Main Menu

Sunday, February 25th, 2018

 

‘इपिजीको प्रतिवेदन दुवै मुलुकका लागि सकारात्मक’

फागुन १३, काठमाडौँ नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन दुवै देशका लागि सकारात्मक हुने बताइएको छ । समूहको सातौँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा उक्त समूहका नेपाल संयोजक डा. भेषबहादुर थापा र भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पुर्याउने गरी प्रतिवेदन ल्याइने प्रतिबद्धता व्यक्त गरे । दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने र समयसापेक्ष आधार खडा गर्ने उद्देश्यमा कुनै उतारचढाव नआएको बताउँदै डा. थापाले भने, “अहिलेसम्म १९५०को सन्धिदेखि लिएर सीमासम्मका विषयमा आफ्ना अवधारणा प्रस्तुत गरिएको छ । यसलाई सकारात्मकबाहेक अरु केही भन्न सकिँदैन ।” केही महिनाभित्र सकारात्मक प्रतिवेदन दिइनेपूरा पढ्नुहोस्


सन्धिअनुसार भारतले बनाउनुपर्ने नहरको २२ वर्षसम्म सर्भे पनि भएन

फागुन १३, भीमदत्तनगर नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्ष बितिसक्दा पनि सन्धिअनुसार भारतले बनाउनुपर्ने १ हजार २०० मिटर नहर निर्माणमा कुनै चासो देखाएको छैन । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित नेपालको सीमाक्षेत्रमा पर्ने मटेनासम्म १ हजार २०० मिटर लामो पुल नहर निर्माणको काम भारतले गर्नुपर्ने सन् १९९६ को एकीकृत सन्धिमा उल्लेख गरिएको छ । “महाकाली सन्धिअनुसार भारतले टनकपुरदेखि मटेनासम्म १ हजार २०० मिटर नहर बनाइदिनुपर्ने हो,” महाकाली सिँचाइ आयोजना तेस्रोचरणको कार्यालय भीमदत्तनगरका सिनियर डिभिजनल इन्जिनियर वीरसिंह धामीले भने, “तर भारतले आश्वासन दिए पनि निर्माणका लागि कदम चालेको छैन ।” उनका अनुसार सरकारले १३ किलोमिटर नहर बनाउँदा भारतले दुई महिनामा सकिने १ हजारपूरा पढ्नुहोस्


एकीकृत पार्टीको सैद्धान्तिक प्रस्तावको तयारी सोमबारदेखि

फागुन १३, काठमाडौँ पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले एकीकृत पार्टीको सैद्धान्तिक प्रस्ताव लेखन सोमबारदेखि शुरु गर्ने भएका छन् । एमाले नेता माधवकुमार नेपाल संयोजकत्वको वैचारिक दस्तावेज निर्माणसम्बन्धी कार्यदलको माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले सो निर्णय गरेको हो । दुवै पार्टीको सैद्धान्तिक तथा वैचारिक पक्षलाई मिलाएर एकीकृत दस्तावेज बनाउन चार सदस्यीय उपसमितिसमेत गठन गरिएको माओवादी केन्द्रका प्रवक्ता एवं कार्यदल सदस्य पम्फा भुसालले जानकारी दिइन् । सो उपसमितिमा एमाले उपाध्यक्ष भीमबहादुर रावल र सचिव प्रदीपकुमार ज्ञवाली तथा माओवादी केन्द्रका तर्फबाट नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङ सदस्य छन् । एमालेले आत्मसात् गर्दै आएको ‘जनताको बहुदलीयपूरा पढ्नुहोस्


७ प्रतिशत वृद्धिदर कायम राख्न ३० हजार मेगावाट विद्युत् चाहिन्छ – प्राधिकरण

फागुन १३, काठमाडौँ नेपालको आर्थिक वृद्धिदर ७.२ प्रतिशत कायम राख्ने हो भने सन् २०४० सम्म ३० हजार मेगावाट विद्युत् आवश्यक पर्ने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले मुलुकको आर्थिक वृद्धिदरलाई आधार मानेर तयार पारेको एक रणनीतिक कार्ययोजनामा अबको २२ वर्षपछि विद्युत् उत्पादन क्षमता २९ हजार ४२७ हजार मेगावाट हुनुपर्ने उल्लेख गरिएको छ । सामान्य रुपमा ४.५ प्रतिशतको दरले मात्रै आर्थिक वृद्धि भएको अवस्थामा भने सन् २०४० मा मात्रै १९ हजार १५१ मेगावाट विद्युत् आवश्यक पर्ने प्राधिकरणको प्रक्षेपण छ । सरकारले चालू आर्थिक वर्षको वृद्धिदर ७.२ प्रतिशत हुने प्रक्षेपण गरेको सन्दर्भमा सोही दरलाई नै आधार बनाएर विद्युत्को माग तथा आपूर्तिको समेतपूरा पढ्नुहोस्


पश्चिमी वायुको प्रभावले बदली र वर्षा हुने सम्भावना

westerly-wind-brings-rain

फागुन १३, काठमाडौँ पश्चिमी वायुको प्रभावका कारण आज देशभर बदली हुनाका साथै केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ । शनिबार रातिदेखि प्रवेश गरेको उक्त वायुको प्रभावले बदली गराएको र उच्च पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान रहेको महाशाखाले जनाएको छ । यद्यपि मौसमी विवरण साँझ मात्र आउने भएकाले अहिले कुन क्षेत्रमा कति वर्षा भएको छ भन्ने यकिन विवरण आइसकेको छैन । पश्चिमी वायुको प्रभाव देशका मध्य र पश्चिमी भेगमा आज रातिसम्म रहने र सोमबार बिहान पूर्वी भेगबाट बाहिरिने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार सोमबार अपराह्नदेखि मौसममा नियमितझैँ सुधार आउनेछ । जाडो यामपूरा पढ्नुहोस्


‘सबै भाषाले सम्मान पाएमा राष्ट्रियता सुदृढ हुन्छ’

फागुन १३, बर्दिवास साझा भाषाको नीतिले नेपाली राष्ट्रियता सुदृढ हुने विचार व्यक्त गरिएको छ । बर्दिवासस्थित आधारशिला र जयगोविन्द साह अध्ययन केन्द्रले शनिबार आयोजना गरेको ‘नेपाली राष्ट्रियता र भाषा’ विषयको प्रवचन गोष्ठीमा वक्ताले देशमा बोलिने सबै भाषाले उचित सम्मान पाए मात्र नेपाली राष्ट्रियता सुदृढ हुन सक्ने बताए । आधारशिला स्थापनाको १५ औंँ वार्षिकोत्सव र अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितले हिन्दूहरुको आदिग्रन्थ ‘वेद’मा नै ‘सबै सँगै हिँडौँ, सबैसँगै बोलौँ’ भनिए पनि त्यसलाई कर्मकाण्डीय रुपमा लिइँदा असमानता बढेको बताए । समृद्ध भाषाले समृद्ध राष्ट्र निर्माण गर्छ भन्ने विद्वानको मतलाई अब व्यवहारमा उतार्नुपर्ने उनको भनाइ थियो । अध्ययन केन्द्रका अध्यक्षपूरा पढ्नुहोस्


प्रदेश २ का मन्त्रालयहरु चुरोट कारखानामा

फागुन १३, महेन्द्रनगर, धनुषा जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखाना (जचुकाली) को प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ । जचुकालीको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको छ, जसको पहिलो तल्लामा सामाजिक विकास, दोस्रोमा आर्थिक मामिला तथा योजना, तेस्रोमा आन्तरिक मामिला तथा कानून र चौथोमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको बोर्ड झुन्ड्याइएको छ । मन्त्रालयलाई सुविधा सम्पन्न बनाउन कर्मचारी र कामदार खटिएका छन् । टेबल–कुर्सी र सोफाले मन्त्रीको कार्यकक्ष सजाइएको छ । कारखानाको आवासीय क्षेत्रमा प्रदेश मन्त्रालय, मन्त्री निवास र अन्य बन्दोबस्त मिलाउने काम तीव्र गतिले भइरहेको छ । जचुकालीका वरिष्ठ अधिकृत बस्ने चारवटा क्वार्टरलाईपूरा पढ्नुहोस्