Main Menu

Thursday, February 1st, 2018

 

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

माघ १८, काठमाडौँ नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको केही बेरअघि सम्पन्न बैठकले पेट्रोलमा रु एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ ।


पहिलो प्रादेशसभा बैठक यस्तो रह्यो

माघ १८, हेटौँडा, मकवानपुर प्रादेशिक संरचनापछिको पहिलो प्रदेशसभा बैठकमा प्रतिनिधिसभाकै झझल्को महसुस गरिएको छ । अधिकांश सदस्य विगतमा प्रतिनिधिसभामा सदस्य भइसकेका र सहजीकरणका लागि संघीय संसद्को केन्द्रीय टोली खटिएपछि प्रदेशको पहिलो बैठकमा संसदीय अभ्यासमा खासै अन्योल देखिएन । प्रदेशको अस्थायी मुकाम हेटौँडामा सम्पन्न प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठक शुरु हुनुअघि मर्यादायापालकले ‘माननीय सभामुख महोदय’ र ‘माननीय सभामुख महोदय’ भनेर उद्घोष गरेपछि सचिवालयका कर्मचारी र मर्यादापालकका साथ ज्येष्ठ सदस्य डोरमणि पौडेल सभास्थल प्रवेश गरे । सभामुख आएपछि सबै सदस्य स्थानबाट उठे र राष्ट्रियगान प्रस्तुत भयो । अध्यक्षता गरेका पौडेलले बैठकको कार्यवाही प्रारम्भ गर्दै प्रदेश प्रमुखको बैठक आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि ज्ञातअज्ञातपूरा पढ्नुहोस्


अर्को वर्षदेखि एसइई प्रदेशस्तरबाट

माघ १८, काठमाडौँ सरकारले अर्को वर्षदेखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरमा गर्ने तयारी गरेको छ । वि.सं. २०७५ देखि सातवटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सञ्चालन गर्ने तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले बताए । उनका अनुसार चाँडै नै प्रदेशबाट परीक्षा सञ्चालन गर्ने भनेर मन्त्रालयबाट निर्णयसमेत हुनेछ । “हामी अहिले सात वटै प्रदेशबाट एसइई परीक्षा सञ्चालनको तयारी गर्छौं”, उनले भने, “चाँडै नै निर्णय गरेर सञ्चालनको व्यवस्था गर्छौं ।” उनका अनुसार एउटै मितिमा सञ्चालन भए पनि सात वटै प्रदेशमा सञ्चालन हुने एसइईका प्रश्नपत्र फरक रहने छन् । परीक्षाफल भनेसँगै प्रकाशन गरिनेछ । मन्त्रालयले मुलुक संघीयतामा गइसकेपछि शिक्षा ऐन, २०२८पूरा पढ्नुहोस्


बालीमा अत्यधिक विषादीको प्रयोगका कारण गम्भीर समस्या देखिँदै

माघ १८, काठमाडौं कृषकहरुले आफ्नो उत्पादन अत्यधिक बढाउने भन्दै बालीहरुमा विषादी प्रयोग गर्दा उपभोक्तामा कडा खालको समस्या देखिन थालेको छ । विषादी प्रयोग भएको तरकारी र फलफूल खाँदा उपभोक्ताहरुमा रक्त क्यान्सर, मृगौलामा समस्या, श्वासप्रश्वास र आँखासम्बन्धी समस्याजस्ता दीर्घ खालको नसर्ने रोग देखापर्न थालेको चिकित्सकहरु बताउँछन् । “विषादी प्रयोग भएको तरकारी तथा फलफूल खाँदा वाकवाकी आउने र उल्टी हुनेजस्ता एलर्जिक रियाक्सन हुने समस्याहरु त एक दुई दिनमा ठीक भइहाल्छ । यो तत्काल असरको कुरा भयो,” वीरअस्पतालका निर्देशक एवं वरिष्ठ फिजिसियन डा. भुपेन्द्र बस्नेत भन्छन्, “ तर दीर्घकालसम्म हुने असर चाहिँ के हो भने विषादी प्रयोग भएका तराकारी तथा फलफूलहरु लामो समयसम्म खाँदैपूरा पढ्नुहोस्


सुकीको निवासमा बम आक्रमण

माघ १८, याङ्गुन म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको छ । सो विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको छ । उनको निवास परिसरमा बाहिरैबाट बम हानिएको समाचारमा जनाइएको छ । बम हमलाबाट कुनै क्षति भने नभएको समाचारमा जनाइएको छ । प्राप्त समाचारका अनुसार सो बम विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए । राज्य परिषदका महानिर्देशक उ जवा हतीले भने, “उहाँको निवासमा बम हानिएको थियो, त्यो पेट्रोल बम थियो । तर समयमै आगो निभाएकोले क्षति हुन पाएन ।” आक्रमणकारीहरुको खोजी जारी रहेको हतीले बताए । “बिहीबार बिहान सबेरै भएको सो आक्रमणका दोषीहरुको खोजीकार्य सुरुपूरा पढ्नुहोस्


अक्टोबर क्रान्तिपछिको आर्थिक जीवन

(संसार हल्लाउने सोभियत अक्टोवर क्रान्तिको शतवर्ष भर्खरै सकियो । सन् १९१७ अक्टोवर २५ मा भएको विश्वको पहिलो महान समाजवादी क्रान्ति थियो त्यो । त्यसले २०१७ अक्टोवरमा १ सय वर्ष पूरा गरेको थियो । २०१७ को वर्षभरि नै संसारभरिका कम्युनिस्टहरुले बिभिन्न बहस–छलफल, गोष्ठी, सेमिनार एवं उत्सवहरु आयोजना गरी अक्टोवर क्रान्तिको शतवार्षिकी मनाए । नेपालमा पनि साना ठूला त्यस्ता कार्यक्रमहरु भए । यस सन्दर्भमा कुनै पनि कार्यक्रम गर्नु एउटा महत्वको विषय त पक्कै रह्यो । तर, त्योभन्दा पनि महत्वपूर्ण कुरो त्यस क्रान्तिबाट के सिक्ने भन्ने कुरो हो । सोभियत अक्टोवर समाजवादी क्रान्ति पछौटे एवं कृषिमा आधारित कमजोर आर्थिक आधारको देश रुसमा पुँजीवादविरुद्धपूरा पढ्नुहोस्


लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरी महिला

माघ १८, पर्सा नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरुले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित ८ महिने शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेपछि सो तथ्य खुलेको हो । वीरगन्जको रजतजयन्ती चोकबाट चरेससहित पक्राउ परेकी आठमहिने शिशुकी आमा अपसाना खातुन, रेहना खातुन र कारोबारी भारतको विहार मोतिहार निवासी जहुर आलमलाई बुधबार सार्वजनिक गर्दै पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले महिला प्रयोगबारे जानकारी दिए । उनले गर्भवती तथा सुत्केरी महिलामाथि शंका नहुने र सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले हतपती चेक जाँच नगर्ने अनुमानका आधारमा कारोबारीले नेपालबाट भारततर्फ हुने लागुऔषध ओसारपसारमा महिलाको प्रयोगपूरा पढ्नुहोस्


संघीयतामा वैकल्पिक ऊर्जा, हालको अवस्था र अबको चुनौती

२०५३ सालमा स्थापना भएको वैकल्पिक ऊर्जा प्रवर्द्धन (एइपिसी) ले मुलुकको ग्रामीण तथा सहरी क्षेत्रमा नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गर्दै आएको छ । स्थापनाकालबाटै एइपिसीने लघु जलविद्युत्, सौर्य ऊर्जा, बायोमास, बायोग्यास, सुधारिएको चुलो तथा वायु ऊर्जाको क्षेत्रमा काम गरिरहेको छ र यस्तो ऊर्जा उत्पादन र खपत अहिले देशमा करिब ४ प्रतिशत पुगेको छ । एइपिसीले पछिल्लो समय गरिरहेको कामबारे कार्यकारी निर्देशक रामप्रसाद धितालको विवरण आजको नयाँ पत्रिका दैनिकबाट साभार गरी प्रकाशित गरेका छौँ । वैकल्पिक ऊर्जा १५ सय प्रतिशतले वृद्धि अहिले देशभर ७७ प्रतिशत जनता ऊर्जाको पहुँचमा छन् । कुल ऊर्जाको करिब ३ प्रतिशत ऊर्जा नवीकरणीय ऊजमार्फत प्राप्त भइरहेको छ भनेपूरा पढ्नुहोस्


साझा यातायातले २९ बस थप्ने

माघ १८, ललितपुर साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । उपत्यका भित्रन लागेको नयाँ बसमध्ये एउटा अपाङ्गतामैत्री होचो बससमेत रहेको छ । अपाङ्तामैत्री बस र डिलक्स बस भित्रने क्रममा रहेको छ भने सिटी बसको टेण्डर प्रक्रिया सकिएको  उनले बताए । “डिलक्स बस उपत्यकाबाहिर चल्नेछ भने सिटी बसलाई माग भएका र आवश्यकता बढी भएका ठाउँमा चलाइनेछ,” उनले भने, “बस उपत्यका आएपछि प्राविधिक जाँच गरेर यातायात व्यवस्था कार्यालयमा दर्ता हुन्छ र त्यसपछि नै रुट कता लिने भन्ने हुन्छ ।”पूरा पढ्नुहोस्


पुरुषमा कडाखाले मानसिक रोग बढ्दो

माघ १८, काठमाडौँ राजधानीका विभिन्न अस्पतालको तथ्यांक हेर्दा पछिल्लो समयमा महिलाभन्दा पुरुष मानसिक रोगीको संख्या बढी देखिएको छ । चिकित्सा विज्ञानले मानसिक रोगलाई दुई भागमा विभाजन गरेको छ – कम कडा र कडा । पुरुषहरूको हकमा कडाखालका मानसिक रोग देखिने गरेको विशेषज्ञहरू बताउँछन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दैनिक ८० देखि १ सय मानसिक बिरामी आउँछन्, जसमा १५ देखि २० जनामा कडाखाले बिरामी देखा परेको अस्पतालको मानसिक स्वास्थ्य विभागका प्रमुख डा. सरोजप्रसाद ओझाले बताए । “कडाखाले रोग लिएर आउनेमा पुरुषकै बाहुल्य छ,” उनले भने । कडाखाले मानसिक रोग वंशाणु हुने गरेको छ । यस अलावा जाँडरक्सीलगायत लागूपदार्थ सेवनका कारण पनिपूरा पढ्नुहोस्