Main Menu

Saturday, February 10th, 2018

 

संघीयताले आर्थिक भार थप्दैन – अर्थविद्

माघ २७, काठमाडौँ संघीयता कार्यान्वयनको चरणमा गइसकेको अवस्थामा देशमा आर्थिक संकट आउने हो कि भनी आशंका बढिरहेको बेला अर्थविद्ले संघ, प्रदेश तथा स्थानीय निकायको बढोत्तरीकै कारण आर्थिकरुपमा कुनै समस्या नआउने बताएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा अर्थविद्हरुले एकात्मक राज्यको अन्त्यपछि संघीयताको कार्यान्वयनमा जाँदा सिंहदरबारको ६० प्रतिशत जिम्मेवारी स्थानीय तहमा गएबाट नेपाल सरकारको आधा खर्च स्थानीय तहमा जाने भएकाले केही चुनौती अवश्य भए पनि खासै त्यस्तो समस्या नहुने बताए । दुई सातापछि विधिवतरुपमा संघीय सरकार बन्ने अवस्थामा देश पुगिसकेको छ । संघीय सरकारमा गइसकेको अवस्थामा धेरै खर्च लाग्छ भन्ने बहस चलिरहेको बेला यो खर्च कसरी जुटाउने भन्ने जिज्ञाशा पनि रहेकोपूरा पढ्नुहोस्


‘देशले निकास पाउने शर्तमा जुनसुकै कदम चाल्न तयार छु’ – प्रचण्ड

माघ २७, भरतपुर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न समेत तयार रहेको बताएका छन् । चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक संकटबाट देशलाई निकास दिन मियोका रुपमा भूमिका खेल्दै आएको बताएका हुन् । राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै अध्यक्ष प्रचण्डले देश संकटमा परेको बेला विगतमा र अहिले पनि आफूले सबै समूह, शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकासतर्फ अघि बढाउने भूमिका खेलेको बताए । ‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फड्को मार्न सक्छु ।’पूरा पढ्नुहोस्


वैदेशिक लगानीका विषयमा स्पष्ट नीति बनाउन जरूरी – अध्यक्ष प्रचण्ड

माघ २७, भरतपुर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले वैदेशिक लगानीका बारेमा प्राथमिकताका आधारमा राज्यले स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल अण्डा उत्पादक संघको १४ औं साधारण सभा तथा ८ औं अधिवेशन एवं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विदेशबाट आउने लगानीका प्राथमिक क्षेत्र निर्धारण गर्नुपर्ने बताएका हुन् । “विश्वव्यापिकरणको यो समयमा हामीलाई कतिपय क्षेत्रमा वैदेशिक लगानी आवश्यक पर्छ,” अध्यक्ष प्रचण्डले भने, “तर कुनकुन क्षेत्रमा लगानी भित्र्याउने भन्ने विषयमा राज्यले स्पष्ट नीति बनाउनु पर्छ । नत्र यसले आम उध्यमी र जनता नै विस्थापित हुने खतरा बढ्छ ।” अण्डा उत्पादक व्यवशायीहरूले कृषि तथा पशुपालनका क्षेत्रमा वैदेशिकपूरा पढ्नुहोस्


श्रम काउन्सेलर र सहचारीका लागि आवेदन माग

माघ २७, काठमाडौँ श्रम तथा रोजगार मन्त्रालयले खाडीका चार देशमा श्रम काउन्सेलर र सहचारीका लागि आवेदन माग गरेको छ । नेपाली राजदूतावास संयुक्त अरब इमिरेट्स (युयई), साउदी अरबका लागि उपसचिवसरहको श्रम काउन्सेलर र नेपाली राजदूतावास कतार र बहराइनका लागि अधिकृतस्तरको श्रम सहचारीका लागि आवेदन माग गरेको मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले जानकारी दिए । श्रम काउन्सिलर तथा श्रम सहचारीसम्बन्धी कार्यविधि २०७३ अनुसार श्रम तथा रोजगार मन्त्रालय वा मन्त्रालयअन्तर्गतका विभाग र निकायमा कम्तीमा एक वर्षदेखि काम गरेको तथा निजामती सेवामा अधिृकतस्तरको कर्मचारीका रुपमा सेवा प्रवेश गरेको अवधि कम्तीमा तीन वर्ष पुगेकाले आवेदन दिन सकिने श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयले इच्छुक उम्मेदवारले ३५पूरा पढ्नुहोस्


५ वर्षअघि बनेको मध्यपहाडी लोकमार्गमा अझै गाडी गुडेन, स्थानीय आक्रोशित

माघ २७, जाजरकोट ५ वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीय आक्रोशित भएका छन् । तत्काल गाडी गुडाउन माग गर्दै यहाँका स्थानीयले सरोकार भएका निकायसँग माग गरेका छन् । सरकारले निकै महत्व दिएर निर्माण गरेको मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले काम नलाग्ने बन्दै गएपछि कुदुर जगतिपुरका स्थानीयले सडकको स्तरोन्नति गरेर गाडी गुड्न मिल्ने गराउन माग गरेका हुन् । जिल्ला समन्वय समिति र प्रदेशसभाका सांसदमार्फत उनीहरुले जाजरकोटमा निर्माण भएको ९२ किमी सडकमा तत्काल गाडी गुडाउन माग गरेका हुन् । सडक बनेर पूरै बिग्रिसकेको र सडक विभाग, स्थानीय सरकार र निर्माण व्यवसायीले कुनै वास्ता नगरेपछि आफूहरुले जिल्लापूरा पढ्नुहोस्


स्वास्थ्य संस्थामा प्रसूति गराए गाउँपालिकाले २ हजार भत्ता दिने

माघ २७, सल्लेरी, सोलुखुम्बु महाकुलुङ गाउँपालिका सोलखुम्बुले मान्यताप्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराउने आमालाई प्रोत्साहन भत्ता दिएको छ । आमा र बच्चा दुवैको सुरक्षाका लागि बर्थिङ सेन्टरमा प्रसूति गराउने आमालाई प्रोत्साहन गर्ने उद्देश्यले गत पुस २५ गतेदेखि लागू हुने गरी भत्ता दिने निर्णय गरिएको थियो । सोही निर्णयअनुसार एक महिनाको अवधिमा २ जना आमाले भत्ता बुझिसकेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक हरिप्रसाद आचार्यले जानकारी दिए । सरकारले प्रदान गर्दै आएको रु. १ हजार ५०० र गाउँपालिकाको तर्फबाट प्रदान गर्ने रु. २ हजार गरी जम्मा रु. ३ हजार ५०० भत्ता सत्केरीले बुझेका छन् । यस्तै, अन्यत्र पठाउनु परेमा सरकारको तर्फबाट रु. ५०० र गाउँपालिकाको तर्फबाटपूरा पढ्नुहोस्


‘काँग्रेसले ५ वर्षसम्म सत्ता मोह त्याग्नुपर्छ’

congress-meeting-flood

माघ २६, काठमाडौँ नेपाली काँग्रेसका अधिकांश केन्द्रीय सदस्यले काँग्रेसले आगामी ५ वर्षसम्म सत्ता मोह त्याग्नुपर्ने धारणा राखेका छन् । नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री बितेका सुशील कोइरालाको दोस्रो स्मृति सभालाई काठमाडौँमा शुक्रबार सम्बोधन गर्दै केन्द्रीय सदस्य प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, चन्द्र भण्डारी , प्रदीप पौडेल र गुरुराज घिमिरेले सो धारणा राखेका हुन् । ती नेताहरुले पार्टीलाई शुद्धीकरण, सुदृढीकरण र नयाँ दिशामा लैजान स्वयं युवावर्गले कुनै नेताको पछि नलागी आफ्नो क्षमताको विकास गर्दै निष्ठा र स्वाभिमानको राजनीति गर्न सल्लाह दिएका थिए । नेपाल विद्यार्थी संघ ३ नं प्रदेशको आयोजनामा सञ्चालन भएको स्मृति सभामा प्रमुख नेता प्रकाशमान सिंहले पार्टी विधि प्रक्रिया रपूरा पढ्नुहोस्


कृषि तालीम केन्द्रमा हावाबाट विद्युत् निकाल्न अध्ययन हुँदै

माघ २७, खजुरा, बाँके खजुरास्थित क्षेत्रीय कृषि तालीम केन्द्रको परिसरभित्र हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । करिब दुई वर्षसम्म सम्भाव्यता अध्ययनपछि प्राप्त नतिजाका आधारमा विद्युत् निकाल्ने सकिने वा नसकिने यकिन हुने जिल्ला समन्वय समिति बाँकेका ऊर्जा इञ्जिनीयर रामबाबु यादवले बताए । खजुरामा ५ महिनाअघि हावाको गति मापनका लागि ८० मि अग्लो टावर जडान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निजी क्षेत्रले हावाको गति मापन गरिरहेको छ । दुई वर्षका अवधिमा पटकपटक अनुगमन गरी हावाको गतिबारे जानकारी लिइने छ । अहिले पनि एक पटक हावाको गतिका बारेमा जानकारी लिइसकिएको इञ्जिनीयर यादवले बताए । हावाको गति मापनका लागिपूरा पढ्नुहोस्


त्रिशूलीमा जीप खस्दा सिँचाइ मन्त्रालयका सचिवसहित ३ बेपत्ता

माघ २७, धादिङ नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट आज बिहान त्रिशूली नदीमा परेर हराउँदा सचिवसमेत तीन जना बेपत्ता भएका छन् । नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जीपमा मन्त्रालयका सचिव रामानन्द यादव, उनका छोरा सञ्जय र एक किशोरी सवार थिए । चालक निराजन यादव भने घाइते भएका छन् । गाडी र यात्रु सबै बेपत्ता भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिए । घाइते चालकलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।