Main Menu

Thursday, February 15th, 2018

 

पार्टी एकता प्रक्रियाले ठोस रुप लिएपछि सरकारमा जान्छौँः महरा

mahara-adb-meeting-yokohama

फागुन ३, काठमाडौँ नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेकपा(एमाले)सँगको पार्टी एकता प्रक्रियाले ठोस रुप लिएसँगै आफूहरु सरकारमा जाने बताएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पत्रकारसँग प्रतिक्रिया दिँदै नेता महराले पार्टी एकता संयोजन समितिको बैठक निरन्तर बसी छलफल जारी नै भएको हुँदा निष्कर्ष निकालेपछि मात्र सरकारमा जाने स्पष्ट गरे ।


मधेस आन्दोलनका शहीदका परिवारका एक सदस्यलाई रोजगारी दिइने

फागुन ३, महेन्द्रनगर (धनुषा)   प्रदेश नं. २ को पहिलो मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनका शहीदका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । मुख्यमन्त्री र मन्त्रीहरुको सपथलगत्तै बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मधेस आन्दोलनका शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो । परिवार भन्नाले आमाबाबु, छोराछोरी र श्रीमती पर्नेछ । रोजगारी दिँदा पहिलो प्राथमिकता श्रीमतीलाई दिइनेछ । त्यस्तै, बैठकले बन्द अवस्थामा रहेका सरकारी, अर्ध सरकारी उद्योगहरू पुनःसञ्चालनका लागि पहल गर्ने र प्रदेशमा विकास योजना अघि बढाउन आन्तरिक तथा वैदेशिक सहयोग प्राप्त गर्न केन्द्र सरकारसँग समन्वय गर्ने निर्णय गरेको छ । यसैगरी प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्रीपूरा पढ्नुहोस्


ओली दोस्रो पटक प्रधानमन्त्री

फागुन ३, काठमाडौँ नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली मुलुकमा दोस्रो पटक प्रधानमन्त्री बनेका छन् । समृद्धि र स्थिरताको नारासहित निर्वाचनमा बहुमत हासिल गरेको वाम गठबन्धनको समर्थनमा नियुक्त प्रधानमन्त्री ओली झापा विद्रोह हुँदै लामो समय जेलनेलसमेत खेपेका आफ्नो अडानमा दृढ नेता मानिन्छन् । नयाँ संविधान निर्माणमा भूमिका निर्वाह गर्दै संविधान जारीपछि पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्री बनेका अध्यक्ष ओलीले २०७३ साउन २० मा राजीनामा दिएका थिए । उनको यसअघिको कार्यकालमा उनीबाट छिमेकी चीनको औपचारिक भ्रमण भई यातायात र पारवहनलगायत द्विपक्षीय महत्वपूर्ण सम्झौता सम्पन्न भएको थियो । नेकपा (माओवादीपूरा पढ्नुहोस्


अमेरिकाको एक विद्यालयमा बन्दुकधारीद्वारा १७ विद्यार्थीको हत्या

फागुन ३, वासिङ्टन अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउँदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको छ । स्थानीय प्रहरीले सो विद्यालयमा बुधबार भएको बन्दुक हमलामा परी १७ जनाको ज्यान गएको पुष्टी गरेको छ । प्रहरीकाअनुसार फ्लोरिडा राज्यको पार्कल्याण्डमा रहेको मर्जाेरी स्टोनम्यान स्कुलमा सो गोलीकाण्ड भएको हो । सोही विद्यालयका एकजना १९ वर्षीय पूर्व विद्यार्थीले सो आक्रमण गरेको प्रहरीले बताएको छ । सो गोलीकाण्डमा परी अरु १४ जना विद्यार्थी घाइते भएका अमेरिकी अधिकारीहरुले बताएका छन् । गोली हन्ने निकोलस क्रुज नाम गरेका ती विद्यार्थीलाई गिरफ्तार गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिकपूरा पढ्नुहोस्


सरकार गठनसँगै शेयर बजार उकालोतर्फ

फागुन ३, काठमाडौँ नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ३६.०१ बिन्दुले उकालो लागेर १ हजार ४२४.९५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ७.७२ बिन्दुले उकालो लागेर ३०१.३० बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज १६५ कम्पनीको १५ लाख ६ हजार ६३४ कित्ता शेयर रु. ६६ करोड ३९ लाख ५६ हजार २४९ मूल्यमा खरिद-बिक्री भएको हो । अधिकांश परिसूचक आज उकालो लागेकाले धितोपत्र बजारसमेत सकारात्मक रुपमा अगाडि बढेको हो । बैंकिङ ३१.३९, व्यापारपूरा पढ्नुहोस्


प्रदेशसभा बैठकबाट सभामुख पदमा अधिकारी निर्विरोध

फागुन ३, पोखरा प्रदेश नं ४ को प्रदेशसभाको बैठकले सभामुखमा नेत्रनाथ अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ । आजको बैठकमा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले सभामुख पदका लागि अधिकारीको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे । अधिकारीको प्रस्तावकमा प्रदेशसभा सदस्यहरू हरि चुमान रहेका थिए भने समर्थकमा किरण गुरुङ रहेका थिए । सभामुख पदमा निर्वाचित भएकामा बधाई दिँदै ज्येष्ठ सदस्य श्रेष्ठले प्रदेशसभाका बैठकलाई सु–सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य श्रेष्ठले सो प्रदेशको मुख्य मन्त्रीमा पृथ्वीसुब्बा गुरुङलाई नियुक्त गरिएको प्राप्त पत्र पढेर सुनाएका थिए । संविधान एवं संघीयताको कार्यान्वयन प्रमुख प्राथमिकतामा नवनिर्वाचित प्रदेश नं ४पूरा पढ्नुहोस्


वैकल्पिक ऊर्जासम्बन्धी कार्यविधि सञ्चालनमा, लगानी गर्नेलाई सहज

फागुन ३, काठमाडौँ सरकारले ‘ग्रीड कनेक्टेड वैकल्पिक विद्युत् ऊर्जा विकाससम्बन्धी कार्यविधि, २०७४’ लाई सञ्चालनमा ल्याएको छ । ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा उत्पादन आयोजना तथा त्यससम्बन्धी प्रसारण लाइनलाई राष्ट्रिय प्रणालीमा जोड्नका लागि सरल, सहज र पारदर्शी बनाउनका लागि उक्त कार्यविधि कार्यान्वयनमा ल्याएको हो । कार्यविधिले वैकल्पिक ऊर्जाको विकास गर्ने तथा नियमन गर्नेछ । ऊर्जा मन्त्रालयका अनुसार उक्त कार्यविधि गत माघको अन्तिम साता स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको हो । वैकल्पिक ऊर्जामा विशेष गरी सौर्य प्रणालीलाई विशेष जोड दिइएको छ । त्यसमा घरायसी सौर्य विद्युत् ऊर्जा र संस्थागत सौर्य ऊर्जा रहेका छन् । घरायसीमा ५०० किलोवाटदेखि १० किलोवाटसम्म रहेका छन् । यस्तै संस्थागततर्फपूरा पढ्नुहोस्


प्रदेश ७ को मुख्य मन्त्रीमा सांसद भट्ट नियुक्त

फागुन ३, धनगढी प्रदेश नं ७ को मुख्य मन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्ट आज नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन् । मुख्य मन्त्रीको शपथ ग्रहण भने यही फागुन ५ गते गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्य मन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए । ४८ वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रदेश नं ७पूरा पढ्नुहोस्


ओली प्रधानमन्त्री नियुक्त, शपथ शीतल निवासमा साँझ ४ बजे

फागुन ३, काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गरेकी छन् । एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाएको केहीबेर पछि राष्ट्रपतिले ओलीलाई नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठन भएको हो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार आजै ४ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथ हुनेछ ।


संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पूरा भएको छ – देउवा [पूर्ण पाठसहित]

  फागुन ३, काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो जिम्मेवारी पूरा भएको बताएका छन् । देशवासीको नाममा आज सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेको बताए । प्रधानमन्त्री देउवाले भने, “यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रुपमा अघि बढाउन बलियो आधारशीला निर्माण भएको छ । यसका लागि सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइलाई म बधाई एवं धन्यवाद ज्ञापन गर्दछु ।” नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा संविधानअनुसार तीनै तहका निर्वाचन सम्पन्न गराउने प्रमुख प्रतिबद्धताका साथ गत जेठ २३ गते नेकपा (माओवादी केन्द्र) लगायत दलको समर्थनमापूरा पढ्नुहोस्