Main Menu

संविधान संशोधन काँग्रेसको मुख्य एजेन्डा – मन्त्री मन्सुर

congress-agenda-constitution-amendment

साउन १७, राजविराज । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले मधेसी जनताको अधिकार प्रवर्द्धन र विद्यमान राजनीतिक संक्रमणकाल अन्त्यका लागि संविधान संशोधन नेपाली काँग्रेसको मुख्य एजेन्डा भएको बताएका छन् ।

“हाम्रा सम्पूर्ण शक्ति संविधान संशोधन र निर्वाचनमा केन्द्रीत छ,” नेपाली काँग्रेस सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “संविधान संशोधन भयो भने देशमा राजनीतिक संक्रमणकाल अन्त्य हुन्छ । त्यसैले काँग्रेस संविधान संशोधनको पक्षमा दृढ भएर उभिएको छ ।”

मन्त्री मन्सुरले मधेसी, मुस्लिम, दलित, जनजाति, पिछडिएका वर्ग, हिमाल, पहाड र तराई-मधेसमा बसोबास गर्ने सबै नेपालीको हित हुने गरी सविधान संशोधन हुनु अवश्यक रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षीदलका अडानका कारण अहिलेसम्म संविधान संशोधन हुन नसकेको बताए ।

संविधान संशोधनको जिम्मेवारी अब काँग्रेसको काँधमा आएको बताउँदै उनले यो जिम्मेवारीलाई काँग्रेसले पुरा गर्ने विश्वास व्यक्त गरे ।

(Visited 183 times, 1 visits today)

टिप्पणी

comments