Main Menu

Saturday, February 24th, 2018

 

मुलुकको विकास र समृद्धिमा लाग्ने स्थिर सरकार बन्छः नेता महरा

mahara-adb-meeting-yokohama

फागुन १२, गुलरिया, बर्दिया नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले अब देशको विकास र मुलुकको समृद्धिमा लाग्ने स्थिर सरकार निर्माण हुने बताएका छन् । बर्दिया नगरपालिकामा आयोजित ‘प्रथम बारबर्दिया तथा जयनगर महोत्सव–२०७४’ को शुक्रवार उद्घाटन गर्दै उनले यस क्षेत्रका सांस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास एवं प्रचारप्रसारका लागि केन्द्र सरकारसँग अनुरोध गर्ने बताए । महोत्सवबाट कृषि औद्योगिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्ध गर्दै आर्थिक वृद्धि तथा स्वदेशी उत्पादनको निर्यात गरी आयातलाई प्रतिस्थान गर्ने लक्ष्य राखिएको महोत्सव आयोजक मूल समितिका संयोजक रामसोहन चौधरीले जानकारी दिए । ‘हाम्रो बारबर्दिया हाम्रो शान, भाषा, संस्कृति, सद्भाव हाम्रो पहिचान’ नाराका साथ शुरु भएको महोत्सव यहीपूरा पढ्नुहोस्


उद्योग मन्त्रालयद्वारा सिमेन्ट उद्योगको मापदण्ड निर्धारण गर्न समिति गठन

फागुन १२, काठमाडौँ उद्योग मन्त्रालयले सिमेन्ट उद्योगको मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ । मन्त्रालयले सञ्चालनमा रहेका तथा नयाँ उद्योगबाट हुनसक्ने सम्भावित प्रदूषण न्यूनीकरण तथा रोकथाम गर्न अपनाउनुपर्ने उपाय र सोका लागि जडान गर्नुपर्ने यन्त्र उपकरणको अनुगमन संयन्त्रका लागि उद्योग मन्त्रालय प्रविधि महाशाखाका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा खानी तथा भूगर्भ विभागका उपसचिव, वातावरण विभागका उपसचिव, गुणस्तर तथा नापतौल विभागका उपसचिव, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, नेपाल उद्योग परिसंघका प्रतिनिधि, नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधि र सदस्य सचिवमा प्रविधि तथा वातावरण शाखाका निर्देशक रहने व्यवस्था गरेको छ । उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले सिमेन्ट उद्योगको स्थापनाबाटपूरा पढ्नुहोस्


निजी गाडी खरिद गर्ने बढ्दै, बाग्मतीमा मात्रै ४ महिनामा साढे ६ हजार चार पाङ्ग्रे निजी सवारी दर्ता

फागुन १२, ललितपुर सार्वजनिक यातायातका तुलनामा निजी सवारी साधनको खरिद बढेको छ । बागमती अञ्चल यातायात व्यवस्था कार्यालयमा नयाँ दर्ता भएका साना/ठूला सवारी साधनसवारीको तथ्यांक हेर्दा सार्वजनिक सवारीका तुलनामा दशौं गुणा बढी निजी सवारी दर्ता भएका देखिन्छ । यो आर्थिक वर्षको शुरुदेखि कात्तिकसम्म हेर्दा ६ हजार ६०२ वटा कार, जिप भ्यान दर्ता भएको प्रशासन शाखामा कार्यरत अमरसिंह ओलीले बताए । “यही अवधिमा सार्वजनिक बस, मिनीबस र माइक्रोबस गरेर जम्म ६७४ वटा नयाँ दर्ता भएका छन्,” उनले भने, “तथ्यांक हेर्दा सार्वजनिक नं प्लेट भन्दा धेरै गुणा बढी निजी नं प्लेटका गाडी दर्ता भएका छन् । दशैं–तिहारलगायतका समयमा निजी गाडी किन्ने अझै बढीपूरा पढ्नुहोस्


राष्ट्रियसभा सदस्यमा मनोनित नगरिएकोमा रिट दायर

फागुन १२, काठमाडौँ सर्वोच्च अदालतमा राष्ट्रियसभा सदस्यका लागि पूर्वसरकारबाट सिफारिशमा परेका तीन व्यक्तिले ‘असंवैधानिक रुपमा आफूहरुलाई मनोनीत नगरिएको’ भन्दै शुक्रबार रिट निवेदन दायर गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई आज अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका सदस्यका लागि सिफारिश गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले संयुक्त रुपमा निवेदन दायर गरेका हुन् । निवेदनमा ‘असंवैधानिक रुपमा आफूहरुलाई विस्थापन गरी अन्य तीन जनालाई मनोनयनका लागि सिफारिश गरिएको’ भन्दै पुरानै निर्णय कार्यान्वयन गर्न माग गरिएको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म शपथ नगराउन विपक्षीका नाममा अन्तरिम आदेश माग पनि निवेदनमा गरिएको छ । वर्तमान केपी शर्मा ओली नेतृत्वकोपूरा पढ्नुहोस्


वाम एकताले सबै डराएका छन् – अध्यक्ष प्रचण्ड

local-election-environment-promising-pm

फागुन १२, काठमाडौँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रियाबाट डराएर परम्परागत शक्तिले अनावश्यक रुपमा गडबड गर्न सक्ने संकेत गरेका छन् । रामराजा रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास एक मार्क्सवादी दृष्टिकोण’ पुस्तक सार्वजनिक गर्ने क्रममा अध्यक्ष प्रचण्डले भने, “नेपालको राजनीतिक इतिहासमा रणनीतिक समयमा परम्परागत शक्तिले गडबड गरेको इतिहास छ । ठूला पार्टीबीचको एकता प्रक्रिया आम जनताले अनुमोदन गरेको भए पनि परिवर्तन नचाहने प्रवृत्तिलाई मन परेको छैन ।” नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बृहत बहस सिर्जना गरेको र परिवर्तनकामी समुदायमा खुसीको सञ्चार गरेको उनले बताए । फरकफरक राजनीतिक दृष्टिकोणका साथपूरा पढ्नुहोस्


आइतबार सरकार बिस्तार हुन्छ – अध्यक्ष प्रचण्ड

फागुन १२, काठमाडौँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सि आइतबार सरकार विस्तार हुने बताएका छन् । शुक्रबार यहाँ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार विस्तारका विषयमा नेकपा(एमाले)सँग छलफल टुंगिएको र आइतबार एकमुष्ठ रुपमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । “एमालेले पनि मन्त्रिमण्डलमा सहभागी हुने सदस्यको अन्तिम टुंगो लगाउन छलफल गरिरहेको छ,” उनले भने, “माओवादी केन्द्रका तर्फबाट करिब–करिब निर्णय गरिएको छ ।” सबै वर्ग क्षेत्रलाई मिलाउनु पर्दा केही समय लागेको जस्तो देखिएपनि तत्काल सरकार विस्तार गरेर जनताको पक्षमा काम गरिहाल्ने हुटहुटी वर्तमान सरकारमा रहेको उनको भनाइ थियो । माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी हुने नेताको नाम टुंगो लागेको बताइए पनि उनलेपूरा पढ्नुहोस्