Main Menu

Tuesday, February 6th, 2018

 

पार्टी नजिक हुन ‘प्रगतिशील लेखक संघ’ छँदैछ नि ! – विष्णु भण्डारी [अन्तर्वार्ता]

(गत माघ ११ गते साहित्यकार विष्णु भण्डारीले फेसबुकमार्फत् नेकपा माओवादी केन्द्र र त्यससँग सम्बद्ध सबै संघसंस्थाहरुसँगको आवद्धता त्यागेको घोषणा गरेको अन्तर्वार्ताको पहिलो खण्ड गत माघ १६ गते प्रकाशित गरेका थियौं । अर्का साहित्यकार कला अनुरागीले लिनुभएको सो अन्तर्वार्ताको बाँकी एवं अन्तिम खण्ड सम्पादन गरी संक्षेपमा यहाँ प्रस्तुत गरिन्छ ।– सम्पादक) एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएर चुनाव लडे र जिते पनि अब उनीहरु पार्टी नै एकता गर्ने प्रक्रियामा छन् । अब त मुलुक विकासको गतिमा जाला नि ! – एमालेसित माओवादी केन्द्रको एकता भएर देशमा उन्नति हुन्छ भनेर साथीहरुलाई जुन लागिराखेको छ, विगतमा उनीहरुले देखाएको चरित्र र व्यवहारलाई हेर्नेपूरा पढ्नुहोस्


डेरा खोज्दै सांसद, डेरा नपाएपछि अधिकांश होटेलमा बस्दै

माघ २३, सुर्खेत पहिलोपटक सुर्खेत झरेका मुगुबाट निर्वाचित नेपाली काँग्रेसका सांसद झोवा विकले अहिलेसम्म पनि डेरा पाएकी छैनन् । यहाँ आइपुग्दा स्थान र सांसद दुबैको नौलो अनुभूति लागेको उनलाई यहाँको भूगोल र सामाजिक वातावरण नयाँ संसारजस्तो लागिरहेको छ । गाउँले परिवेशबाट संसद् भवनमा छिर्दा गर्वको अनुभूति भएको प्रतिक्रिया सांसद विकले दिइन् । “सांसदमा निर्वाचित भएपछि मात्र म माघ ६ गते पहिलो पटक सुर्खेत झरेँ,” उनले भनिन्, “अहिले लोकप्रिय होटेलमा बसेकी छु । यहाँको बारेमा मलाई केही थाहा छैन । चिनेका साथीभाइलाई एउटा फ्ल्याट खोजिदिन भनेकी छु, पाइएको छैन । साथीभाइको सहयोगमा बल्लतल्ल पाइएको तीन कोठाको भाडा रु. २० हजार भनेपछि लिनपूरा पढ्नुहोस्


६ महिनामा १७ आयोजनालाई विद्युत् उत्पादन अनुमति

माघ २३, काठमाडौँ सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को ६ महिनामा विभिन्न १७ जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सर्वेक्षण सम्पन्न गरी निर्माणको चरणमा प्रवेश गर्न लागेका ती आयोजनालाई तत्काल वित्तीय व्यवस्थापन गरी काम शुरु गर्ने निर्देशनसहित अनुमति दिइएको हो । अनुमति पाएका अधिकाशं निजी क्षेत्रले निर्माण गर्न लागेका आयोजना हुन् । उत्पादन अनुमति पाएका आयोजनाको क्षमता ७४१ मेगावाट रहेको छ । सरकारले हालसम्म कूल १५१ जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । यसरी अनुमतिपत्र दिइएका आयोजनाको क्षमता ४ हजार ४३५ मेगावाट रहेको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले जारी गरेको त्यस्तो अनुमतिपत्र पाएकापूरा पढ्नुहोस्


राष्ट्रियसभा निर्वाचन तयारी पूरा, भोलि मतदान

local-elections-ballot-paper-voter-list

माघ २३, काठमाडौँ निर्वाचन आयोगले भोलि माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाएको छ । राष्ट्रियसभा निर्वाचनका लागि आयोगले सबै प्रदेशमा तयारी पूरा भएको र भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने जनाएको छ । नेपालको संविधानमा संघीय व्यवस्थापिका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक हुने व्यवस्था बमोजिम प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भइसकेको छ । संविधानको धारा ८६ अनुसार राष्ट्रियसभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा ३ महिला, १ दलित र १ अपांगता/अल्पसंख्यकसहित ८ गरी निर्वाचित ५६ सदस्य रहन्छन् भने सरकारको सिफारिसमा राष्ट्रपतिबाटपूरा पढ्नुहोस्


एमबिबिएस पढ्न पाउनुपर्ने स्वास्थ्य सहायकको माग

माघ २३, काठमाडौँ सामान्य चिकित्सामा प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेकालाई निःशर्त सम्बन्धित विषयको माथिल्लो तह एमबिबिएस अध्ययन गर्न पाउनुपर्ने माग स्वास्थ्य सहायकले गरेका छन् । स्वास्थ्य सहायकहरुले विगतमा आफूहरुलाई एमबिबिएससहित उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था भएकामा रोकेर प्रवेश परीक्षामा सामेल हुन नदिनु चिकित्सा शिक्षाको निरङ्कुशता भएको गुनासो गरेका हुन् । स्वास्थ्य सहायक संघ नेपाल(हान)का कावा अध्यक्ष दीपेन्द्र खड्काले स्वास्थ्यका जनशक्ति उत्पादन गर्ने क्रममा विगतमा सामान्य चिकित्सा प्रमाणपत्र तहको अध्ययन पूरा गरेकालाई केही समय ब्याचलर अफ मेडिसिन, ब्याचलर अफ सर्जरी र कम्युनिटी मेडिसिन अध्ययन गराइएको भए पनि पछि वञ्चित गरिनु अन्याय भएको बताए । ‘‘मेडिकल काउन्सिलले पनि विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानलाई दिएकोपूरा पढ्नुहोस्


म सभामुखको आकाङ्क्षी होइन – प्रकाश ज्वाला

माघ २३, सुर्खेत नेकपा (एमाले)का नेता तथा प्रदेश नं ६ का सांसद प्रकाश ज्वालाले आफू सभामुखको आकाङ्क्षी नभएको बताएका छन् । माघ २९ गते निर्वाचन हुने कार्य सूची तयार गरिएको यो प्रदेशको सभामुखको निर्वाचनका लागि आफ्नो उम्मेदवारी नरहने उनको भनाइ छ । “मेरो दाबी सभामुखमा होइन, पार्टीको संसदीय दलको नेतामा हो ।” उनले भने, “म दलकै नेता भएर संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्छु ।” राष्ट्रियसभाको चुनावलगत्तै बस्ने संसदीय दलको बैठकले सहमतिमै संसदीय दलको नेता चयन गर्ने तर सहमति नभए त्यसको विकल्पमा जान सकिने उनले बताए । नेकपा (एमाले)भित्र संसदीय दलको नेताका लागि पार्टीका ६ नं प्रदेश सहसंयोजक तथा सुर्खेतका संसद्पूरा पढ्नुहोस्


राष्ट्रपतिबाट एकीकृत नमूना बस्ती हस्तान्तरण

२३ माघ, रौतहट राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई आज हस्तान्तरण गरेका छन् । राष्ट्रपति भण्डारीले चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताए । राष्ट्रपति भण्डारीले भने, “देशलाई समृद्ध बनाउने काम सरकारको भए पनि धुर्मुस–सुन्तलीले राज्यले गर्नुपर्ने काम गर्नुभएको छ, यो एकदमै अतुलनीय छ” । प्रदेश नंं २ मा विकासका धेरै आधार भएकाले सरकारले स्रोत र साधनलाई उपयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसाललेपूरा पढ्नुहोस्


पार्टीले मुख्यमन्त्रीको आश्वासन दिएकोले मात्र प्रदेशसभामा आएको हुँ – शाही

माघ २३, सुर्खेत प्रदेश नं ६ को मुख्यमन्त्री दाबी गरिरहेका कालीकोट (ख) का नेकपा (माओवादी केन्द्र)को तर्फका सांसद महेन्द्रबहादुर शाहीले पार्टीले मुख्यमन्त्री दिने आश्वासन दिएकोले मात्र आफू प्रदेशसभामा आएको बताएका छन् । मुख्यमन्त्रीमा दाबी गरिरहेका अर्का सांसद नरेश भण्डारी र शाहीबीच अहिले चलिरहेको रस्साकस्सीका कारण माओवादी केन्द्रलाई आफ्नो भागमा परेको मुख्यमन्त्री छनोट गर्न नै सकस परिरहेको छ । मन्त्रीसमेत भइसकेकाले आफू अन्य पदमा बस्न नचाहेकाले पार्टीले नै मुख्यमन्त्री बनाउने आश्वासन दिएको सांसद् शाहीले बताए । प्रतिस्पर्धाभन्दा पनि पार्टीले आफ्नो पक्षमा नै निर्णय गर्ने उनको भनाइ थियो । जुम्ला (क) का सांसद नरेश भण्डारीले भने पार्टी नेतृत्वले नै मुख्यमन्त्री बनाउने वचन दिएकाले प्रदेशसभामापूरा पढ्नुहोस्


प्रदेश नं ५ को निर्वाचन तयारी पूरा

२३ माघ, तुलसीपुर, दाङ राष्ट्रियसभा सदस्यका लागि ५ नं प्रदेशबाट भोलि दाङमा हुने निर्वाचनको तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । त्यहाँ दुई वटा मतदान केन्द राखिएका छन् । एउटा मतदान केन्द्रमा प्रदेशसभा सांसदले मतदान गर्ने र अर्को मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको छ । जिल्लामा आवश्यक मतपत्र पनि आइसकेको र सुरक्षा व्यवस्थालगायत सबै तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए । प्रदेश नं ५ मा ३०५ मतदाता छन् । यस प्रदेशबाट आठ सदस्य निर्वाचित हुने र यसअघि तीनजनापूरा पढ्नुहोस्


देवघाटमा विद्युतीय शवदाह गृह बनाइने

२३ माघ, चितवन पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ । देवघाट क्षेत्र विकास समितिको अगुवाइमा सो गृह निर्माण गर्न लागिएको हो । चितवन, नवलपरासी, तनहुँसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २४ वटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याइने गरिन्छ । हिन्दू धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल देवघाटमा चारकट्ठा जग्गामा विद्युतीय शवदाह गृह बनाउने प्रक्रिया अघि बढाइएको हो । सो गृह निर्माणका लागि शहरी विकास मन्त्रालयबाट विस्तृत अध्ययन भइसकेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए । पन्ध्र दिनपछिअध्ययन प्रतिबेदन आउने र त्यसपछि कामलाई अघि बढाइने उनले बताए । करिब रु. ७ करोड लाग्ने अनुमान गरिएको सो गृह निर्माणका लागिपूरा पढ्नुहोस्