Main Menu

Friday, February 2nd, 2018

 

प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि माओवादीबाट भट्ट सिफारिस

माघ १९, धनगढी माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले आज पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो । उक्त दलका प्रदेश नं ७ संयोजक लक्ष्मणदत्त जोशीले शुक्रबार काठमाडौँमा भएको प्रदेश कार्यालयको बैठकले भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको जानकारी दिए । “अब २-३ दिनभित्र केन्द्रले निर्णय गर्छ होला ।” उनले भने । यसअघि २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा भट्ट पराजित भएका थिए । बिहीबारसम्म माओवादीभित्र भट्टसँगै कैलालीबाट निर्वाचित सांसद वीरभान चौधरी र दार्चुलाका सांसदपूरा पढ्नुहोस्


विद्युत् उत्पादन गर्ने अधिकार अब स्थानीय तहलाई नै

माघ १९, काठमाडौँ सरकारले एक मेगावाट क्षमतासम्मका आयोजना स्थानीय तहले नै निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा मन्त्रालयले “स्थानीय ऊर्जा विकाससम्बन्धी निर्देशिका, २०७४” मार्फत स्थानीय तहलाई एक मेगावाटसम्मको आयोजना निर्माण गर्न दिने र अनुमतिसम्म जारी गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो । स्थानीय तहले विद्युत् उत्पादन सर्वेक्षणका लागि दरखास्त दिँदा प्रवर्द्धकले रु. २ लाख ५० हजारका दरले दुई वर्षका लागि एकमुष्ट रुपमा रु. ५ लाख तिर्नुपर्ने व्यवस्थासमेत गरिएको छ । परामर्शदातामार्फत तयार पारेको आयोजनासम्बन्धी प्रतिवेदनसमेत अब स्थानीय तहबाटै स्वीकृति गर्ने तथा लागू गर्न सकिने प्रावधान निर्देशिकामा उल्लेख गरिएको छ । स्थानीय तहले विद्युत् उत्पादन, प्रसारण तथा वितरणको सर्वेक्षणकोपूरा पढ्नुहोस्


कलङ्की ‘अण्डर पास’ अन्तिम चरणमा

माघ १९, ललितपुर नेपालमा पहिलोपटक बनेको कलङ्की खसिबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी छ महिनामा सक्ने गरेर कामअघि बढिरहेको काठमाडौँं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । कलङ्की–कोटेश्वर सडक निर्माण द्रूतगतिमा अघि बढेको र ‘अण्डर पास’ निर्माण पनि त्यही गतिमा भइरहेको छ । ‘जम्मा ८ सय मिटर सडकमा ‘अण्डर पास’ निर्माण भइरहेको हो । माथि मुख्य सडकमा चार लेन र र सो सडक मुनि रहेको अण्डर पास आठ लेन हुनेछ ।” उनले भने, “मुख्य लेन तल र सहायक लेन माथि हुनेछ ।” सहायक लेनमा जानका लागि दायाँबायाँ गरेर बनाइएका सर्भिस ट्राक पनि माथि नै हुनेपूरा पढ्नुहोस्


सैनिक अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा ४ सैनिक घाइते

माघ १९, काठमाडौँ महाराजगञ्जस्थित भैरवनाथ गणमा अभ्यासका क्रममा दुर्घटना हुँदा चारजना सैनिक घाइते भएका छन् । नियमित सैनिक अभ्यासका बेला आज बिहान ग्रिनेड विस्फोट हुँदा एकजना सैनिक गम्भीर घाइते र अन्य तीनजना सामान्य घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । गम्भीर घाइते भएकाको छाउनीस्थित नेपाली सेनाको अस्पताल र अन्य तीनजनाको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।