Main Menu

काविता/शनिवार साहित्य

साँच्चै असीम झोक छ ! [कविता]

  •  बलराम तिमल्सिना विप्लव
 कतै फालाफाल छ
कतै भोकै भोक छ !
छ कतै महाउत्सव
कतै शोकै शोक छ !
छ कतै वधाईको ओइरो
र कतै घृणा वर्षा !
यो उत्सव र शोकमा
विभाजित लोक छ !
कतै सुदूर यात्राको
छ तयारी निकै गहिरो !
कतै कोही भनिरहेछ
यहीं नै सवै थोक छ !
मन मन त खत्तम भयो भन्ने
धेरै छन तर !
मुख खोल्न मनाही छ
यस्तो खाले तोक छ !
मैदान छ मञ्च छ
माइक छ झुटो बोल्न !
सत्य वोल्न मात्रै यहाँ
भ्याएसम्म रोक छ !
यौटा अध्यायको अन्त भयो
र्याल चुहाउँदै !
नयाँ आँधी पर्खिएको छ
सडक र चोक छ !
टाठाको ठगको हरपल
ठगीमा छ कुदाकुद !
सोझामा र ठगिनेमा
साँच्चै असीम झोक छ !
२०७४|१०|५ सुविधा नगर
(Visited 204 times, 1 visits today)

टिप्पणी

comments