Main Menu

Friday, August 4th, 2017

 

दोस्रोपटक भोट हालेपछि मतदाताले भने : हाम्रो मत खेर नजाओस्

साउन २०, रत्ननगर (चितवन) । भरतपुर–१९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान ७ बजे शारदानगर मावि आइन् । उनी आउँदा झमझम पानी परिरहेको थियो । मत हाल्न खासै धेरै कुर्नुपरेन, लीलाले भनिन्–“दुईपटक भोट हाल्न पाएकोमा खुशी नै लाग्यो ।” उनको एक हप्तापछि रोपाइँ भएकाले फुर्सद नै छ । यहाँका मतदाताले दुईपटक भोट हाल्न पाउनुलाई अवसरका रुपमा लिएका छन् । अन्य रोपाइँ भएकाहरु पनि फुर्सद मिलाएर आएको बताएका छन् । “जे नहुनु भै त हाल्यो, के भन्नु र, हामीलाई सुविधा चाहियो, त्यही हो”, लीलाले थपिन् । बिहानैदेखि परेको पानीका कारण बिहान ७ बजे निकै कम मतदाता मतदानस्थलमा देखिए पनिपूरा पढ्नुहोस्


बारामा १ अर्बको चैतेधान उत्पादन

साउन २०, कलैया । बारामा आर्थिक वर्ष २०७३/७४ मा रु. १ अर्ब ९ करोड ९४ लाख १३ हजार बराबरको ५२ हजार ३५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत रामदयाल ठाकुरका अनुसार कोल्हनी, नरही, बरियापुर, पकडिया, सिम्रौनगढ, रामपुरा, सपहीका कृषकले ९ हजार ६९५ हेक्टरमा हर्दिनाथ–१, चैते–२, चैते–४, स्थानीय कुरिया र बगही जातको चैतेधान खेती गरी ५२ हजार ३५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ । उत्पादित चैतेधान अहिले बजारमा प्रतिक्विन्टल रु. २ हजार १ सयका दरले बिक्री भइरहेको छ । चैतेधान खेती गर्न सरकारले कृषकलाई बीमाको ७५ प्रतिशत र खेतीका लागि प्रतिहेक्टर रु. ५पूरा पढ्नुहोस्


रक्तदानको महत्व बुझाउन विश्वभ्रमणमा निस्केका दुई युवा जापनामा

hospital-organizes-blood-donation

साउन २०, फलेवास (पर्वत) । रक्तदानको महत्वबारे प्रचार गर्न विश्व साइकल यात्रामा निस्केका पर्वतको फलेवास नगरपालिका ११ पाङराङका भेषराज कँडेल र झापा कन्काइका युवराज मैनाली जापान पुगेका छन् । ‘रक्तदान, जीवनदान’ मन्त्र बोकेर साइकल यात्रामा निस्किएका दुई युवा १५ देशको यात्रापछि जापान पुगेका हुन् । ७ महिनाअघि कँडेल र मैनालीले विश्वलाई रक्तदानको महत्वबारे सन्देश दिने उद्देश्यले सो यात्रा थालेको र यस क्रममा नेपालको सगरमाथा र गौतमबुद्धको बारेमा समेत प्रचार गर्दै हिँडेको बताए । नेपालबाट श्रीलंका, भारत, बंगलादेश, माल्दिभ्स, म्यानमार, भियतनाम, कम्बोडिया, लावोस, थाइण्याड, मलेसिया, सिंगापुर, ब्रुनाई, इन्डोनेसिया, फिलिपिन्स, ताइवान हुँदै जापान पुगेका ती युवा दक्षिण कोरियाको यात्रामा निक्लन लागेका रपूरा पढ्नुहोस्


सर्वोच्चको पुन: मतदान गराउने फैसलापछि

आज भरतपुर–१९ मा पुनः मतदान शुरु

साउन २०, चितवन । पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान शुरु भएको छ । बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए ।  सो वडामा किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २ सय ४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३ सय ६ र शारदानगर माविमा एक हजार २ सय ४३ गरी कुल तीन हजार ७ सय ९७ मतदाता छन् ।  मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबारदेखिपूरा पढ्नुहोस्