Main Menu

Sunday, August 13th, 2017

 

बाढीपहिरोबाट हालसम्म ६६ जनाको मृत्यु

  साउन २९, काठमाडौँ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा ९, सुनरसीमा ८, मोरङमा ६, सिन्धुली र झापामा ४-४, दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा ३-३, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा २-२ तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा १-१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी झापामा १४, रौटहटमा ८, मोरङमा ७, सुनसरीमा ६, मकवानपुर र पाँचथरमा ३-३, पर्सामा २ तथा सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासीपूरा पढ्नुहोस्


विपदबाट मृत्यु हुने परिवारलाई प्रतिव्यक्ति २ लाख राहत

pm-hungarian-ambassador-meeting

  साउन २९, काठमाडौँ । सरकारले बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति रु. २ लाख दिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने निर्णय गरेको बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । बैठकले मन्त्रिपरिषद्का सदस्यहरुको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णयसमेत गरेको छ । बैठकले बाढीपीडितका लागि खाद्यान्न, औषधोपचारलगायतको व्यवस्था युद्धस्तरमा गर्ने निर्णय गरेको छ । बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको सम्बन्धमा अध्ययन गरी सोहीअनुरुप पीडितलाई दिइने क्षतिपूर्तिबारे पछि निर्णय लिइने मन्त्री बस्नेतले बताए । यसैगरी बाढीग्रस्त क्षेत्रको निरीक्षण तथा अनुगमनका लागिपूरा पढ्नुहोस्


देशको असहज परिस्थितिमा अनशन अन्त्य गर्न वार्ता समितिको अपिल

  साउन २९, काठमाडौँ । प्रा. डा. गोविन्द केसीका माग सम्बोधन गर्न नेपाल सरकारद्वारा गठित वार्ता समितिले मुलुकमा भएको प्राकृतिक प्रकोपमा चिकित्सा सेवाको अपरिहार्यता र आफ्नो बिग्रँदो स्वास्थ्यलाई समेत मनन् गर्दै तत्काल अनशन अन्त्य गर्न डा. केसीसँग हार्दिक अपिल गरेको छ । समितिले प्रधानमन्त्री शेरबहादुर देउवाको समुपस्थितिमा नागरिक समाजका वरिष्ठ व्यक्तित्व नीलाम्बर आचार्य, प्रा. केदारभक्त माथेमा, कनकमणि दीक्षितसमेतको उपस्थितिमा शनिबार प्रा. डा. केसीले प्रस्तुत गरेका माग सम्बोधन गर्न व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’मा डा. केसीद्वारा प्रस्तुत परिमार्जन गरिएका विषयवस्तु समेत समायोजन गरिएको र अन्य माग तत्काल सम्बोधनपूरा पढ्नुहोस्


चिनियाँ उपप्रधानमन्त्रीको भ्रमण भोलिदेखि, मंगलबार द्विपक्षीय वार्ता

  साउन २९, काठमाडौँ । जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ भोलि अपराह्न विशेष विमानबाट राजधानी आइपुग्दै छन् । नेपाल सरकारको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी ४ दिवसीय औपचारिक भ्रमणमा आउन लागेका हुन् । आगामी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि चिनियाँ उपप्रधानमन्त्रीले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । चिनियाँ उपप्रधानमन्त्री बाङले उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारसँग आगामी मंगलबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । सोही दिन चीनका उपप्रधानमन्त्रीले चीन सरकारको सहयोगमा हुने हनुमानढोका दरबारस्थित नौतले दरबारको जीर्णोद्धारको शुभारम्भ गर्नेछन् ।पूरा पढ्नुहोस्


मन्त्रालयद्वारा बाढी प्रभावितलाई करिब रु. २ करोड आर्थिक सहयोग निकासा

  साउन २९, काठमाडौँ । गृह मन्त्रालयले बाढी, पहिरो र डुबानको प्रकोपमा परेकालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले करिब रु. १ करोड ९७ लाख प्रभावित जिल्लामा आज निकासा गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत सो रकम पीडितको अवस्था हेरी वितरण गरिने मन्त्रालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहने सो समितिले सम्बन्धित जिल्लामा भएको घटनाको विवरण संकलन गर्ने तथा क्षतिको तथ्याङ्क लिई सो रकमबाट राहत वितरण गर्ने छन् । मन्त्रालयका आर्थिक प्रशासन प्रमुख शिवनाथ पौडेलले प्रारम्भिक चरणका लागि पठाइएको सो रकम पीडित समूहमा भएको क्षति तथा प्रभावितको घरबारविहीन अवस्थालाई मूल्याँकन गरी पुनः आवश्यकताअनुसार सहयोग थप गर्न सकिने जानकारीपूरा पढ्नुहोस्


बाढी प्रभावित क्षेत्रमा ४ स्वास्थ्य सेवा टोली खटाइयो

  साउन २९, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले बाढी र पहिरो प्रभावित क्षेत्रमा छुट्टाछुट्टै विपद् व्यवस्थापन टोली खटाएको छ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले विराटनगर, जनकपुर, रौटहट र नेपालगन्जमा खटिएको टोलीलाई वरपरका जिल्ला पनि हेर्ने गरी जिम्मेवारी दिएको बताए । डा. गुणनिधि शर्मालाई विराटनगर, डा. भीम सापकोटालाई जनकपुर, डा. सागर घिमिरेलाई रौतहट र डा. परशुराम श्रेष्ठलाई नेपालगन्जको लागि नेतृत्व गर्न जिम्मेवारी दिइएको हो । उनीहरुसँग अन्य दुई जना स्वास्थ्यकर्मी पनि छन् । विपद्मा घाइते तथा विस्थापितको तत्काल उपचार गर्ने/गराउने व्यवस्था मिलाउन मन्त्रालय प्रतिबद्ध भएको मन्त्री पोखरेलको भनाइ छ । मन्त्रालयले सम्पूर्ण स्वास्थ्यकर्मीलाई विपद् अवधिभरका लागि हुने तालीम, गोष्ठी, बिदा वा अन्य कार्यक्रमपूरा पढ्नुहोस्


राष्ट्रिय विपद संकटकाल घोषणा गरिँदै

साउन २९, भक्तपुर । वाणिज्य मन्त्री मीन विश्वकर्माले लगातारको वर्षाका कारण आएको बाढी पहिरोको व्यवस्थापनका लागि सरकारले राष्ट्रिय विपद संकटकाल घोषणा गर्ने बताएका छन् । रफत् सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारले सोचेजसरी बाढीपहिरोलगायतको विपद् व्यवस्थापन गर्न नसकेकाले आज बस्ने मन्त्रिपरिषद् बैठकले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने सम्भावना रहेका बताएका हुन् । यतिबेला विपद् व्यवस्थापन गर्न सरकारलाई ठूलै चुनौती आइपरेको बताउँदै उनले कोशी ब्यारेजका केही ढोका खुल्न सरकारले गरेको कूटनीतिक पहल सफल भएको बताए । ब्यारेजका सबै ढोका खुल्दा भारतको विहार डुबानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले विपद्का बेला सोचेर मात्र काम गर्नुपर्नेमा सरकारपूरा पढ्नुहोस्


डा केसीको मागका पक्षमा छु – अध्यक्ष दाहाल

साउन २९, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सधैँ प्रा. डा. गोविन्द केसीले उठाएका माग र मुद्दाको पक्षमा रहेको बताएका छन् । एक्काइस दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको जीवन रक्षाको माग गर्दै अध्यक्ष दाहाललाई भेट्न पुगेको प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उनले आफू केसीले उठाएका मागको पक्षमा रहेको बताएका हुन् । “काठमाडौँ उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा. केसीको माग सकारात्मक छ । यसले मेडिकल शिक्षालाई मर्यादित बनाउँछ भन्ने मेरो पनि ठम्याइ छ,” भेटमा अध्यक्ष दाहालले भने । आफू प्रधानमन्त्री हुँदा पनि डा. केसीले उठाएकापूरा पढ्नुहोस्


महान्यायाधिवक्ताद्वारा राजीनामा

साउन २९, काठमाडौँ । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले महान्यायाधिवक्ताको पदबाट आज राजीनामा दिएका छन् । महान्यायाधिवक्ता श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् । श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले कानुनी सल्लाहकारका रुपमा नियुक्त गरेका थिए । प्रधानमन्त्रीबाट दाहालले राजीनामा दिएपछि वर्तमान प्रधानमन्त्री देउवाकै सल्लाहमा आफूले काम गरेको उनले बताए । उनको १ वर्ष १ हप्ताको कार्यकालमा महान्यायाधिवक्ता कार्यालय निर्माण योजना, सरकारी वकिल सम्मेलनजस्ता काम भएका छन् ।


पत्रकार महासंघको महाधिवेशनमा प्रेस सेन्टर र प्रेस युनियनबीच तालमेल हुने

२९ साउन, काठमाडौँ । नेपाल पत्रकार महासंघको २५ औँ राष्ट्रिय महाधिवेशनको लागि प्रेस सेन्टर नेपाल र नेपाल प्रेस युनियनबीच तालमेल हुने भएको छ ।  आज बिहान दुई संगठनहरुको नेतृत्वबीच भएको बैठकले प्रेस सेन्टरको नेतृत्वमा चुनावी तालमेल गरेर जाने निर्णय गरेको हो ।  आगामी भदौ ४ र ५ गते काठमाडौँमा हुने महाधिवेशनमा प्रेस युनियन र प्रेस सेन्टरबीचको साझा उम्मेदवारको रुपमा प्रेस सेन्टरमा तर्फबाट गोविन्द आचार्य अध्यक्षको उम्मेदवार बन्नेछन् । अन्य पदाधिकारी र केन्द्रिय सदस्यहरुको हकमा भने को उम्मेदवार बन्ने हो भन्ने कुराको टुंगो लाग्न बाँकी छ । यद्यपि महासचिवका उम्मेदवार भने प्रेस युनियनलाई दिने दुई संगठनबीच सहमति भएको जनाइएको छ । पूरा पढ्नुहोस्