Main Menu

Wednesday, February 7th, 2018

 

राजधानीका सार्वजनिक यातायात – सेवाका नाममा व्यापार

देशको राजधानी शहर सबै कुराले सुविधा सम्पन्न होला भन्ने जो कसैले सोच्नु अस्वाभाविक होइन । तर, सार्वजनिक सवारीमा आवतजावत गर्ने काठमाडौँवासीको अवस्था सकसपूर्ण छ । निजी व्यवसायीको भरमा करिब ४० लाख जनसंख्या रहेको राजधानी शहरका कुनै पनि भागमा सहज रुपमा यातायात पाइँदैन । एउटा मार्गमा एउटै यातायात समितिको एकाधिकार छ । अर्को संस्थाका सवारी त्यहाँ गुड्न पाउँदैनन् जसलाई व्यवसायी आलोपालो प्रणाली अपनाएको दावी गर्छन् । हालसम्म विभागमा २७ लाख ८३ हजार ४२८ सवारी दर्ता भएका छन् । यी सवारीले विभिन्न शीर्षकमा गरी वार्षिक रु. २० अर्ब ३२ करोड २९ लाख राजश्व बुझाउने गरेको विभागका सूचना अधिकारी बीरेन्द्रबहादुर स्वाँर बताउँछन् ।पूरा पढ्नुहोस्


प्रमको अध्यक्षतामा प्रजातन्त्र दिवश समारोह समिति

pm-hungarian-ambassador-meeting

२४ माघ, काठमाडौँ  प्रजातन्त्र दिवश भव्यरुपमा मनाउन आज प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ६८औँ प्रजातन्त्र दिवश मूल समारोह समिति गठन गरिएको छ । गृह मन्त्रालयको आयोजनामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको समितिको बैठकले देशभर र विदेशस्थित नेपाली नियोगमा समेत फागुन ६, ७ र ८ गते भव्यताका साथ प्रजातन्त्र दिवश मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री अध्यक्ष तथा प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरु, पूर्वप्रधानन्यायाधीश, उपसभामुख, मन्त्रीहरु, पूर्वसभामुख, राज्यमन्त्री, व्यवस्थापिका–संसद्का सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत सदस्य रहेको तथा गृहसचिव सदस्यसचिव रहेको प्रजातन्त्र दिवश मूल आयोजक समिति गठन गर्ने निर्णय आजको बैठकले गरेको छ । बैठकले सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा प्रचारप्रसार उपसमिति,पूरा पढ्नुहोस्


सम्भावना नै सम्भावनाको खानी प्रदेश नं ४

२४ माघ, पोखरा ‘सम्भावना नै सम्भावनाको खानी प्रदेश नं. ४ लाई यहीँका साधनस्रोतले समृद्ध बनाउन सकिन्छ,’ सोमबार प्रदेश नं. ४ को प्रथम ऐतिहासिक बैठकबाट बाहिरिएका प्रदेशसभा सदस्यबाट निस्किएको एउटै स्वर हो यो । जलस्रोत, कृषि र पर्यटनकै माध्यमबाट अन्य प्रदेशभन्दा यसलाई विकसित बनाउन सकिने बताउँदै सदस्यहरूले उपलब्ध साधनस्रोतकै उपयोग गरेर यसलाई अन्य भन्दा अब्बल बनाउन सकिने आधार भएको बताए । प्रदेशसभा सदस्य मनकुमारी गुरुङले यहीँका साधनस्रोतको उपयोग गरिएमा विकासका मार्ग कोरिने बताउँदै युवालाई विदेशिनुपर्ने बाध्यताबाट मुक्त गर्न सकिने धारणा राखे । “यसअघि हामी जति बोल्नुपर्ने बोलिसक्यौँ, अब काम गर्ने बेला हो,” उनले भने, “यस प्रदेशको समुन्नतिका लागि जनताले दिएको अमूल्य मतलाईपूरा पढ्नुहोस्


थिमीमा मिनीट्रकको ठक्करले पैदलयात्रुको मृत्यु

२४ माघ, भक्तपुर आज बिहान ५ बजे मध्यपुरथिमि नगरपालिका– ४ चारदोबाटोमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ क ८००६ नं.को मिनीट्रकले बाटो काट्दै गरेको पैदलयात्रुलाई ठक्कर दिँदा मृत्यु भएको छ । ठक्करबाट घाइते भएका मध्यपुरथिमि नगरपालिका–५ दुईपोखरी बस्ने ६६ वर्षीय जगतकुमार श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए । प्रहरीले मिनीट्रक र चालक काभ्रे जिल्ला सिसाखानी घर भई हाल सूर्यविनायक नगरपालिका–८ जगाती बस्ने २९ वर्षीय प्रेमबहादुुर मोक्तानलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


एउटै काउली साढे १४ किलो !

माघ २४, बाबियाचौर, म्याग्दी म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे १४ किलोग्राम तौल भएको काउली फलाएका छन् । साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले १४ किलो ५०० ग्राम तौल भएको काउली फलाएका हुन् । कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलीँदा उक्त तौल भएको पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताए । कार्कीले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनले उत्पादन गरेको तरकारी भगवतीमै खपत हुने गरेको छ ।  मिहेनत र पौरख गर्न सकेमा कृषि पेशामा राम्रो सम्भावना भएको सन्देश प्रवाह गराउन सफल भएको वडा अध्यक्ष रिम कटुवालले बताए । भगवतीका कृषकलाई समेटेर व्यावसायिक बनाउन र उत्पादनको बजारीकरणका लागि वडाले सहयोगपूरा पढ्नुहोस्


सम्पन्न भयो चमेलिया जलविद्युत, उद्घाटन माघ २७ गते

माघ २४, दार्चुला दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–१, बलाचमा रहेको राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युत्को औपचारिक उद्घाटन माघ २७ गते हुने भएको छ । सरकारी लगानीमा निर्माण भएको ३० मेगावाटको चमेलिया जलविद्युत्को औपचारिक उद्घाटनका लागि माघ २७ गते प्रधानमन्त्री शेरबहादुर देउवा आयोजनास्थल बलाच आउने आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । प्रधानमन्त्रीले औपचारिक रुपमा उद्घाटन गरेसँगै आयोजनाले व्यावसायिक उत्पादन थाल्ने समेत आयोजना प्रमुख दाहालले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा सँगै उद्घाटनका लागि ऊर्जामन्त्री कमल थापासमेत आउने भएको र उद्घाटनका लागि आयोजना स्थलमा आवश्यक तयारी थालिएको समेत उनले जानकारी दिए । यता प्रधानमन्त्री आउने भएपछि जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयबाट परिपत्र गरिएकोपूरा पढ्नुहोस्


राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान शुरु

माघ २४, पोखरा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को पोखरामा मतदान शुरु भएको छ । बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । लोकसेवा आयोगको क्षेत्रीय कार्यालयमा शुरु भएको निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षका लागि र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस प्रदेशका स्थानीय तहमा प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष गरी १७० जना र प्रदेशसभा सदस्य ६० जना मतदाता गरी २३० जना रहेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । मतदान सकिएर निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाएलगत्तै मतगणनापूरा पढ्नुहोस्


‘पहिचानको नाममा आन्दोलन गर्ने, अनि हिन्दी भाषामा सम्बोधन गर्ने ?’

महेन्द्रनगर, धनुषा प्रदेश नं २ को गत माघ २१ गते सम्पन्न ऐतिहासिक पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छोडेर हिन्दीमा सम्बोधन गरेपछि भएको विवाद चर्किंदै गएको छ । बैठकमा हिन्दी भाषामा सम्बोधन गरेको विरोधमा मंगलबार साँझ जनकपुरको जानकी चोकमा ‘परिवर्तनका लागि युवा अभियान’का अध्यक्ष बिट्टु पञ्जियारको अध्यक्षता र रोशन यादवको नेतृत्वमा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका प्रदेशसभा सांसदहरूको पुत्ला जलाइएको छ । संसद्मा मातृभाषामा शुभकामना मन्तव्य नदिई हिन्दी भाषालाई प्राथमिकता दिएको विरोधमा पुत्ला जलाएको युवाहरूले बताएका छन् । युवाले केहीबेर नाराजुलुस गर्दै ‘मातृभाषाको प्रयोग र अन्तर्राष्ट्रिय भाषाको सम्मान गर’ भन्ने नारासमेत लगाएका थिए । सो क्रममापूरा पढ्नुहोस्


सङकटकाल घोषणा गर्ने निर्णय फिर्ता गर – राष्ट्रसंघ महासचिव

माघ २४, संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका संयुक्त राष्ट्रसंघले मालदिभ्समा जारी गरिएको सङ्कटकाल घोषणालाई फिर्ता गरी सम्पूर्ण नागरिकको सुरक्षाको प्रत्याभूत गर्न मालदिभ्स सरकारसँग आग्रह गरेको छ । राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले मालदिभ्सको सङ्कटकाल समस्याको समाधान होइन भन्दै मालदिभ्समा विकसित पछिल्लो स्थितिले राष्ट्रसंघको ध्यानाकर्षण गरेको बताएका छन् । उनले देशको सर्वोच्च अदालतबाट सुरक्षाकर्मी हटाउन पनि आग्रह गरे । “सम्पूर्ण नागरिकको सुरक्षालाई प्रत्याभूत गर्नु र पक्राउ परेका प्रधानन्यायाधीशको रिहाई गर्नु कानूनी शासनको सम्मान गर्नु हो,” महासचिवले भने । मालदिभ्सको राजधानी मालेमा प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता र त्यहाँको राष्ट्रपतिका कामप्रति असन्तुष्ट सर्वसाधारणले नेतृत्व परिवर्तनका लागि गर्दै आएको आन्दोलनलाई सोमबार पनि निरन्तरता दिएपछि सरकारलेपूरा पढ्नुहोस्