Main Menu

भान्सालाई एउटा चिठ्ठी

  • दिपमाला महर्जन

kitchen-letter-poem-deepmala-maharjan

मेरो सपना
प्रेसर कुकरको सिठ्ठि भन्दा बुलन्द छ,
मेरो कल्पना
खुर्सानीको खार भन्दा चर्को छ,
मेरो महत्वकांक्षा
डाडु पन्यु भन्दा कयौँ गुणा अग्लो छ,
मेरो लक्ष
केबल जिउँदो रहनेमा सिमित छैन ।

त्यसैले,
ओइ प्रेसर कुकर अनि डाडु पन्यु अनि तेल खुर्सानी !
तिमीले मेरो ६ घन्टा खाएर के भो ?
म २४ लाई ४८ घण्टामा परिणत गरी देखाउनेछु,
आफ्नो अस्तित्व जोगाउने मात्र होइन
छुट्टै पहिचान बनाई देखाउनेछु ।

(Visited 289 times, 1 visits today)

टिप्पणी

comments