प्रकोपका कारण पर्सा र बारा जिल्लाका करिब रु. १ अर्ब ८३ करोड ७३ लाख बराबरको बालीनाली क्षति भएको छ ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार हालै आएको वर्षा तथा बाढीका कारण पर्सा जिल्लामा १० हजार १०० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट हुँदा रु. २८ करोड ८७ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ भने रु. १ करोड मूल्य बराबरको ५० हेक्टर क्षेत्रफलमा लगाइएको तरकारीबाली तथा रु. १५ करोड ७५ लाख मूल्य बराबरको २२५ हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरीमा क्षति भएको छ ।  पर्सा जिल्लामा बाढी र वर्षाका कारण जिल्लामा रु.पूरा पढ्नुहोस्


आजदेखि इम्बोसड नम्बर प्लेट आजबाट शुरु

कृष्णराज गौतम भदौ ५, काठमाडौँ । सवारीसाधनको व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले हाई सेक्युरिटी इम्बोसड नम्बर प्लेट आजदेखि शुरु गरिएको छ । मुलुकमा पहिलोपटक प्रयोग गर्न लागिएको यस प्रविधिबाट सवारीसाधन र सवारी धनीको विवरणका साथै राजश्व असुलीको अवस्थाका बारेमा तत्काल जानकारी लिई सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सकिने छ । यातायात व्यवस्था विभागले अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई ठेक्का दिइएको र आगामी ५ वर्षभित्र २५ लाख सवारीसाधन सो प्रणालीमा व्यवस्थित गर्ने सहमति सन् २०१६ मा भइसकेको छ । सो कार्य सम्पन्न हुँदा यसको लागत रु. ४ करोड ३७ लाख ८७ हजार ५०० अमेरिकी डलर ठेकेदार कम्पनीलाई भुक्तानी गरिनेपूरा पढ्नुहोस्


विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

  भदौ ५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसद्मा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको उक्त बैठकले विधेयकको विपक्षमा मतदान गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकको निर्णयअनुसार प्रमुख सचेतक कुन्तीकुमारी शाहीद्वारा राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०७३ को धारा २८ बमोजिम आज बस्ने बैठकमा सांसदलाई पार्टीको निर्णय पालना गराउन ह्विप जारी गरेका हुन् । पार्टीको यही भदौ १ देखि ४ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकलेपूरा पढ्नुहोस्


जलेश्वर–जनकपुर सडकखण्ड १० दिनदेखि अवरुद्ध

congress-leader-aryal-construct-20-houses

  भदौ ५, गौशाला । महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड १० दिनदेखि अवरुद्ध हुँदा जिल्लावासीलाई समस्या भएको छ । जिल्लाकै प्रमुख सडकखण्ड अविरल वर्षाका कारण आएको भीषण बाढीबाट गत साउन २८ गते क्षतिग्रस्त भएपछि अवरुद्ध हुँदा जिल्लावासीलाई समस्या भएको हो । जलेश्वर–जनकपुर सडकखण्डको आधा दर्जन बढी ठाउँमा बाढीले बाटो बगाएको तथा सो सडकखण्डको पर्सा र पिपरा बीचमा यातायात नै सञ्चालन हुन नसक्ने गरी बाटो कटान गरेका कारण आज १० दिनदेखि जलेश्वर–जनकपुर यातायात अवरुद्ध रहेको छ । जिल्लाकै मुख्य सडकका रुपमा रहेको यस सडकखण्ड अवरुद्ध हुँदा जिल्लाका दैनिक यातायात प्रभावित हुनाका साथै जिल्लावासीले आकस्मिक सेवाबाट वञ्चित भएका छन् । दुई दिनदेखिपूरा पढ्नुहोस्


भोयजर मिसनको ४० वर्ष

अनन्त अन्तरिक्ष यात्रामा रहेका दुई यानहरुको कथा

आकाश महर्जन ४० वर्षअघि भोयजर १ र २ मिसनहरुले आफ्नो अन्तरिक्ष यात्रा थालेका थिए । आज ४० वर्षपछि यी दुई अन्तरिक्ष यानहरु अन्तरनक्षेत्रीय यात्रा गर्दैछन्, पृथ्वीबाट इतिहासमै सबैभन्दा टाढा पुग्ने मानवनिर्मित वस्तुका रुपमा । ‘सबैभन्दा टाढा पुग्ने’ मात्र यी दुई यानहरुको लक्ष्य पक्कै थिएन; यिनले बृहस्पति र शनि ग्रहहरुलाई परिक्रमा गरी तिनीहरुको अध्ययन गरे । र, जब भोयजर १ सौर्यमण्डल छोडी अन्तरनक्षत्रीय अन्तरिक्षमा सयर गर्न अगाडि बढ्यो, तब भोयजर २ अरुण र बरुणको अध्ययन गर्दै थियो । अहिलेसम्म यी दुई ग्रहहरुको अध्ययन गर्ने भोयजर २ यान मात्र हो । गत अगष्ट २० अर्थात् भदौ ४ आइतबार भोयजर १ को ४०पूरा पढ्नुहोस्


मंसिर १० गते दुवै तहको निर्वाचन

  भदौ ५, काठमाडौँ । सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । त्यसैगरी, मन्त्रिपरिषद्ले प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणमा भूकम्पपछि पुनःनिर्माण प्राधिकरणलाई आर्थिक सहयोग गर्ने भनी भारतले गरेको प्रतिबद्धता, पुराना सन्धि सम्झौता, लक्षणपुर बाँध, कोशी बाँध र त्यसबाट भएको नोक्सानीका बारेमा छलफल गर्ने निर्णय गरेको छ । कोशी बाँध बगाउँदा स्थानीय जनतालाई भारत सरकारले दिने भनेको रु. ५०पूरा पढ्नुहोस्