Main Menu

Tuesday, August 1st, 2017

 

बायो इन्जिनियरिङबाट तटबन्धन प्रभावकारी

साउन १७, पथरी (मोरङ) । चिसाङ खोलाको ढुंगेबगर अहिले हरियालीपूर्ण भएको मात्र छैन, बायो इन्जिनियरिङका माध्यमले खोलाको तटबन्ध पनि निर्माण भएको छ । सामूहिक प्रयास गर्ने हो भने जुनसुकै काम सजिलै गर्न सकिने उदाहरण मोरङको केरौन–९ स्थित धर्तीमाता कृषि सहकारी संस्था लिमिटेडले प्रस्तुत गर्दै बायो इन्जिनियरिङका माध्यमले खोलाको तटबन्ध पनि निर्माण गरेको हो । सो सहकारीका अध्यक्ष गोपाल खड्काका अनुसार सो सहकारीले खोलामा बायो इन्जिनियरिङ वृक्षरोपणको माध्यमबाट खोलामा तटबन्ध गर्ने र सो क्षेत्रमा सहकारीले विभिन्न खेती गर्ने उद्देश्यले रु. १ करोड ५० लाखमा १२ बिगाहा ढुंगेबगर खरिद गरेको हो । विसं २०७१ मा स्थापना भएको सो सहकारीले शुरुका दिनमा खोलापूरा पढ्नुहोस्


भुटानी शरणार्थी समस्यालाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह

  साउन १७, काठमाडौँ । भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति झापा–मोरङले सरकारसमक्ष पाँच बुँदे माग अघि सारेको छ । रिपोर्टर्स क्लब नेपालमा शिविरले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले शरणार्थीको समस्या समाधान गर्ने तथा यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग आग्रह गरे । भुटानी जनताले पनि मानिस हुनुको गर्व गर्न पाउनु पर्नेमा जोड दिँदै उनले देश छोडेर शरणार्थी भएर बस्नुको पीडा कारुणिक हुने बताए । नेकपा (एमाले) का सांसद महेन्द्रा लिम्बूले शिविरमा मानवताको खडेरी परेको बताउँदै भुटानी शरणार्थीको स्थिति निकै नाजुक भएको बताए । शिविरका सल्लाहकार राजमान गुरुङले २५ वर्षदेखि नेपालको पूर्वी भागमा बसोबास गर्दैपूरा पढ्नुहोस्


नदी नियन्त्रणका लागि नेपाल–भारत नागरिक समिति

  साउन १७, राजविराज । प्रत्येक वर्ष सप्तरीको तिलाठी, सकरपुरा, लौनियाँलगायतका स्थानमा खाँडो र त्रियुगा नदीको पानीले दुःख दिँदै आएकोप्रति सरोकारवाला निकायले चासो व्यक्त गरेका छन् । सप्तरीको राजविराजमा सोमबार आयोजित समुदायको सहभागितामार्फत जलस्रोत कूटनीति निर्माणका लागि आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा वर्षौंदेखि नेपाली भूभाग डुबानमा पर्दा नेपाल र भारत दुवै पक्षले हालसम्म कुनै ठोस कदम चाल्न नसकेको भन्दै दुवै मुलुकको कूटनीतिज्ञ पहल कमजोर रहेकाले यसलाई अब स्थानीयस्तरबाट पनि समाधान गर्नतर्फ लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । सोही कार्यक्रममा बोल्दै प्रोपब्लिक काठमाडौँका वरिष्ठ अधिवक्ता एवं कार्यकारी अध्यक्ष प्रकाशमणि शर्माले जलस्रोतसम्बन्धी दुई देशबीचको झगडाले कसैलाई फाइदा नपुग्ने बताए । साथै, दुई देशकापूरा पढ्नुहोस्


हत्या गरेर फरार अभियुक्त १५ वर्षपछि पक्राउ

साउन १७, बनियानी (झापा) । भुटानी शरणार्थीको हत्या गरी फरार एक अभियुक्तलाई घटनाको १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०५८ साल फागुन २६ गते झापा खुदुनाबारी शिविर सेक्टर नम्बर १ हट नम्बर ३१ का सन्तबहादुर अधिकारीलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएका ताप्लेजुङ आम्वेगुदिन–५ का भीमबहादुर भट्टराईलाई प्रहरीले १५ वर्ष ५ महिनापछि पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक केशवकुमार थेवेले जानकारी दिए । अभियुक्त भट्टराईलाई गत साउन ११ गते बिर्तामोड नगरपालिका–४ स्थित मुक्तिचोकबाट पक्राउ गरिएको प्रनाउ थेवेले बताए । “फरार अभियुक्त खोजी अभियानअन्तर्गत भट्टराईको खोजी गरिरहेका थियौँ”, उनले भने, “अभियुक्त बिर्तामोडमै रहेको भन्ने सूचना पाएपछि खोजतलासपूरा पढ्नुहोस्


स्वास्थ्यमन्त्रीकै अगाडि पीडितले भने – ‘हामी गरिबले कहाँ औषधि निःशुल्क पाउँछौँ र ?’

  साउन १७, बर्दिवास । “हजुर, अस्पतालमा त कुनै औषधि निःशुल्क पाइँदैन । डाड सा’बहरुले पर्चीमा लेखिदिनुहुन्छ, हामी बाहिर गएर किन्छौँ ।” महोत्तरीको बर्दिवास अस्पतालमा सोमबार साँझ आयोजित स्वास्थ्यसम्बन्धी अन्तरक्रियामा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य सेवाबारे चर्चा गर्दै स्वास्थ्य संस्थामा निःशुल्क औषधिको व्यवस्था गरिएको बताइरहेकै बेला एक सर्वसाधारणले हात जोड्दै यसो भने । “हो हजुर, हामी गरिब छौँ । खुट्टा नांगा छन्, जिउमा फाटेका लुगा छन् । यस्ताले निःशुल्क सेवा पाउँदैनन् हजुर !” जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख, बर्दिवास अस्पतालका प्रमुख र चिकित्सक एवम् जिल्लास्थित सरकारी स्वास्थ्यका जिम्मेवार अधिकारीको सहभागिता रहेको सो कार्यक्रममा ती सर्वसाधारणको गुनासोमा कसैले प्रतिवाद गरेनन् । बर्दिवासमापूरा पढ्नुहोस्