Main Menu

Monday, February 12th, 2018

 

थापा प्रदेश नं ७ को सभामुख निर्वाचित

माघ २९, धनगढी प्रदेश नम्बर ७ को प्रदेशसभाको आज बसेको बैठकले बझाङबाट निर्वाचित नेकपा (एमाले)का सांसद अर्जुनबहादुर थापा प्रदेशसभाको सभामुख पदमा निर्विरोध निर्वाचित गरेको छ । प्रदेशसभाको पहिलो अधिवेशनको आज भएको दोस्रो दिनको बैठकमा सभामुखको भूमिका निर्वाह गरेकी जेष्ठ सांसद दिव्यश्वरी शाहले सांसद अर्जुनबहादुर थापालाई प्रदेश नम्बर ७ को प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस् भनी एउटा मात्र प्रस्ताव प्राप्त हुन आएकाले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उनी प्रदेशसभाको सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिन् । जेष्ठ सदस्य शाहले सांसद थापा सभामुख पदमा निर्विरोध निर्वाचित भएकोमा उनको सफल कार्यकालका लागि हार्दिक शुभकामनासहित बधाई दिइन्पूरा पढ्नुहोस्


काँग्रेसले टुंगो लगायो समानुपातिक सूची

rebel-candidate-suspension

माघ २९, काठमाडौँ नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक स्थानको नामावली टुंगो लगाएको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । समानुपातिक सूचीमा खस-आर्य (पुरुष) तर्फ बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहन पाण्डे चयन भएका छन् । त्यस्तै खस-आर्य (महिला) तर्फ सुजाता कोइराला, पुष्पा भुसाल, डा. डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा रहेका छन् । आदिवासी/जनजाति (पुरुष) तर्फ बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङपूरा पढ्नुहोस्


प्रदेश नं ३ मा मन्त्रिमण्डल गठन

माघ २९, हेटौँडा प्रदेश नंं ३ का नवनियुक्त प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो मन्त्रिपरिषद्मा आज अपराह्न दुई मन्त्री नियुक्त गरेका छन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले नवनियुक्त मन्त्री केशव स्थापित र शालिकराम जमरकट्टेललाई आज अपराह्न पद तथा गोपनीयताको शपथ गराइन् । स्थापितलाई भौतिक योजना तथा पूर्वाधार विकास र जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री पौडेलले जानकारी दिए । अर्को मन्त्रिपरिषद् विस्तार नहुञ्जेल बाँकी ५ मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्ने मन्त्रिपरिषद् कार्यालयका सचिव रेश्मीराज पाण्डेले बताए । नवनियुक्त मन्त्री स्थापित र जमकट्टेलले ३ नं. प्रदेशका जनताको चाहनाबमोजिम विकास निर्माणको काम निष्पक्ष र पारदर्शी ढंगले गर्ने बताए ।


जलाएर, एसिड छर्केर गरिने हिंसाका घटना बढेकामा चिन्ता व्यक्त

२९ माघ, ललितपुर नेपालमा प्रत्येक वर्ष ठूलो संख्यामा मानिस आगलागी वा अन्य रसायनको ज्वलनमा परी अकालमै निधन वा घाइते हुने गर्छन् । तीमध्ये अधिकांश भवितव्यबाट नभई सुनियोजित रुपमा भएका घटनाबाट पीडित भए पनि उनीहरुले समयमै न्याय पाउन नसकेको सरोकारवालाहरुले बताएका छन् । बिभिएस नेपाल नामक संस्थाद्वारा सञ्चारकर्मीका लागि आयोजित अग्नि हिंसाजस्ता लैंगिक हिंसा विषयक अभिमुखीकरण कार्यक्रमका सहभागी वक्ताले महिला र युवतीविरुद्ध हुने हिंसामध्ये जलाएर र रसायन (एसिड) छर्केर गरिने हिंसा बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । यस्ता घटना अत्यन्त क्रुर र पीडादायी हुने तथा समयमै उपचार र न्याय नपाउने गरेकाले पीडितहरुको पक्षमा सहयोग र पैरवी गरिनुपर्ने उनीहरुको भनाइ छ ।पूरा पढ्नुहोस्


जाडो छल्न बाहिरिएका मनाङवासी जिल्ला फर्कन थाले

२९ माघ, मनाङ पुस महिना लागेसँगै हिमपात र अत्यधिक चिसो छल्न जिल्ला बाहिर गएका मनाङका वासिन्दा विस्तारै घर फर्किन थालेका छन् । मंसिर महिनामा घरको सबै कामकाज सकेर जाडो छल्नका लागि जिल्ला बाहिर जाने प्रचलन रहेको छ । व्यापारिक प्रयोजनका लागि हिमाली जडीबुटी निरमसी, जिम्फू, पाँचऔंलेजस्ता जडीबुटी बोकेर गएका मनाङ्गेहरु व्यापार सकेर जिल्ला फर्कन थालेका छन् । जाडोको मौसम सकिएलगत्तै जिल्लामा रहेका विद्यालय शुरु हुने र आन्तरिक तथा बाह्य पर्यटकको याम शुरु हुने भएकाले उनीहरु आफ्ना व्यवसाय सञ्चालन गर्न आइपुगेका हुन् । मौसममा सुधार भई आकाश खुलेर हिमालमा चमक आएपछि मनाङमा मौसम शुरु भयो भनेर बुझिन्छ । वर्षको एक पटकमात्र खेतीपूरा पढ्नुहोस्


एशियाली विकास बैंकले रु. १० अर्ब ऋण सहयोग गर्ने

२९ माघ, काठमाडौँ एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु. १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ । उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति रु. १० करोड बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदाख्नोभ र अर्थसचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गरे । उक्त परियोजनाअन्तर्गत मुलुकका विभिन्न १६ जिल्लाका ३८८ किलोमिटर ग्रामीण सडक बाह्रै महिना सञ्चालन योग्य बनाइनेछ । परियोजनाबाट ७५ लाख ग्रामीण जनतालाई कृषि सडकसम्म पहुँच विस्तार हुनेछ भने व्यावसायिक कृषि, उत्पादकत्व वृद्धि,पूरा पढ्नुहोस्


सुत्केरी महिला स्वास्थ्य अधिकारको मागसहित जिल्ला स्वास्थ्य प्रमुखलाई ज्ञापनपत्र

२९ माघ, पाल्पा यहाँका अधिकारवादी संस्थाले निःशुल्क प्रसूति सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिंदै आएका छन् । स्वास्थ्य अधिकार तथा सूर्ती नियन्त्रण जिल्ला सञ्जाल, स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र, जिल्लास्तरीय मानवअधिकार निगरानी समूह, इन्सेक र शान्तिका लागि साझा अभियानलगायतका संस्थाले जिल्लाका अस्पतालबाट सुत्केरी महिलाले पाउनुपर्ने सबै स्वास्थ्य अधिकार पूर्णरुपमा उपलब्ध गराउनुपर्ने र सचेतना कार्यक्रम चलाउनुपर्ने मागसहित जिल्ला स्वास्थ्य प्रमुखलाई ज्ञापनपत्र बुझाएको सञ्जालका संयोजक प्रेम कार्कीले बताए । सुत्केरी महिलालाई प्रोत्साहनस्वरुप यातायात खर्च उपलब्ध गराउने आमा सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसक्दा उनीहरु मर्कामा परेका थिए । सरकारले २०६५ सालदेखि सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउनका लागि प्रोत्साहनस्वरुप सुत्केरी भत्ता व्यवस्था गरेपछि अकालमा ज्यानपूरा पढ्नुहोस्


वृद्धाभत्ता बढाउनुपर्ने माग

२९ माघ, काठमाडौँ  ज्येष्ठ नागरिकले वृद्धाभत्ता बढाउनुपर्नेमा जोड दिंदै आएका छन् । अहिले पाउँदै आएको रु. २ हजार भत्ता पुनरावलोन गरी महँगी र समयअनुसार बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले विगत लामो समयदेखि धर्ना समेत दिँदै आएका हुन् । ऐनमा व्यवस्था भएअनुसार यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिनुपर्नेलगायतका माग गर्दै विगत पाँच वर्षदेखि नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि धर्ना दिँदै आए पनि अहिलेसम्म माग पूरा हुन सकेको छैन । अग्रज समाज नेपालको अगुवाइमा धर्नामा बस्दै आएका ज्येष्ठ नागरिकले पैतृक सम्पत्तिमा छोराछोरीको हक दाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाविरुद्ध कुनै निहुँमा उजुरीपूरा पढ्नुहोस्


मुख्यमन्त्री डोरमणि पौडेलद्वारा सपथ

२९ माघ, हेटौँडा प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आज यहाँ आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराएका छन् । प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दागी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गरेका थिए । नेकपा (एमाले) का तर्फबाट मकवानपुर–१(ख)बाट निर्वा्चित भएका उनी प्रदेश नं ३ को संसदीय दलका नेता हुन् । शपथग्रहण समारोहमा ३ नं प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ उपसभामुख राधिका तामाङ नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता सालिकराम जमरकट्टेल र प्रतिपक्षी दल नेपाली काँग्रेस प्रदेश नं ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सहभागितापूरा पढ्नुहोस्


रोल्पामा घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला

२९ माघ, रोल्पा श्रीमानको वैदेशिक रोजगारीमा रहेको बेला खाडीमा निधन भएपछि रोल्पा नगरपालिका–१ की शान्ति विक पनि घरबाट निकालिइन् । श्रीमान् खाने अलच्छिनीको आरोपसहित ८ वर्ष घर सम्हालेर बसेकी उनी घरमा बस्न नपाउने गरी निकालिइन् । श्रीमानको मृत्युपछि सासू–ससुरासँगै बाँकी जीवन जिउने उनको संकल्प पूरा हुन पाएन । ६ वर्षीया छोरी च्यापेर कानुनी लडाइँका लागि अदालत धाइन् । जिल्ला अदालत र पुनरावेदन अदालतले उनलाई अंश पाउने गरी न्याय दिए पनि परिवारले भने अहिलेसम्म सम्पत्ति त के घरमा बस्नसमेत दिएको छैन । अदालतले दिएको न्याय परिवारले नदिएपछि विरक्तिएर उनी अहिले अर्काको घरमा बस्दै आएकी छिन् । ट्र्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु भएपछि रोल्पापूरा पढ्नुहोस्