Main Menu

Saturday, December 16th, 2017

 

उपत्यकामा चिसो बढ्दै, तापक्रम अझै झर्ने

पुस १, काठमाडौँ तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम २.८ डिग्रीमा झरेको छ । शुक्रबार ३ देखि ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण आज उपत्यकाका फाँट वरिपरि तुसारो परेको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले बताए । “जाडो याममा चिसो बढ्नु नौलो कुरो होइन तर यसमा उच्चचापीय क्षेत्रको केही प्रभाव (रातको समयमा आकास सफा र खुल्ला) पनि देखिएकाले तुलनात्मक रुपमा तापक्रम घटेको र तुसारो परेको छ,” उनले भने । केही दिनयता पहाडी भेगमापूरा पढ्नुहोस्


सबैभन्दा छोटो वैज्ञानिक पेपर, जसमा एउटा पनि शब्द छैन !

जटल शब्दावलीहरु युक्त एउटा वैज्ञानिक पेपर पढ्ने जति कठिन हुन्छ, त्योभन्दा कयौँ गुना कठिन त त्यस्तो पेपर लेख्न हुन्छ । यो कुरा चिकित्सकीय मनोविज्ञ डेनिस अपरलाई भन्दा राम्रो सायद कसैलाई थाहा छैन । त्यसैले त उनको एउटा पेपरलाई उनले निकै सरल रुपमा प्रस्तुत गरेका छन् । १९७४ मा प्रकाशित उनको सो पेपर तपाईंले अहिलेसम्म पढ्न कोसिस गर्नुभएका पेपरहरुमध्ये सबैभन्दा सजिलो पेपर हुनेछ भन्ने कुरा हामी ठोकुवाका साथ भन्न सक्छौँ । १९७० को दशकमा अपरले संसारका सम्पूर्ण लेखकहरुले भोग्ने एक ‘रोग’बाट पार पाउने कोसिस गरे; त्यो रोग हो – राइटर्स ब्लक, अथवा लेखकको अवरोध । अधिकांश लेखकहरुले यो अवस्था लेखन पेशाकोपूरा पढ्नुहोस्


नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न देउवालाई ओलीको आग्रह

पुस १, भक्तपुर नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज अध्यक्ष ओली निवास बालकोटमा आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचनको परिणाम आइसकेकाले अब काँग्रेसले सत्ता लम्ब्याउने प्रयास गर्न नहुने बताए । राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैर संवैधानिक अध्यादेश राष्ट्रपतिसमक्ष लगेको उल्लेख गर्दै उनले गैरसंवैधानिक अध्यादेश पारित गर्न नहुने बताए । अध्यक्ष ओलीले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा निहुँ खोजेर काँग्रेसले सत्ता लम्ब्याउन चाहेको आरोप लगाउँदै काँग्रेसले लोकतान्त्रिक मान्यता र जनताको अभिमतलाई अवमूल्यन र अस्वीकार गर्न खोजेको बताए । नयाँ सरकार बनाउन राष्ट्रियसभा गठन आवश्यकपूरा पढ्नुहोस्


गल्छी–त्रिशूली सडक आजदेखि दैनिक ८ घण्टा बन्द

पुस १, त्रिशूली, नुवाकोट गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिनका लागि आजदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले सडक स्तरोन्नतिको कामलाई तीव्रता दिँदैछ । प्रअिजको अध्यक्षतामा आज बसेको सरोकार भएकाहरुको बैठकले उक्त सडक तीन महिनाका लागि आंशिक बन्द गरी निर्माण अघि बढाउने निर्णय गरेको हो । योजनाको निर्माण अपेक्षित रुपमा अघि बढ्न नसकेको र अहिले अप्ठ्यारा भीर काट्ने कामको शुरुआत हुन लागेकाले सडक बन्द गरिएको योजना प्रमुख देवकोटाले बताए । धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्म ८२ किमी सडकमध्ये ४६ किमी क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको छ । ९ अर्ब लगानी रहेको योजनाअन्तर्गतपूरा पढ्नुहोस्


घलेम्दीखोलाको विद्युत् ६ महिनामा परीक्षण उत्पादन हुने

पुस १, बेनी, म्याग्दी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको पावरहाउसको शिलान्यास गरिएको छ । आयोजनाका अन्य संरचनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको अवस्थामा आयोजनाका सञ्चालक एवं प्रबन्धक निर्देशक प्रमोद श्रेष्ठले शुक्रबार पावरहाउसको शिलान्यास गरेका हुन् । नीलगिरि खोलाको किनारमा अवस्थित पावरहाउस आगामी ४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नीलगिरि खोलाको नजिक रहेको पावर हाउसमा खोलाले कटान गर्नसक्ने सम्भावनालाई मध्यनजर गरी रिटेनिङ वालसहितको संरचना बनाइएको छ । निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक वि.सं. २०७१ बाट निर्माण थालिएको आयोजनाको मुख्य ड्याम, बालुवा थिग्र्याउन पोखरी बनाउने, बाँधदेखि पोखरीसम्म नहर निर्माणको काम सकिएको प्रबन्धक निर्देशकपूरा पढ्नुहोस्