Main Menu

Tuesday, December 5th, 2017

 

बागलुङमा ११ स्वास्थ्य संस्थाका भवन बन्दै

मंसिर १९, बागलुङ यस वर्ष बागलुङमा ११ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने भएका छन् । बागलुङ नगरपालिका– १३ पैयुँपाटा र बढीगाड गाउँपालिकाको ग्वालीचौरमा प्राथमिक स्वास्थ्य अस्पताल र भीमगिठे, दगातुम्डाँडा, मालिका, पैयुँथन्थाप, भीमापोखरा, अर्गल, अमरभूमि, दर्लिङ र नारायणस्थानमा स्वास्थ्यचौकीका भवनहरु बन्ने भएका हुन् ।   शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका अनुसार भवन निर्माणको काम अघि बढाइएको छ । प्राथमिक स्वास्थ्य अस्पताल न्यूनतम १५ शय्याको बन्ने कार्यालय प्रमुख प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार अघिल्लो र चालु आवमा गरी जिल्लाभर ३७ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने प्रक्रिया अघि बढेको छ । स्वास्थ्य मन्त्रालयअनुसार चालु आवमा बन्ने भवन शहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतपूरा पढ्नुहोस्


विकासका कामलाई गति दिँदै कामपा

मंसिर १९, काठमाडौँ पछिल्लो समय काठमाडौँ महानगरपालिकामा विकासको कामले गति लिएको छ । जनप्रतिनिधि आएपछिको मुख्य प्राथमिकतामा परेको ‘क्लिन द सिटी’ (सफा शहर) अभियान अहिले तीव्ररुपमा अघि बढेको छ भने अन्य विकास निर्माणको काम पनि भइरहेको छ । करिब एक हप्तादेखि बिहानको समयमा ब्रुमर (धुलो सोस्ने) को माध्यमबाट सडकको धुलो उठाएको कामपाले बेलुकीको समयमा भने जेट मेसिनबाट सडक पानीले पखालेर शहर सफा राख्ने कामलाई निरन्तर अघि बढाएको छ । स्थानीय सरकारले यसरी काम गरिरहँदा केन्द्र सरकारले सहयोग नगरेको आरोप पनि स्थानीय सरकारले केन्द्र सरकारलाई लगाएको छ । स्थानीय सरकारले हरेक विकास निर्माणको काम गर्दा स्थानीय सरकारलाई पूर्व जानकारी र सम्पन्न गर्नेपूरा पढ्नुहोस्


भेनेजुयलाको सरकार र विपक्षी पार्टीको वार्ता बिफल, छलफल भने जारी रहने

मंसिर १़९, काराकस भेनेजुयलाको सरकार र विपक्षी पार्टी सहमतिमा पुग्न असफल भएका छन् । शुक्रबार र शनिबार गरी दुई दिनसम्म बिभिन्न चरणमा भएको छलफलबाट पनि सहमति नजुटेपछि बैठक त्यत्तिकै सकिएको छ । अहिले विषयगत रुपमा सहमति नजुटेपछि दुई पक्षीय छलफललाई भने जारी राख्ने सहमति भएको वार्तामा सहभागीहरूले बताएका छन् । दुवै पक्षलाई एकै ठाँउमा वार्तामा बसाल्नु भएका डोमिनिया रिपब्लिकका राष्ट्रपति डोनिलो मेडिनाले कुनै निष्कर्ष विना बैठक सम्पन्न भएको जानकारी दिए । उनले उनीहरुको अर्को बैठक यही डिसेम्बर १५ तारिखका दिन गर्ने तय भएको पनि बताए । “वार्ताका लागि हामीले यही डिसेम्बर १५ का दिन अर्को नयाँ बैठक गर्ने तय गरेकापूरा पढ्नुहोस्


निर्वाचनलाई लक्षित गरी सीमा नाका सिल

मंसिर १९,  विराटनगर आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका मोरङका सीमा नाका सिल गरिएको छ । यही बिहीबार हुने निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने उद्देश्यले भारतसँग जोडिएको मोरङको ४२ किलोमिटर सीमा नाकालाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी गराएका छन् । नेपाल र भारतमा हुने गरेको निर्वाचनमा दुवै सीमावर्ती क्षेत्रका प्रशासनिक अधिकारीहरुले आपसी छलफलमा सीमानाका सिल गर्ने गरिन्छ । इलाम– यसैगरी सोही निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाकाहरू पनि ७२ घण्टाका लागि बन्द गरिएको छ । सुरक्षालाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि मंसिरपूरा पढ्नुहोस्


जनयुद्धको समयमा चरम यातना पाएका युवा नेता कृष्णध्वज खड्का

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेपछि निर्माण भएको संविधान अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर २१ गते सम्पन्न हुँदैछ । राजतन्त्र अन्त्य भई गणतन्त्र आउनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले दश वर्षसम्म चलाएको जनयुद्धको अहं भूमिका रहेकोमा कसैको दुई मत नहोला । त्यस जनयुद्धमा हजारौं नेपाली आमाका सपूतहरुले शहादत प्राप्त गरे भने हजारौंको अङ्गभङ्ग भयो । त्यस्तै गरी हजारौंले चरम यातना भोग्नुपर्यो । त्यसरी चरम यातना पाउने युवाहरुमध्ये प्यूठानका कृष्णध्वज खड्काको नाम पनि अग्रभागमा आउँदछ । उनी अहिले प्यूठानबाट प्रदेश सभा सदस्यका लागि साझा वाम उम्मेदवारका रुपमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका छन् । प्यूठानमा २०१९ सालमापूरा पढ्नुहोस्