Main Menu

Monday, February 19th, 2018

 

फोहोर गर्नेलाई ठाउँको ठाउँ दण्ड दिन्छु – मन्त्री पण्डित

फागुन ७, काठमाडौँ जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरणलाई स्वच्छ राख्नका लागि फोहोर गर्नेलाई अब ठाउँका ठाउँ दण्डित गर्नुपर्ने बताएका छन् । वाग्मती बचाउ अभियान नेपाल र राधिका ट्रष्ट नेपालले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उनले वातावरण स्वच्छ राख्न निर्दयी कदम चाल्नका लागि आफू तयारी अवस्थामा रहेको बताए । मन्त्री पण्डितले वातावरणलाई स्वच्छ राख्न र मानवमैत्री वातावरण बनाउन आफू ऐन तथा नियम नै संशोधन गर्ने पक्षमा रहेको बताउँदै प्लाष्टिकको थुप्रोले विष्णुमतिको दोभानमा सगरमाथाको जस्तै चूचुरो बनाएकोमा चिन्ता व्यक्त गरे । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले सरकारको अब मुख्य ध्यान नै विकास र समृद्धि भएको बताउँदै वर्तमान सरकारपूरा पढ्नुहोस्


‘समावेशीको कुरा गर्ने वाम गठबन्धनको सरकार नै समावेशी भएन’

फागुन ७, सुर्खेत प्रदेश नं ६ का सांसदले प्रदेश सरकार समावेशी नभएको गुनासो गरेका छन् । समावेशीको कुरा गर्ने वाम गठबन्धनको सरकार बने पनि समावेशी बन्न नसकेको सांसदले आरोप लगाएका छन् । सो प्रदेशमा गठन भएको प्रदेश सरकारका लागि नेकपा (एमाले)ले ४ र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्रीसहित ३ मन्त्री पाएका छन् । माओवादी केन्द्रले आफूले पाएको भूमि व्यवस्थापन र कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी विमला केसीलाई मन्त्री बनाएको छ । कूल सांसद संख्याको २० प्रतिशत समावेश हुने गरी सरकार निर्माण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सो प्रदेशमा एक महिलाबाहेक अरु कुनै मन्त्री समावेशी नभएको सांसद दीनबन्धु श्रेष्ठले बताए । पार्टीको भनाइपूरा पढ्नुहोस्


विश्वकप छनोटमा पुग्न सफल क्रिकेट खेलाडीलाई ३ लाख दिने प्रमको घोषणा

फागुन ७, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही रु. ३ लाख दिइने घोषणा गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्री ओलीले क्रिकेट खेलाडीलाई सम्मान गर्दै नामिवियामा हालै सम्पन्न आइसिसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई नगद प्रदान गर्ने घोषणा गरेका हुन् । उक्त रकम आउँदो शुक्रबार हस्तान्तरण गरिने बताइएको छ । प्रधानमन्त्री ओलीले शनिबार नेपाली खेलाडी वर्ल्डकप क्वालिफायर खेलका लागि जिम्बावे प्रस्थान गर्दैछन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडीलाई बिदाइसहित रकम हस्तान्तरण गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पनिपूरा पढ्नुहोस्


विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा

फागुन ७, काठमाडौँ जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा ४ वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो । घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शक्ति गौचन, अनिलकुमार साह र ललितनारायण राजवंशी छन् । वैकल्पिकतर्फ सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र विनोद भण्डारी रहेका छन् । यही फागुन २० गतेदेखि शुरु हुने छनोट खेलमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमापूरा पढ्नुहोस्


समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ – प्रम ओली

फागुन ७, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताएका छन् । ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ । तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा हामी प्रवेश गरेका छौँ ।” कार्यक्रममा उनले सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकासमार्फत सुखीपूरा पढ्नुहोस्


कपिलवस्तुमा बन्ने भयो बुद्धपथ

फागुन ७, कपिलवस्तु कपिलवस्तु नगरपालिकाले स्थानीय बौद्ध सम्पदालाई समेटेर बुद्धपथ निर्माण गर्ने भएको छ । प्रथम चरणमा तिलौराकोट, कुदान, गोटिहवा, निगालिकोटलगायत सम्पदाको संरक्षण तथा व्यवस्थापन गरी पथको सञ्जाल जोड्ने योजना नगरपालिकाको छ । तिलौराकोटदेखि गोबरी, सेमरी हुँदै लक्ष्मीनगरको मार्ग, कुदानदेखि गोटिहवा हुँदै चौबीस हजारी र गोटिहवादेखि छोट्की तौलिहवा हुँदै बर्दहवाको मार्गलाई स्तरोन्नति गरी एकापसमा जोडिने छ । यस कार्यका लागि तत्काल रु. ५४ करोड ८८ लाख विनियोजन भइसकेको नगरपालिका प्रमुख किरण सिंहले जानकारी दिए । दोस्रो चरणमा स्थानीय सेमरीदेखि निगालीकोट, सुखरामपुरदेखि लक्ष्मीनगर, दलदलाहदेखि गोटिहवा रोड, वभनीदेखि श्रीरामपुर रोड, लखडिया चौराहदेखि कपिववा गाउँ, तिलौराकोटदेखि रुधौली हुँदै जगदीशपुर तालसम्मको सडकको स्तरोन्नति गरिने छपूरा पढ्नुहोस्


संघीय संसदको बैठकमा एकीकृत पार्टीको रूपमा प्रस्तुत हुने तयारी

फागुन ७, काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २१ गते आह्वान गरेको संघीय संसदको बैठकमा बाम गठबन्धनमा संघटक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत पार्टीको रुपमा नै प्रस्तुत हुने गरी तयारी भइरहेको बताइएको छ । एमालेसँगको पार्टी एकतालाई सार्थक निष्कर्षमा पुर्याउने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताहरुसँग आज आन्तरिक छलफल गरेको नेता जनार्दन शर्माले बताए । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज भएको अनौपचारिक छलफलमा एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी कुराकानी भइरहेको नेता शर्माले बताए । बैठकमा सहभागी नेताहरुका अनुसार अध्यक्ष दाहालले आइतबार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको एक्लाएक्लै छलफलमा भएको प्रगतिबारे जानकारी गराएका थिए ।  आइतबार प्रधानमन्त्री ओलीपूरा पढ्नुहोस्


पर्यटन क्षेत्रमा लगानी बढ्दै

फागुन ७, काठमाडौँ लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा रु. ८ अर्ब बराबरको लगानी भएको छ । पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रुपमा रहेको होटलमा लगानी गर्नेको संख्यासँगै लगानीको मात्रा समेत बढेको हो । सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकाँक्षी लक्ष्य अगाडि सारेर सेवा क्षेत्रमा लगानीको मात्रा बढाउन गरेको सहज व्यवस्थाका कारण नयाँ व्यवसायी समेत सो क्षेत्रमा आकर्षित भएका हुन् । पर्यटन क्षेत्रको विकास र विस्तारका लागि भौतिक पूर्वाधारमा जोड दिनुपर्ने निजी व्यवसायी तथा उद्यमीको माग बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपत्यका बाहिर होटल खोल्न सहज कार्यविघि कार्यान्वयनमा ल्याएपछि आर्कषणको मात्रापूरा पढ्नुहोस्


समयसमयका परिवर्तनको ढोका बनेको फागुन ७ गते

फागुन ७, काठमाडौँ प्रजातन्त्र र फागुन नेपाली इतिहासमा नबिर्सिइने शब्द हो । ७ फागुन २००७ मा १०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भयो । फागुन ७ गते भएको परिवर्तनको पृष्ठभूमिमा २०४६ र २०६२/०६३ का परिवर्तन भए । राणा शासनको अन्त्यसँगै २००७ सालले परिवर्तनको ढोका खुल्यो । विश्लेषक हरि शर्मा २००७ सालमा भएको प्रजातन्त्र स्थापनाले परिवर्तनका लागि मार्ग खोलेको बताउँछन् । १०४ वर्षीय राणाशासनले राजालाई समेत नारायणहिटी दरबारमा अघोषित बन्दी बनाएपछि प्रजातन्त्र चाहनेले राजा त्रिभुवनलाई दरबारबाट विराटनगर वा पाल्पा लैजान खोजेका थिए । राजा त्रिभुवन दरबारबाट निस्केर भारतीय राजदूतावासमा शरण लिई हवाईजहाजबाट भारत गए । यसपछि नेपालको राजनीतिले अचानकपूरा पढ्नुहोस्