Main Menu

Saturday, February 24th, 2018

 

चीन र भारत जोड्न ७ अन्तरदेशीय प्रसारण लाइनको रणनीतिक योजना तयार पारिने

फागुन १२, काठमाडौँ सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न ७ नाकाबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई रणनीतिकरुपमा अगाडि बढाउने भएको छ । सरकारले रसुवागढी केरुङ र किमाथांकाबाट चीनसँग प्रसारण प्रणाली जडान गर्ने गरी रणनीतिक योजना अगाडि सारेको छ । रसुवागढी केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । पूर्वको किमाथांकाबाट चीन जोड्ने प्रसारण लाइन निर्माणका लागि अध्ययनको प्रक्रिया अगाडि बढाइएको छ । चीनतर्फ निर्माण हुने प्रसारण लाइनको क्षमता ४०० केभीको हुनेछ । यस्तै दक्षिणी छिमेकी मुलुक भारतसँग हाल ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । हाल १३२ केभी क्षमतामा सञ्चालनमा रहेको उक्त प्रसारणपूरा पढ्नुहोस्


काँग्रेसको संघीय संसदीय दलको विधान टुङ्गियो

rebel-candidate-suspension

फागुन १२, काठमाडौँ नेपाली काँग्रेसले संघीय संसदीय दलमा पेश भएको विधानलाई परिमार्जनसहित पारित गरेको छ । काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले नेता डा. मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको हो । परिमार्जित विधानलाई भोलि आइतबारदेखि शुरु हुने केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि दलको नेता चयन प्रक्रिया शुरु हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले तीनवटै तह स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सफलताका साथ सम्पन्न गरेकामा सभापति देउवालाई धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै, काँग्रेसले तत्कालीन देउवापूरा पढ्नुहोस्


एमाले–माओवादी कार्यदल बैठकः एकीकृत पार्टी संघीय संरचनाअनुसार

फागुन १२, काठमाडौँ नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले संविधान प्रदत्त संघीय संरचनाअनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएका छन् । दुई दलको आज बसेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदलको पहिलो बैठकमा नेपालको संविधानअनुसार नै पार्टी संरचनालाई संघीय ढाँचामा अगाडि बढाउने गरी छलफल शुरु गरेको छ । दुई पार्टीको संगठनात्मक अनुभव आदानप्रदानबाट कार्यदलले औपचारिक रुपमा काम शुरु गरेको एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए । बैठकले यही फागुन २५ गतेभित्र कार्यदललाई तोकिएका काम सम्पन्न गर्न कार्यतालिका बनाएर अघि बढ्ने निर्णय गरेको छ । आजको बैठकमा एमाले र माओवादी केन्द्रका संगठनात्मक ढाँचा, अभ्यास तथा अनुभवका बारेमा एक अर्का पार्टीको जानकारी आदानप्रदानपूरा पढ्नुहोस्


प्रदेश नं ६ को नाम ‘कर्णाली’ घोषित, स्थायी राजधानी सुर्खेत नै

फागुन १२, सुर्खेत प्रदेशसभाको बैठकले ६ नं प्रदेशलाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट ६ नं प्रदेशको नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो । बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा नेपाली काँग्रेस जुम्लाका सांसद दीनबन्धु श्रेष्ठ, एमाले डोल्पाका सांसद वीरबहादुर शाही र राप्रपा कालीकोटका सांसद सोशिला शाही समर्थन गरेका थिए । ४० प्रदेशसभा सदस्यमध्ये ३७ जनाले सो प्रस्तावको पक्षमा मत जाहेर गरेको तथा मुगुबाट निर्वाचित सांसद चन्द्रबहादुर शाही र झोवा विक अनुपस्थित रहेको सभामुख राजबहादुर शाहीले जानकारी दिए । बैठकमा सभामुख शाहीलेपूरा पढ्नुहोस्


सगरमाथासमेत देखिने चम्पादेवीमा पूर्वाधार विकासको तीव्रता

फागुन १२, काठमाडौँ सगरमाथा सजिलै हेर्न सकिने चम्पादेवीमा भौतिक पूर्वाधार विकासले तीव्रता पाएको छ । काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट हिमालको दृश्यावलोकन गर्न स्वदेशी तथा विदेशी आउन थालेपछि यहाँका स्थानीय मार्गको स्तरोन्नति, घरबास, सामान्य होटल, रेष्टुराँसमेत खुल्ने क्रम बढ्दै गएको छ । छोटो समयका लागि पदयात्रासमेत गर्न सकिने काठमाडौँ दक्षिणभेगस्थित स्थलको प्रचारप्रसार बढ्दै गएपछि पर्यटकको चापलाई दृष्टिगत गरी पूर्वाधारको विकास हुनेक्रम जारी छ । चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाले पूर्वाधार विकासका लागि पहल गर्दैछ । दक्षिणकाली नगरपालिका–६ मा पर्ने चम्पादेवी मन्दिर वरपर क्षेत्रका केही केही जंगल कीर्तिपुर नगरपालिका–१ मा समेत पर्छ । चम्पादेवीको फेद वोसनदेखि देउराली हुँदै चम्पादेवीपूरा पढ्नुहोस्


एसइइ परीक्षा आयो, किताब आएन

फागुन १२, रुकुम पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा जनसंख्या विषयको किताब पाएका छैनन् । आठबीसकोट नगरपालिका– २ स्यालाखदीस्थित ज्ञानोदय मावि कक्षा १० का भूपेन्द्र विष्टले पनि शैक्षिकसत्रको अन्त्यमा हुने वार्षिक परीक्षा आउन एक महिनाभन्दा कम समय हुँदासम्म ऐच्छिक भूगोल र शिक्षालगायत किताब पाएका छैनन् । यहाँका प्रायः सबै सामुदायिक विद्यालयका विद्यार्थीको त्यही समस्या छ । वर्षिक परीक्षा दिने समय नजिकै आए पनि आफूहरुले अहिलेसम्म नयाँ किताब देख्नसम्म नपाएको ज्ञानज्योति मावि गोतामकोटका विद्यार्थीको गुनासो छ । “किताब ल्याइदिनका लागि बारम्बार विद्यालयमापूरा पढ्नुहोस्


काविता/शनिवार साहित्य

साँच्चै असीम झोक छ ! [कविता]

 बलराम तिमल्सिना विप्लव  कतै फालाफाल छ कतै भोकै भोक छ ! छ कतै महाउत्सव कतै शोकै शोक छ ! छ कतै वधाईको ओइरो र कतै घृणा वर्षा ! यो उत्सव र शोकमा विभाजित लोक छ ! कतै सुदूर यात्राको छ तयारी निकै गहिरो ! कतै कोही भनिरहेछ यहीं नै सवै थोक छ ! मन मन त खत्तम भयो भन्ने धेरै छन तर ! मुख खोल्न मनाही छ यस्तो खाले तोक छ ! मैदान छ मञ्च छ माइक छ झुटो बोल्न ! सत्य वोल्न मात्रै यहाँ भ्याएसम्म रोक छ ! यौटा अध्यायको अन्त भयो र्याल चुहाउँदै ! नयाँ आँधी पर्खिएको छपूरा पढ्नुहोस्


उत्तर र दक्षिण कोरिया वार्ता आगामी मंगलबार

फागुन १२, सोल आगामी हप्ता उत्तर र दक्षिण कोरियाबीच वार्ता हुने भएको छ । यी दुई देशबीचका कार्यगत समूहका अधिकारीबीच सो वार्ता हुन लागेको बताइएको छ । द्विपक्षीय वार्तामा अधिकारीहरुले दक्षिण कोरियामा हालैमात्र भएको शीतकालीन ओलम्पिक खेलकूदको बारेमा समीक्षा गर्नुका साथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीको बारेमा पनि कुराकानी हुने भएको दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सो वार्ता आगामी मंगलबारका लागि तय गरिएको छ । सो वार्ताका लागि दक्षिण कोरियाले उत्तरलाई पत्र पठाएको थियो । उत्तर कोरियाले सो पत्रमा शुक्रबार मात्रै सहमति जनाएको पनि सो मन्त्रालयले जानकारी दिएको हो । वार्तापूरा पढ्नुहोस्


एमालेकी नेतृ धनकुमारीले पार्टी छाडिन्

फागुन १२, काठमाडौं विगत ३२ वर्षदेखि निरन्तर दलित मुक्ति एवं कम्युनिस्ट आन्दोलनमा लाग्दै आएकी महिला नेतृ धनकुमारी सुनारले नेकपा (एमाले) परित्याग गरी ‘आजको भूमण्डलीकृत र त्यसले हाम्रोजस्तो उत्पीडित देशमा सिर्जना गरेको दलाल पुँजीवादी व्यवस्थाबिरुद्ध वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा इमान्दार एक अभियन्ताका रुपमा क्रियाशील रहने’ प्रण गरेकी छिन् । उनले आजै एक वक्तव्य प्रकाशित गर्दै उक्त घोषणा गरेकी हुन् । वक्तव्यमा उनी लेख्छिन्, “वि.सं.२०४२ सालदेखि पंचायती व्यवस्था अन्त्य गरी नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यप्रति प्रतिवद्ध भई गरिएको नेकपा (एमाले) संगको (तत्कालीन अवस्थामा नेकपा, माले) मेरो संलग्नताले तीन दशक पार गरिसकेको छ । जनवर्गीय संगठनदेखि पार्टीको केन्द्रीय विभागको जिम्मेवारीसम्मको मेरो यात्रामापूरा पढ्नुहोस्


झापामा १ हजार १५ जनामा हात्तीपाइले रोग देखियो

फागुन १२, सुरुङ्गा, झापा झापामा १ हजार १५ जनामा हात्तीपाइले रोगको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गर्दै सो तथ्यांक सार्वजनिक गरेको हो । झापाका शहरी क्षेत्रका सर्वसाधारणले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगरेका कारण रोगीको संख्या अझै नघटेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत वेदप्रकाश घिमिरेले बताए । झापामा हालसम्म छैठौंपटकसम्म औषधि वितरण गरिए पनि हात्तीपाइले रोगीको संख्या नघटेकाले यो वर्ष पनि झापामा फागुन १२, १३ र १४ गते हात्तीपाइले विरुद्धको औषधि वितरण गरिने उनले बताए । ८ लाख ९५ हजार ४१९ जनसंख्या रहेको झापामा यस पटक १ लाख ४८ हजार ९६६ जनाले औषधि सेवन गर्नेपूरा पढ्नुहोस्