Main Menu

प्रजातन्त्र

democracy

  • हरिगोविन्द लुइँटेल

हाम्रो देश नेपाल हो
यहाँ प्रजातन्त्र आएको छ !
सात सालमा पनि आएको थियो
अहिले पनि आएको छ ।
यसरी यहाँ 
ट्याम्ट्याम्मा प्रजातन्त्र आउने गरेको छ ।

हाम्रो देश नेपाल हो
यहाँ प्रजातन्त्र आएको छ !
प्रजातन्त्र एउटा असल कुरा हो
यसमा सवैलाई सवै कुराको समान हक हुन्छ
त्यसैले गरीवहरु हो !
तिमीहरुलाई पनि यो समान हक छ,
अव तिमीहरु पनि
फुटपाथमा माग्न नबस
सडकमै कार चढेर हिँड
किनभने
कार किन्ने समान हक तिमीहरुलाई पनि छ ।
भोकै नबस
बजारमा खचाखच खानेकुराहरु छन्
किनेर खाओ
आफूलाई जरुरी कुराहरु किन्नका लागि तिमीहरुलाई
संविधान, कानून, नियम केहीले पनि छेक्दैन ।
किनभने
अव त आम जनताले 
निर्वाध स्वतन्त्रता पाएको छ ।

हाम्रो देश नेपाल हो
यहाँ प्रजातन्त्र आएको छ !

००० 

(Visited 240 times, 1 visits today)

टिप्पणी

comments



« (Previous News)