Main Menu

Saturday, December 30th, 2017

 

अम्बाथानदेखि ग्याल्थुमसम्मको मेलम्ची सुरुङ छिचोलियो

पुस १५, हेलम्बु, सिन्धुपाल्चोक बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको सुरङ आज छिचोलिएको (ब्रेकथ्रु भएको) छ । मेलम्ची नदीको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानदेखि ग्याल्थुमसम्मको ८.२ किमी सुरुङ आज छिचोलिएको हो । यसअघि गतवर्ष पुस २४ गते सिन्धु–सुन्दरीजल खण्डको ९ किमीको सुरुङ छिचोलिएको थियो । ग्याल्थुम–सिन्धु खण्डको करिब १० किमी सुरुङमध्ये अब ४४३ मिटर मात्र खन्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । अब साढे दुई महिनामा यो सुरुङ खण्ड पनि छिचोलिने उनको प्रतिबद्धता छ । ग्याल्थुम–अम्बाथान सुरुङको बीचमा खानेपानी तथा सरसरफाइ राज्यमन्त्री अब्दुल रज्जाक गद्दीले आज रिवन काटेर यो खण्डको सुरुङ खन्ने काम सम्पन्न भएकोपूरा पढ्नुहोस्


विश्वव्यापी बन्दै वातावरणीय चुनौती

बढ्दो जनसंख्या, औद्योगीकरण र जैविक इन्धन स्रोतको प्रयोगका कारण कार्बन उत्सर्जनमा वृद्धिले शताब्दीको अन्त्यसम्ममा विश्व ठूलो वातावरणीय जोखीमको अवस्थामा धकेलिने खतरा बढ्दै गएको छ । कार्बन उत्सर्जन तथा अन्य हरित ग्यास उत्सर्जनलाई घटाउन नसके पृथ्वीको वाष्फीकरण बढ्न गई जलवायु परिवर्तनको समस्या जटिल बनी अनेक चुनौती थपिनेछ । हरित गृह ग्यास उत्सर्जनमा झण्डै १७ प्रतिशत हिस्सा ओगट्ने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वच्छ ऊर्जालाई ध्वस्त पार्ने, यस्ता उद्योगको नियमन गर्ने तथा कोइलाजस्ता जैविक इन्धनको प्रयोगलाई बढावा दिने कदमले विश्वका वातावरणविद्लाई थप चिन्तित तुल्याएको छ । हरित गृह ग्यास उत्सर्जन गर्ने प्रमुख राष्ट्र चीन (करिब २० प्रतिशत) ले भने पेरिस सम्झौताबाट बाहिरने अमेरिकीपूरा पढ्नुहोस्


सरकार गठनअघि नै एकता – अध्यक्ष प्रचण्ड

पुस १५, काठमाडौँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनअघि नै नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकताको सघन प्रयास भइरहेको बताएका छन् । नेकपा (एमाले) सिन्धुली–काठमाडौँ सम्पर्क मञ्च र नेकपा (माओवादी केन्द्र) सिन्धुली उपत्यका संघीय जनसम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको नवनिर्वाचित सांसदहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकताको प्रक्रियाबाट कोही कसैले पनि पछाडि हट्ने अवस्था नरहेको बताए । “पार्टी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन,” अध्यक्ष प्रचण्डले भने, “पछाडि फर्कने पुल भत्काइसकेका छौँ । हिजो मात्र मेरो र कमरेड केपी ओलीबीच लामो र गम्भीर छलफल भयो । नयाँ सरकार गठन गर्न केही दिन लाग्ने देखिन्छपूरा पढ्नुहोस्


सरकारको नेतृत्व हस्तान्तरण गर्न आतुर छु – प्रधानमन्त्री

पुस १५, काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका छन् । तमू ल्होसारको अवसरमा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्य राजनीतिक दलहरूले भनेजस्तो आफूलाई सरकारमा बसिरहने चाहना नभएको प्रस्ट पारे । प्रधानमन्त्री देउवाले लोकतान्त्रिक इतिहास बोकेको काँग्रेसले लोकतन्त्र स्थापनासँगै संघीय संविधान जारी गरी ऐतिहासिक निर्वाचन सम्पन्न गरेको सन्दर्भमा काँग्रेसलाई शंका नगर्न आग्रह गरे । प्रधानमन्त्री देउवाले अध्यादेश जारी गरेर राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रियालाई सहज पारेकोप्रति धन्यवाद प्रकट गर्दै आफू छिटोभन्दा छिटो नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गर्दै टुँडिखेलमापूरा पढ्नुहोस्


निवन्ध

राष्ट्रिय सहमति

मुलुक लुटिएको खबरले मेची महाकाली हल्लियो । यसले मेरो मथिंगलमा पनि आठ रेक्टरको भुँइचालो ल्यायो । पालेपिलो सरकारमा बस्नेहरु जम्माजम्मी दुई थरिका थिए । एकथरिले भाग्य, पुनर्जन्म र ईश्वरमा विश्वास गर्दथे भने अर्काथरिले चाहिँ यस जन्ममा मात्र विश्वास गर्दथे । मलाई लाग्यो यी दुवै थरिसँग किन संवाद नचलाऊँ ? मैले सबैभन्दा पहिले ईश्वरवादी–पुनर्जन्मवादीसँग संवाद अघि बढाउने निधो गरेँ । यसका लागि मैले केही प्रश्नहरु बनाएँ । संवाद अघि बढ्यो । प्रश्न :  ईश्वरवादी–पुनर्जन्मवादीज्यू, कुर्सीमा चढेपछि तपाईँले दसै नंग्रा मुलुकको ढिकुटीमा गाड्नुभयो, कमिसन र घुसमा ज्यान फाल्नुभयो । के यो घृणित कुरा भएन र ? ईश्वरवादी–पुनर्जन्मवादी :  हेर्नोस्, म ईश्वरमा विश्वासपूरा पढ्नुहोस्


वाम गठबन्धन टुटाउने प्रयास सफल हुँदैन – गठबन्धन

पुस १५, काठमाडौँ वाम गठबन्धनमा आबद्ध दलका अध्यक्षहरुले आफूहरुको एकता र सहकार्यलाई टुटाउने कोशिश भए पनि त्यस्ता प्रयास सफल नहुने बताएका छन् । नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित तथा उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तकको विमोचन कार्यक्रममा दुई अध्यक्षले स्थायित्व र समृद्धिका लागि आफूहरुको चुनावी तालमेल भएको र जनताले बहुमत दिएकाले त्यसको अवमूल्यन नगरिनेमा जोड दिएका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ता लम्ब्याउने तथा सानासाना नियुक्ति र रकम वितरणको काममा अल्झिएकामा आपत्ति जनाउँदै यस्तो खेलमा नलाग्न आग्रह गरे । “वाम गठबन्धन सफल हुन नदिन धूमधाम खेल भइरहेको छ, ५ वर्षका लागि प्रधानमन्त्री पद बाँड्न खोजिनुपूरा पढ्नुहोस्


कविता

मेरो देशका निर्माता

संसारकै अग्लो सगरमाथाको देश ! शान्ति र ज्ञानका सर्वज्ञ बुद्धको देश ! सीता र भृकुटीले यश फैलाएको देश राजा जनकले स्याहारेको देश ! जयस्थितिको थितिले बाँधिएको देश ! पृथ्वी तरवार र दिव्य वाणीले एकीकृत देश ! महेन्द्रको एकताले उनिएको देश ! के मेरो देश सगरमाथाले अग्ल्यायो ? या बुद्धको शरणले मौलायो कि सीता र भृकुटीले दाइजोमा लगेको ‘सहनशीला’ नजरानाले मेरो देशको चरित्र चिनायो ? अथवा बडामहाराजले सेवन गरेको जुठो दहीको कमालले विश्वमाझ उभियो यति सुन्दर, शान्त, विशाल देश ? आदरणीय इतिहासका इन्जिनियर साबहरु मेरो देश, तिम्रोजस्तो बन्धक मगजबाट फुत्त निस्केका राष्ट्रनायक वा राष्ट्रपिताले बनाएका होइनन् मेरो देश बनाउने वीरवीरंगनाहरु तिनीपूरा पढ्नुहोस्


विराटनगर दोस्रो इपिएल च्याम्पियन

पुस १५, काठमाडौँ यही पुस ३ गतेदेखि शुरु भएको सबैभन्दा धेरै पुरस्कार राशिको घरेलु क्रिकेट प्रतियोगिता ‘एभरेष्ट प्रिमियर लिग’ (इपिएल)को दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले हात पारेको छ । प्रतियोगितामा सहभागी काठमाडौँ किंग्स इलेभेन, ललितपुर प्याट्रियोट्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्सलाई पछि पार्दै विराटनगर वारियर्सले उपाधि चुमेको हो । जितसँगै विराटनगरले रु. २१ लाख प्राप्त गरेको छ । शनिबार दर्शकले खचाखच भरिएको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा राष्ट्रिय टोलीका मुख्य खेलाडी शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै राष्ट्रिय टोलीका कप्तानसमेत रहेको पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले उपाधि जितेको होपूरा पढ्नुहोस्


बिचार/विश्लेषण

रोल्पामा शहीदको अपमान र माओवादी-एमाले एकता

तत्कालीन नेकपा (माओवादी) ले चलाएको १० वर्षे जनयुद्धका आफ्नै कमीकमजोरीहरु पनि थिए । ती कुराहरु छुट्टै छलफल, समीक्षा र बहसको विषय हुन् । तर, मुलुकमा गणतन्त्र ल्याउन त्यसले खेलेको भूमिकालाई नजर अन्दाज र निषेध गर्नु भनेको बच्चा जन्माउन बाबुले खेलेको भूमिकालाई नजर अन्दाज र निषेध गर्नु सरह नै हो । रोल्पामा सुवर्णावती गाउँपालिकाको नाम जनयुद्धका शहीद सुनीलको नाममा नामाकरण गर्ने बहुमत गाउँसभा सदस्यहरुको निर्णयलाई नाराबाजी र हुलदङ्गा गरी बलपूर्वक बदर गराइयो । यो जनयुद्ध र त्यसका शहीदहरुलाई अस्वीकार र अपमान गर्ने कदम बाहेक अरु केही होइन । जनयुद्धकालीन समयमा अधिकांशत: नेपाली कांग्रेसले नै मुलुकको शासनसत्ता सम्हाल्यो । उसले नै जनयुद्धपूरा पढ्नुहोस्


राष्ट्रिय औद्योगिक व्यापार मेला पुस २७देखि

पुस १५, पोखरा सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला यही पुस २७ देखि माघ ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी समूहको मुख्य प्रायोजनमा हुने सो मेला सम्पन्न गर्न संघका अध्यक्ष विश्वशंकर पलिखेको संयोजकत्वमा मूल समिति र २७ उपसमिति गठन गरिएको छ । मेलामा हस्तकला, कृषि, पुष्प, गाडी, सूचना तथा प्रविधि, सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधि, दैनिक उपभोग्य वस्तु, घरायसी र शृङ्गारका सरसामान तथा लत्ताकपडाको बिक्री वितरण गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पलिखेले जानकारी दिए । ‘लगानीको संवर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आयोजना हुनेपूरा पढ्नुहोस्