Main Menu

Wednesday, February 21st, 2018

 

रोहिन्ज्या शरणार्थीलाई स्वदेश फिर्ता गर्नेबारे म्यानमारमा द्विपक्षीय बैठक

फागुन ९, याङगुन बंगलादेशमा रहेका रोहिन्ज्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच मङ्गलबार छलफल भएको समाचार छ । यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिन्ज्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरु स्वदेश फर्केका छन् । मङ्गलबार यी दुई देशका उच्च अधिकारीबीच यस बिषयमा छलफल सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार मङ्गलबार म्यानमारको रखाइन राज्यको तुङ पो लेतामा छलफल सुरु भएको हो । खासगरी केही शरणार्थीहरु बंगलादेश जाने क्रममा र अरु केही रखाइनमा फर्किने क्रममा दुवै देशको ‘जिरो लाइन’ मा ती शरणार्थीहरु रहेका छन्पूरा पढ्नुहोस्


ताप्लेजुङमा रेडपाण्डा संरक्षणका लागि रु. ६८ लाख

फागुन ९, ताप्लेजुङ दुर्लभ एवं लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) को संरक्षणका लागि ताप्लेजुङमा सन् २०१८ मा रु. ६८ लाख खर्च गरिने भएको छ । यस जिल्लामा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले रु. ६८ लाख ४६ हजार ३०० बजेट छुट्याएको हो । नेपालको २३ जिल्लामा पाइने रेडपाण्डाको संरक्षण गर्न संस्थाले सन् २०१६ देखि काम गरिरहेको छ । सो रकम अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, बासस्थानको व्यवस्थापन र दिगो जीविकोपार्जनका विषयमा खर्च गरिने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । मञ्चले गत वर्ष पनि रु. ४३ लाख ८४ हजार ५० खर्च गरेको थियोपूरा पढ्नुहोस्


औराहामा विशेष आर्थिक क्षेत्र निर्माण तीव्र

फागुन ९, सिमरा, बारा प्रदेश नं २ अन्तर्गत बाराको औराहामा निर्माण हुनलागेको नेपाल सरकारको गौरवशाली आयोजना ‘विशेष आर्थिक क्षेत्र’ सेजको निर्माण तीव्र रुपमा अगाडि बढेको छ । स्थानीय तहको निर्वाचनसँगै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन पश्चात चौतर्फी दबाब सिर्जना भएपछि सेजको निर्माण तीव्ररुपमा अगाडि बढाइएको हो । सेजको लागि छुट्याइएको जग्गामा पहिलोचरणमा पर्खाल निर्माण गरिएको छ । अहिले दोस्रोचरणको निर्माण शुरु भएको छ । दोस्रोचरण अन्तर्गत सेजको लागि आवश्यक प्रशासनिक, बैंक, बालसंरक्षण भवन, भन्सार, हुलाक भवन तथा चार लेनको चारवटा सडक निर्माण थालिएको छ । सेजभित्र दर्जनौँ उद्योग स्थापना हुने भएकाले आम सडकको तुलनामा टिकाउ एवं पूर्ण क्षमताको सडक बनाउन थालेको कर्मचारीपूरा पढ्नुहोस्


अब जडीबुटी संकलन गर्न नपाइने

फागुन ९, बाजुरा बाजुराको गौमुल गाउँपालिकाले जडीबुटी संकलनमा प्रतिबन्ध लगाउने भएको छ । गाउँपालिकाको दोस्रो गाउँसभाबाट प्रतिबन्ध गर्ने निर्णय गरेको गौमुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर थापाले बताए । उनले गाउँपालिकामा हुने विभिन्न खालका जडीबुटी अवैधरुपमा संकलन भएपछि दोस्रो गाउँसभाबाट तीन वर्षसम्मका लागि जडीबुटी संकलनमा रोक लगाइने थापाले बताए । पहिलो गाउँसभाबाट गरिएका विनियोजित बजेट तथा योजना कार्यान्वयन गर्नेसमेत पारित गरिएको अधिकृत थापाले बताए । गाउँपालिकाले गाउँ कार्यपालिकाले पास गरेका निर्णय अनुमोदन गरेको छ । सभाले चालू आर्थिक वर्ष २०७४/७५ र आगामी आव २०७५/७६ को बजेट पारित गरेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले पत्रकार सम्मेलनमार्फत जानकारी गराए । उनले सम्मेलनमा गाउँपूरा पढ्नुहोस्


७० प्रतिशत ‘सामुद्रिक माछा’मा प्लाष्टिकः अध्ययन

९ फागुन, लण्डन उत्तरपश्चिम एटलान्टिक महासागरको गहिराईमा पाइने माछाका प्रजातीका झण्डै दुईतिहाई नमूनामा वातावरणीय प्रदुषणमा महत्वपूर्ण भूमिका रहने गरेको प्लाष्टिकका कणहरू भेटिएको एक अध्ययनले देखाएको छ । यो सामुद्रिक जीवमा प्लास्टिकको अत्यधिक मात्रा पाइएको विश्वका केही उदाहरणमध्ये एक हो । उक्त समुद्रमा पाइने माछाका अधिकांश (७३ प्रतिशत) माछाको पेटमा साना साना प्लाष्टिकका टुक्रा भेटिएको हालै सार्वजनिक एक अध्ययनमा जनाइएको छ । अध्ययनका लागि नमूनामा लिइएको ४.५ सेन्टिमिटर धब्बावाल ‘ल्यान्टर्नफिस’मा करिब १३ टुक्रा प्लाष्टिक भेटिएको आएरल्याण्ड गालवे विश्वविद्यालयका अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले जनाएका ‘फ्रन्टियर्स इन मरिन साइन्स’ नामक पत्रिकाको मङ्गलबार प्रकाशित अङ्कमा जनाइएको छ । विज्ञहरूले अनुसन्धानका लागि एटलान्टिक महासागरकोे करिब ६०० मिटरपूरा पढ्नुहोस्


मलेसिलयामा श्रमिक सचेतना

९ फागुन, काठमाडौँ नेपाली कामदारको बाक्लो उपस्थिति रहेको मलेसियाको जोहरबारुमा त्यहाँ कार्यरत नेपाली कामदारको हकहित तथा नेपाली दूतावासबाट प्राप्त हुने सेवा, सुविधाबारे सचेतना कार्यक्रम आयोजना गरिएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, श्रम मन्त्रालयलगायत निकायबाट प्राप्त हुने सेवा र मलेसियामा रहँदा नेपाली श्रमिकले ख्याल राख्नुपर्ने श्रमसम्बन्धी विषयमा जानकारी दिइएको थियो । कार्यक्रममा नेपाली कामदारले उद्धार, क्षतिपूर्ति तथा श्रमिकको अकाल मृत्युको कारण र अपनाउनुपर्ने सावधानीबारे सरकारी अधिकारीसँग जिज्ञासा राखेको दूतावासले आज जनाएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासका कावा राजदूत सुधीर भट्टराईले नेपाली श्रमिकलाई आतिथेय मुलुकको कानूनको बर्खिलाफ हुने गरी गतिविधि नगर्न आग्रहपूरा पढ्नुहोस्


बुटवलमा दुई गुण्डा नाइके इन्काउन्टरमा मारिए

९ फागुन, बुटवल गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् । रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । देवदह नगरपालिका–४ भवानीपुरमा गोली लागेर ढलेका दुवै जनालाई लुम्बिनी अञ्चल अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को विशेष सूचनाका आधारमा देवदह–४ भवानीपुरमा प्रहरीले गरेको सर्च अपरेशनमा मोटरसाइकलमा सवार दुई जनासँग प्रहरीको मुठभेड भएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए । प्रहरीले पुनका साथबाट एउटा पेस्तोल पनि बरामद गरेकोपूरा पढ्नुहोस्


फागुन २३ देखि रसुवागढी भन्सारबाट सामान आयात हुने

९ फागुन, रसुवा सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको राजश्व लक्ष्यभन्दा बढी असुली भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार माघ महिनाको राजश्व असुली रु. २९ करोडको लक्ष्य राखिएकामा सामान आयात बढ्दै जाँदा रु. ३१ करोड असुली भएको छ । चीनबाट नेपाल भित्रने सामग्रीमा जुत्ता, चप्पल, थर्मस, कपडा, शिशुका खेलौना, विद्युतीय उपकरणलगायत विविध सामग्री आयात हुने गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म मूल्य अभिवृद्धि करसमेत रु. १ अर्ब ९२ करोड राजश्व असुली भएको बताइएको छ । चिनियाँ नयाँ वर्ष र ल्होछार पर्व परेका कारण गत माघको अन्तिम सातादेखि रसुवागढी नाकाबाट सामानपूरा पढ्नुहोस्


‘मातृभाषाको संरक्षणका लागि विद्यालयदेखि नै मातृभाषा शिक्षा दिइनुपर्छ’

फागुन ९, काठमाडौँ नेपालमा धेरै भाषा र भेषभूषा भए पनि उक्त भाषाको यथोचित संरक्षण हुन नसकेको चिन्ता व्यक्त गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र युनेस्को काठमाडौँद्वारा विश्व मातृभाषा दिवसका अवसरमा मंगलबार यहाँ आयोजना गरिएको ‘मातृभाषा विचार गोष्ठी–२०७४’ का वक्ताले प्रविधिको प्रयोग र बसाइँसराइका कारण मातृभाषाको प्रयोगमा कमी हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालमा धेरै मातृभाषा भए पनि क्रमशः लोप हुँदै गएको भन्दै यसको संरक्षणका लागि विद्यालयदेखि मातृभाषामा शिक्षा दिनुपर्ने बताए । “धेरै भाषा मरणासन्न अवस्थामा पुगेका छन्, यसलाई जोगाउनका लागि विद्यालयदेखि नै मातृभाषा शिक्षा दिनु जरुरी छ,” उनले भने ।पूरा पढ्नुहोस्


बनेपाका बासिन्दा एक वर्षदेखि दूषित खानेपानी उपभोग गर्दै

९ फागुन, धुलिखेल बनेपा नगरपालिका–८ र ९ का बासिन्दाले एक वर्ष अगाडिदेखि नै खानेपानी संस्थान बनेपाले वितरण गरेको धारामा आएको दूषित पानी उपभोग गर्दै आएका छन् । ९ नं वडा, शाही टोलमा पशुबध गरेर जथाभावी फोहोर फालेका कारण त्यस्तो समस्या बढ्दै गएको स्थानीय बासिन्दा बताउँछन् । बनेपा नगरपालिका–९ का मनुहरि पोटेले आफूहरुले एक वर्षअगाडिदेखि त्यस्तै फोहोर मिसिएर आएको दूषित पानी उपभोग गर्दै आएको बताए । “हामीले विगत एक वर्षअगाडि देखि त्यस्तै फोहोर मिसिएको गन्हाएको पानी खाँदै आइरहेका छौँ, वडा कार्यालयमा पटक पटकभन्दा पनि हाम्रो कुराको सुनुवाइ भइरहेको छैन ।” पोटेले भने, “धाराको पानीमा कहिले जमेको रगतको डल्लो नै आउँछ, कहिले मासुपूरा पढ्नुहोस्