Main Menu

बारामा १ अर्बको चैतेधान उत्पादन

साउन २०, कलैया । बारामा आर्थिक वर्ष २०७३/७४ मा रु. १ अर्ब ९ करोड ९४ लाख १३ हजार बराबरको ५२ हजार ३५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत रामदयाल ठाकुरका अनुसार कोल्हनी, नरही, बरियापुर, पकडिया, सिम्रौनगढ, रामपुरा, सपहीका कृषकले ९ हजार ६९५ हेक्टरमा हर्दिनाथ–१, चैते–२, चैते–४, स्थानीय कुरिया र बगही जातको चैतेधान खेती गरी ५२ हजार ३५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ ।

उत्पादित चैतेधान अहिले बजारमा प्रतिक्विन्टल रु. २ हजार १ सयका दरले बिक्री भइरहेको छ ।

चैतेधान खेती गर्न सरकारले कृषकलाई बीमाको ७५ प्रतिशत र खेतीका लागि प्रतिहेक्टर रु. ५ हजार अनुदान दिने व्यवस्था गरेको छ । आव २०७२/७३ मा कृषकले ९ हजार ६९० हेक्टर जग्गामा विभिन्न जातको चैतेधान खेती गरी ५१ हजार ८४१ मेट्रिक टन धान उत्पादन गरेका थिए ।

(Visited 158 times, 1 visits today)

टिप्पणी

comments