Main Menu

एउटै काउली साढे १४ किलो !

माघ २४, बाबियाचौर, म्याग्दी

14-kilo-cauliflower-grown

म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे १४ किलोग्राम तौल भएको काउली फलाएका छन् ।

साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले १४ किलो ५०० ग्राम तौल भएको काउली फलाएका हुन् । कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलीँदा उक्त तौल भएको पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताए ।

कार्कीले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनले उत्पादन गरेको तरकारी भगवतीमै खपत हुने गरेको छ । 

मिहेनत र पौरख गर्न सकेमा कृषि पेशामा राम्रो सम्भावना भएको सन्देश प्रवाह गराउन सफल भएको वडा अध्यक्ष रिम कटुवालले बताए । भगवतीका कृषकलाई समेटेर व्यावसायिक बनाउन र उत्पादनको बजारीकरणका लागि वडाले सहयोग गर्ने सोच बनाएको अध्यक्ष कटुवालले बताए ।

(Visited 210 times, 1 visits today)

टिप्पणी

comments