Main Menu

शान्तिको लागि ७३ वर्षीय रिटायर्ड सेना विश्व यात्रामा !

जेष्ठ २८, काठमाडौँ । शान्तिको कामना गर्दै एक वृद्ध विश्व भ्रमणमा निस्किएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका– ८ का ७३ वर्षीय दुर्गाबहादुर थापा गत वैशाख १ गतेबाट विश्व भ्रमणमा निस्किएका हुन् । सार्वजनिक यातायातको साधन प्रयोग गरी भारतहुँदै दक्षिण एसियाका विभिन्न देश भएर यूरोप र अमेरिका पुग्ने थापाको योजना रहेको छ ।

“विश्वमा व्याप्त अन्याय, अत्याचार र अशान्तिको अन्त्य होस भनेर भ्रमणमा निस्केको हुँ,” थापा भ्रमणको उद्देश्यबारे भन्छन् ।

नेपाली सेनाबाट सेवानिवृत्त थापा नेपालको राष्ट्रिय झन्डा बोकेर विश्व भ्रमणमा निस्किएका हुन् । उनले यात्रालाई सफल पार्न राष्ट्रिय वाणिज्य वैंक लगनखेल, ललितपुरको खाता नं ११२००२४५५११० मा आर्थिक सहयोगका लागि अनुरोध गरेका छन् ।

(Visited 159 times, 1 visits today)

टिप्पणी

comments