Main Menu

Thursday, February 22nd, 2018

 

भ्रष्टाचार सूचकांकमा नेपाल १२२ औँ स्थानमा

फागुन १०, काठमाडौँ यस वर्षको भ्रष्टाचार सूचकांकमा नेपाल १२२औँ स्थानमा परेको छ । ट्रास्पेरेन्सी इन्टरनेसनलले हालै प्रकाशित गरेको भ्रष्टाचार सूचकांक २०१७ रिपोर्टमा विश्वका १८० राष्ट्रहरूको सर्वेक्षणमा नेपाल ३१ अंकसहित १२२ औँ स्थानमा परेको हो । गत वर्षको सूचकांकमा २९ अंकसहित १३१ औँ स्थानमा थियो । यस वर्ष नेपालले २ अंक सुधार गर्दै ९ स्थान उक्लन सफल भएको छ । ० देखि १०० (० भनेको अति भ्रष्टाचारी, १०० भनेको भ्रष्टाचारबाट पूर्णरूपमा मुक्त) सम्मको स्केल प्रयोग गरी विशेषज्ञहरूले सर्वेक्षण गर्ने यस सूचकांकका आधारमा विश्वका दुई तिहाई राष्ट्रहरूले ५० भन्दा कम अंक प्राप्त गरेको रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार सूचकांकमा विश्वको औसत अंक ४३पूरा पढ्नुहोस्


सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

फागुन १०, भक्तपुर अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ । सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले यो सडक छिटो निर्माण हुनुपर्ने माग गरेका हुन् । कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक–धुलिखेल सडक देशकै महत्वपूर्ण योजना भएकाले यसको विस्तार तीव्र गतिमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सूर्यविनायक जगाती सडकखण्डमा बढ्दोे सवारी चापलाईपूरा पढ्नुहोस्


फोरम पनि सरकारमा सहभागी हुने

फागुन १०, काठमाडौँ संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ । फोरमले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय व्यक्त गरेको हो । सरकारमा सहभागिताबारे पछिल्ला दिनमा चलिरहेका विभिन्न चरणका छलफल सकारात्मक भएको बताइएको छ । सरकारमा सहभागी हुने सम्बन्धमा बुधबार भएको दुई पक्षीय छलफल निकै सकारात्मक भएपनि संविधान संशोधनको विषय राजनीतिक निर्णयकै रुपमा अगाडि आए अझ विश्वासको वातावरण बन्ने फोरमको बुझाइ छ । सरकारमा सहभागी हुनेबारे पछिल्लो चरणमा शृंखलाबद्ध छलफल भएको र ती छलफल सकारात्मकढंगले अघि बढेको समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए । संविधान संशोधनकोपूरा पढ्नुहोस्


बन्दुक नियन्त्रणको कानुन बनाउन माग राख्दै प्रदर्शनी

फागुन १०, न्युयोर्क गत साताफ्लोरिडाको एक स्कुलमा भएको गोलीबारी घटनापछि अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन बनाइनुपर्ने मागबारे बहस सुरु भएको छ । अमेरिकाका विभिन्न सहरमा विद्यार्थीहरूले बन्दुक नियन्त्रण कानुन तत्काल पास के गर्नुपर्ने माग राख्दै आन्दोलन सुरु गरेको एसोसिएट प्रेसले जनाएको छ । विद्यार्थीहरूले राजनीतिक कारबाहीका लागि दबाब सिर्जना गर्न बासिङ्टनमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणासमेत गरेका छन् । ‘डेमोक्रेटिकको अवरोध’ गत बुधबार भएको गोलीकाण्डमा १७ विद्यार्थीको मृत्यु भएको थियो । विद्यालयमा आक्रमण गर्ने व्यक्ति सोही स्कुलमा पढ्ने पूर्वविद्यार्थी निकोलस क्रुज नै थिए । उनलाई तत्कालै प्रहरीले हिरासतमा लिएको थियो । घटतापछि ०४ राष्ट्रपति डिोनाल्टम्पले विवादास्पद अभिव्यक्ति दिँदा विद्यार्थी आक्रोशित बनेकापूरा पढ्नुहोस्


फोरमलाई पनि सरकारमा ल्याउने कसरत

फागुन १०, काठमाडौँ प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरमलाई पनि समेटेर सरकार विस्तार गर्ने गृहकार्य थालेका छन् । सरकारमा सहभागी हुन फोरम सकारात्मक देखिएपछि दुई नेता दुईतिहाइ बहुमतको सरकारको गृहकार्यमा जुटेका हुन् । संविधान संशोधनका विषय तय गर्न कार्यदल गठन भए सरकारमा आउन फोरम सकारात्मक छ । ‘फोरमलाई पनि सरकारमा ल्याउने कसरत भइरहेको छ, ऊ पनि सकारात्मक देखिएको छ । त्यसैले मधेसका मुद्दा सम्बोधनका लागि फोरमसमेत सहभागी हुने गरी सरकार विस्तार गर्ने गृहकार्य भइरहेको छ,’ माओवादी नेता अग्निप्रसाद सापकोटाले भने । एमाले–फोरम वार्ता एमाले र संघीय समाजवादी फोरमबीच संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा बुधबार छलफल भएको छ । छलफलमापूरा पढ्नुहोस्