Main Menu

सबैभन्दा छोटो वैज्ञानिक पेपर, जसमा एउटा पनि शब्द छैन !

जटल शब्दावलीहरु युक्त एउटा वैज्ञानिक पेपर पढ्ने जति कठिन हुन्छ, त्योभन्दा कयौँ गुना कठिन त त्यस्तो पेपर लेख्न हुन्छ । यो कुरा चिकित्सकीय मनोविज्ञ डेनिस अपरलाई भन्दा राम्रो सायद कसैलाई थाहा छैन । त्यसैले त उनको एउटा पेपरलाई उनले निकै सरल रुपमा प्रस्तुत गरेका छन् । १९७४ मा प्रकाशित उनको सो पेपर तपाईंले अहिलेसम्म पढ्न कोसिस गर्नुभएका पेपरहरुमध्ये सबैभन्दा सजिलो पेपर हुनेछ भन्ने कुरा हामी ठोकुवाका साथ भन्न सक्छौँ ।

१९७० को दशकमा अपरले संसारका सम्पूर्ण लेखकहरुले भोग्ने एक ‘रोग’बाट पार पाउने कोसिस गरे; त्यो रोग हो – राइटर्स ब्लक, अथवा लेखकको अवरोध । अधिकांश लेखकहरुले यो अवस्था लेखन पेशाको क्रममा कुनै न कुनै समयमा भोगेकै हुन्छन् । लेख्ने विषय टुङ्गिसकेपनि ‘कसरी सुरु गर्ने ?’ भन्ने कुरामा लेखक अड्किन्छ । वैज्ञानिक पेपरहरु लेख्नका लागि तयार वैज्ञानिकहरु पनि यस अवस्थाको सिकार नहुने त कुरै भएन ।

अपरले वैज्ञानिक विधि अपनाएर राइटर्स ब्लकबाट पार पाउने र यस विषयमा एक पेपर लेख्ने निधो गरे । त्यसको लागि गर्नुपर्ने काम भनेको त फेरि लेख्नु नै हो !

उनले सो अध्ययनको शिर्षक राखे, ‘द अनसक्सेस्फुल सेल्फ–ट्रिटमेन्ट अफ अ केस अफ राइटर्स ब्लक’ । अर्थात, ‘लेखकको अवरोधको लागि एक विफल स्वयं–उपचार’ । यो पेपर अहिलेसम्मकै सबैभन्दा छाटो वैज्ञानिक पेपर हो र योभन्दा छोटो पेपर अब उपरान्त भविष्यमा निस्कने पनि छैन, किनभने यो पेपरमा शिर्षक, जर्नल, रेफरेन्स तथा समीक्षकहरुको टिप्पणीबाहेक केही पनि छैन, एउटा शब्द पनि छैन !

shortest-scientific-paper

अपरको सो अनौठो पेपर सन् १९७४ मा जर्नल अफ अप्लाइड बहेभियोरल एनालिसिसमा प्रकाशित भएको थियो ।

सो पेपरको मुख्य आकर्षण भने समीक्षकहरुको टिप्पणी नै हो ।

‘मैले यो पेपरको पाण्डुलिपिलाई कागतिको जुस र एक्स–रे मार्फत् हेरेको छु र यसको डिजाइन वा लेखन शैलीमा एउटा पनि त्रुटि भेट्टाएको छैन,’ एक समीक्षक लेख्छन्, ‘म यसलाई कुनै संशोधनबिना प्रकाशित गर्ने सल्लाह दिन्छु । यो मैले अहिलेसम्म पढेकोमध्ये सबैभन्दा संक्षिप्त पाण्डुलिपि हो – तथापि अन्य अन्वेषकहरुले डा. अपरको विफलतालाई दोहोर्याउन यसमा पर्याप्त विवरण छन् ।’

तर अपरको यो पेपर मात्रै यस्तो अनोठो वैज्ञानिक पेपर भने होइन । सन् २०११ मा प्रकाशित एक पेपरमा यति मात्र लेखिएको छ, ‘सायद सकिन्न ।’

यो अर्को पेपर सबैभन्दा छोटो गणितीय पेपर हो –

क्युरियोसिटी

(Visited 247 times, 1 visits today)

टिप्पणी

comments