Main Menu

Friday, February 9th, 2018

 

राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रुपमा सार्वजनिक

माघ २६, काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन आगामी आइतबार पेश गर्ने भएको छ । आयोगका सचिव वेगेन्द्रराज शर्माले निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्यमा राजनीतिक दलले प्राप्त गरेको सिट संख्याबारे आज औपचारिक जानकारी दिँदै उक्त कुरा बताएका हुन् । उनका अनुसार, राष्ट्रियसभा सदस्यमा २१ महिला र ३५ जना पुरुष निर्वाचित भएका छन् । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते भएको थियो । उक्त निर्वाचनमा ९ राजनीतिक दलले भाग लिएकामा नेकपा एमालेका ११, नेपाली काँग्रेसका ६, माओवादी केन्द्रको ३ जना महिला निर्वाचित भएका छन् । राष्ट्रियसभा सदस्यमापूरा पढ्नुहोस्


नारायणगढ–मुग्लिन सडकको मिति थप्ने तयारी

२६ माघ, चितवन नारायणगढ–मुग्लिन सडकखण्डको पछिल्लोपटक थपिएको मिति सकिन लाग्दा पुनः मिति थपको तयारी गरिएको छ । यसअघि तीनपटक गरी १० महिना समय थप गरिएको थियो । अहिले करिब तीन महिना मिति थप्ने तयारी गरिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार हालसम्म ७४ प्रतिशत काम सम्पन्न भएको छ । फागुन पहिलो साता पछिल्लो पटक थपिएको समय सकिँदैछ । सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । त्यसलगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण मिति थप गरिँदै आएको थियो । विसं २०७४ शुरु भएयताको दुई पटकको निर्वाचन, वर्षातको समय, चाडपर्वको समयपूरा पढ्नुहोस्


यी हुन् प्रदेश नं ६ बाट निर्वाचित राष्ट्रियसभा सदस्य

२६ माघ, सुर्खेत राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नं ६ बाट निर्वाचित भएका वाम गठबन्धनका उम्मेदवार विभिन्न पृष्ठभूमिबाट आएका छन् । महिला तथा खुला सदस्य ३-३ र अपांग/अल्पसंख्यकमा १ र दलितमा १ गरी राष्ट्रियसभामा ८ जना निर्वाचित भएका छन् । वाम गठबन्धनको भागबण्डाअनुसार यो प्रदेशमा नेकपा (एमाले)का तर्फबाट खुलातर्फ रुकुम पश्चिमका ठगेन्द्र पुरी, जाजरकोटका भैरवसुन्दर श्रेष्ठ, महिलातर्फ हुम्लाकी कविता बोगटी, सुर्खेतकी नन्दा शर्मा (चपाई) र दलिततर्फ कालीकोटका नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट खुलातर्फ जाजरकोटका कालीबहादुर मल्ल, महिलातर्फ मुगुकी युटुल तामाङ र अपांग/अल्पसंख्यकतर्फ कालीकोटका जीवनबहादुर बुढा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । एकल संक्रमणीय प्रणालीअनुसार खुला तथा महिलातर्फ निर्धारणपूरा पढ्नुहोस्


मातृमृत्यु रोक्ने ‘म्याग्नेसियम सल्फेट’ खरिद नगर्दा समस्या

२६ माघ, काठमाडौँ  मातृ मृत्युको मुख्य कारण ‘इक्लामसिया’ रोक्न प्रमुख मानिएको ‘म्याग्नेसियम सल्फेट’ नामक औषधिको खरिद हुन नसक्दा अभाव भएको छ । परिवार स्वास्थ्य महाशाखाका आमा सुरक्षा कार्यक्रमकी कम्युनिटी नर्सिङ अधिकृत केशु काफ्लेका अनुसार गर्भवती, सुत्केरी, सुत्केरीपछिको ४२ दिनसम्मको समयमा काँप्ने, मुर्छा पर्ने समस्या हुँदा यो औषधि आवश्यक पर्छ । यी समस्याबाट हुने मुत्यु रोक्न लगाइने भ्याक्सिन ‘म्याग्नेसियम सल्फेट’ र सुत्केरी पछि अत्यधिक रक्तश्राव रोक्न आवश्यक पर्ने ‘अक्सिटोसिन’ औषधि स्थानीय पालिकाले खरिद नगर्दा समस्या भएको उनले बताए । उनले भने, “अहिले स्वास्थ्यको बजेट नगरपालिका र गाउँपालिकामा नै गएकाले त्यहीँबाट स्वास्थ्य संस्थाले समयमा भुक्तानी नदिँदा औषधि खरिद हुन नसकी समस्या भएको छ,पूरा पढ्नुहोस्


गुल्मीको सिद्देश्वर सामुदायिक वनमा भीषण आगलागी

fire-samakhusi

माघ २६, गुल्मी गुल्मीको मुसिकोट नगरपालिका–५ स्थित सिद्देश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ । बिहीबार मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालीकाचौरदेखि शुरु भएको आगो आज बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीले भीषण रुप लिँदै जान थालेपछि यतिबेला आँपचौरको खर्वाङ गाउँका स्थानीय निकै त्रसित बनेका छन् । आगो निभाउनका लागि उनीहरुले नेपाली सेना, प्रहरी, सशस्त्रलगायत स्थानीयको सहयोग मागिरहेका छन् । आगो निभाउनका लागि यतिबेला नेपाली सेना, प्रहरी र स्थानीयवासीको ठूलो संख्यामा जमघट भएको छ । जंगल नजिकै रहेका खरबारीमा खर नकाटेको र अप्ठ्यारो भिर भएका कारण आगो नियन्त्रणमा लिन समस्या परेको स्थानीय अर्जुन अर्यालले बताएका छन् । आगो अहिले आँपचौरको थामडाँडामापूरा पढ्नुहोस्


एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’

माघ २६, टीकापुर नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुने बताएका छन् । आज टीकापुरमा एमाले क्षेत्र नं १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उनले पार्टी एकतापछि पछाडि पुच्छर झुण्डिएर रहेको नाम हट्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्र रहने बताए । “२००६ सालमा पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी थियो । त्यसपछि उक्त पार्टी फुटेर नेकपाको पछाडि माले, मसाल, मशाल, एकता केन्द्र, एमाले हुँदै माओवादी केन्द्रलगायतका नामको पुच्छर झुण्डिएको छ”, उनले भने, “अब ती झुण्डिएका पुच्छर हटाएर एउटै नाम नेपालपूरा पढ्नुहोस्


दक्षिण कोरियामा अमेरिकी अधिकारीसँग भेटवार्ता हुँदैन – उत्तर कोरिया

माघ २६, प्योङयाङ उत्तर कोरियाली अधिकारीले दक्षिण कोरियामा अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने सम्भावनालाई उत्तर कोरियाले नकारेको छ । ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया प्रस्थान गर्न लागेका उत्तर कोरियाली अधिकारीहरूले त्यहाँ अमेरिकी अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने भनी सञ्चार माध्यमहरूमा आएको समाचारको उत्तर कोरियाले खण्डन गरेको बताइएको हो । शुक्रबारदेखि दक्षिण कोरियामा शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन हुँदैछ । त्यस क्रममा उत्तर कोरियाका उच्च सरकारी अधिकारी पनि त्यहाँ गएका छन् । उत्तर कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया जाने भएको छ । नाम उत्तर कोरियाको संसदका प्रमुख हुनुहुन्छ । उनी विगत निकै लामो समयपछि दक्षिणको भ्रमण गर्ने उत्तर कोरियाली एकपूरा पढ्नुहोस्


भत्केका स्वास्थ्य चौकी कोइकाले नबनाएपछि युएनडिपीले बनाइदिने

माघ २६, नुवाकोट विनासकारी भूकम्पले क्षति पुगेका यहाँका स्वास्थ्य संस्थामध्ये कोरियाली सहयोग नियोग (कोइका)ले निर्माणको जिम्मा लिएर पनि नबनाएको भवन संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)ले बनाउने भएको छ । जिल्लाका १० स्थानका स्वास्थ्य चौकी निर्माणको जिम्मा लिएको कोइकाले तोकिएको समयभित्र काम शुरु नगरेपछि युएनडिपीले निर्माण गर्ने भएको नुवाकोटका जनस्वास्थ्य अधिकृत राममणि घिमिरेले जानकारी दिए । जिल्लाको बेलकोट, ओखरपौवाको सिसडोल, रातमाटे, दुईपिपल, लिखु, पञ्चकन्या, थप्रेक, घ्याङफेदी, चारघरे र सूर्यमतीको स्वास्थ्य चौकी कोइकाले निर्माण गर्ने प्रतिबद्धता जनाए पनि जिम्मा लिएको १ वर्षसम्म काम नगरेपछि स्वास्थ्य मन्त्रालयले विकल्पमा युएनडिपीलाई निर्माण गर्न जिम्मेवारी दिएको हो । स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत घिमिरेका अनुसारपूरा पढ्नुहोस्


वैद्य र चन्द नेतृत्वको माओवादीको पनि एकता हुने

माघ २६, काठमाडौँ मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकता अगाडि बढेको जनाएका छन् । महासचिवद्वय वैद्य र विप्लवले बिहीबार संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा दुवै पार्टीका शीर्ष नेताहरु सम्मिलित बैठकले तत्काल कार्यगत एकताको पहल गरी संयुक्त संघर्षलाई अगाडि बढाउने निर्णय गरेको उल्लेख छ । राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका साझा समस्यालाई लिएर पहिल्यैदेखि सञ्चालन गरिँदै आएको संघर्षका कार्यक्रमलाई थप व्यवस्थित गर्नका लागि वामपन्थी, प्रगतिशील, देशभक्त शक्तिसित आवश्यक समझदारी बनाई संयुक्त मोर्चा निर्माणका निम्ति शीघ्र पहल गर्ने निष्कर्ष निकालिएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमापूरा पढ्नुहोस्