Main Menu

Monday, August 7th, 2017

 

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

साउन २३, बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताए । आइतबार घर नजिकैको वनमा गाईगोरु चराउन गएका बेला अरिङ्गालले टोकेपछि घरेलु उपचारका क्रम स्वास्थ्य संस्था लैजान नपाउँदै मृत्यु भएको पाध्यायले जानकारी दिए । अरिङ्गालको टोकाइबाट अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा ६८ वर्षीया सुन्तलादेवी थापा र १२ वर्षीया सपनाकुमारी थापा रहेका छन् । घाइते भएका दुवै जनालाई उपचारका लागि ब्रह्मतोला स्वास्थ्य चौकीमा लगिएको छ । अरिङ्गालले गाई–गोरु–बाख्रालाईसमेत टोकेको बताइएको छ । मृतक बालक शिवशंकर प्राथमिकपूरा पढ्नुहोस्


चिहानबाटै गहना चोरी

साउन २३, इलाम । इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङमा माटोमा गाडिएको शव खनेर सुनका गहना चोरी भएको छ । चिहानमा शवसँगै गाडिएको चार आनाको मङ्गलसूत्र चोरी भएको हो । नामसालिङकी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बुधबार बाटैमा मृत्यु भएको थियो । उनको शव बिहीबार लिम्बू परम्पराअनुसार घरनजिकै माटोमा पुरिएको थियो । शव पुरिएको चौबीस घण्टा नबित्दै चिहान खनेर शुक्रबार राति मङ्गलसूत्र चोरी भएको स्थानीय बासिन्दा भुवन लिम्बूले जानकारी दिए । “चिहानमा धेरै गरगहना पुरिएको आशङ्कामा शव खनेको देखियो”, उनले, कानमा लगाएको केही सुन छाडेर चोरले अन्य गहना पनि चोरी गरेर शव पुनः गाडेको बताए ।पूरा पढ्नुहोस्


कम्युनिस्ट नेता शम्भुराम श्रेष्ठको संस्मरण – ३

(नेपाली लोकतान्त्रिक एवं कम्युनिस्ट आन्दोलनको इतिहासमा उल्लेख गर्न छुटाउनै नहुने एक नेता बितेका शम्भुराम श्रेष्ठ हुन् । वि.सं.२०६२ सालमा बितेका नेता श्रेष्ठको आन्दोलनमयी जीवनका संस्मरणहरु वर्तमान र भविष्यका परिवर्तनकारी पुस्ताका लागि महत्वपूर्ण छन् । उनको संस्मरणका श्रृङ्खलाहरुमध्ये यो चौथो हो । अघिल्ला श्रृङ्खला हरु प्राम्भिक, १, र २ का लागि नम्बरहरुमा अलगअलग क्लिक गर्नुहोला ।–सम्पादक) कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना—सम्मेलन विक्रम संवत् २००३ (खास तिथिमितिको सम्झना भएन) मा भारतको कलकत्ता नगरीमा वी.पी. कोइरालाको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाको सम्मेलनको आयोजना गरियो । त्यस सम्मेलनमा मलाई पनि व्यक्तिगतरुपले गहभागी हुन निम्त्याइएको थियो । तर, त्यस समय टाइफाइडको ज्वरोले (जसलाई त्यसताका घातक ज्वर सम्झिनेपूरा पढ्नुहोस्


भरतपुर महानगरका प्रतिनिधिको सपथमा एमालेबाट निर्वाचितले शपथ लिएनन्

साउन २३, चितवन । भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको गठबन्धनका तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यले शपथ ग्रहण गरेपनि नेकपा (एमाले)का तर्फबाट निर्वाचित वडा अध्यक्ष र सदस्यले भने शपथ ग्रहण गरेनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह र वडा अध्यक्षलाई शपथ गराएका थिए । सोही अवसरमा प्रमुख दाहालले वडा सदस्यहरुलाई शपथ गराएकी हुन् । प्रमुख दाहाल माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएकी हुन् भने उपप्रमुख शाह काँग्रेसका तर्फबाट निर्वाचित भएकापूरा पढ्नुहोस्


राष्ट्रिय प्रशारण प्राधिकरणप्रतिको बेवास्ताका कारण सरोकारवाला चिन्तित

congress-leader-aryal-construct-20-houses

साउन २३, काठमाडौँ । प्रशारण क्षेत्रको नियमनका लागि राष्ट्रिय प्रशारण प्राधिकरण आवश्यक महसुस गरेको करिब २ दशक बितिसक्दा पनि राजनीतिक बेवास्ता र कर्मचारीतन्त्रका ढिलासुस्तीका कारण कुनै कार्य अगाडि नबढेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । सञ्चार क्षेत्रका विविध विषयमा वकालत गर्दै आएको संस्था फ्रिडम फोरमले आज यहाँ आयोजना गरेको छलफलमा नेपालको प्रशारण क्षेत्रका मुद्दा ओझेलमा परेको भन्दै उनीहरुले सम्बन्धित निकायको सक्रियताले राजनीतिक र कर्मचारीतन्त्रबाट हुने व्यवधान हटाउने तर्क गरे । पत्रकार तथा जनता टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागार्इंले प्रशारण नियामनसम्बन्धी कार्यपत्र प्रस्तु गर्दै नेपालमा छापा पत्रकारिताभन्दा प्रशारण पत्रकारिताले बढी दुःख झेल्नु परेको गुनासो गरे । उनले प्रसारण सेवामा विविध पक्ष समेटिएकापूरा पढ्नुहोस्


दर्ता भएको तीन महिनापछि स्वास्थ्य बीमा विधेयक संसद्मा प्रस्तुत

parliament-meeting-postponed

कल्पना पौडेल साउन २२, काठमाडौँ । जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा बीमामार्फत उपलब्ध गराउन बनेको स्वास्थ्य बीमा विधेयक ३ महिनापछि संसद्मा छलफलका लागि प्रस्तुत भएको छ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेपछि पहिलो विधेयकका रुपमा स्वास्थ्य बीमा विधेयक संसद्मा प्रस्तुत गरेका हुन् । उक्त विधेयक तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले गत वैशाख ११ गते संसद् सचिवालयमा विधेयक दर्ता गरेका थिए । विधेयक दर्ता भएपछि संसद्मा प्रस्तुत गर्न कार्यसूचीमा २ पटक राखिए पनि नेकपा (एमाले)ले गरेको संसद् अवरोधका कारण उक्त समयमा छलफल हुन सकेको थिएन । त्यसपछि भने सरकार परिवर्तन भएर पछि परेको थियो । वि.सं. २०६८ देखि नै बीमा ऐनपूरा पढ्नुहोस्


रसुवामा पहिरोमा परी ४ जना बेपत्ता,अन्य ४ घाइते

  साउन २३, नुवाकोट । अविरल वर्षासँगै बगेको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा एकै घरका ४ जना हराइरहेका छन् भने घाइते अवस्थामा ४ जनालाई उद्धार गरिएको छ । गए राति ९ बजे बस्ती माथिबाट आएको पहिरोमा परी ७२ वर्षीय धर्मबहादुर थापामगर, उनकी बुहारी २८ वर्षीया मुना थापामगर, ३ वर्षीय नाति रबिन थापामगर र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटी हराइरहेका छन् । माथिबाट निरन्तर पहिरो झर्ने क्रम जारी रहेकाले उनीहरुको उद्धारमा पुगेको नुवाकोट र रसुवाको नेपाल प्रहरी र श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको टोलीलाई कठिनाइ भएको छ । पहिरोमा परी अन्य ४ जना घाइते भएकामध्येपूरा पढ्नुहोस्


कि कसो ?

आयल निगमको जग्गा

नेपाल आयल निगमले हालै एउटा ठूलै प्लट जग्गा खरिद गरेको रहेछ । जग्गा के खरिद गर्यो जग्गैको विवाद शुरु भयो । किनभने निगमले जो जग्गा खरिद गरेको हो त्यो अत्यन्त महंगोमा किनेको रहेछ । अहिले निगमलाई महंगोमा किन जग्गा किनेको भन्ने आरोप लागेको छ । यसको साथसाथै नयाँ कुरा के भइदियो भने निगमले किनेको जग्गा हालै आएको वर्षातले गर्दा पानी मै डुब्न पुगेछ । अब यसमा पनि आरोप लागेको छ, पानीमा डुब्ने जग्गा किन किनेको ? वास्तवमा निगमले किनेको जग्गामाथि लागेको आरोप यही दुईटा प्रश्नले समाधान गर्छ । यसमा लामो कुरै गर्नु पर्दैन । किनभने निगमले जो जग्गा किनेको हो,पूरा पढ्नुहोस्