Main Menu

Wednesday, December 13th, 2017

 

काठमाडौँमा समानुपातिकतर्फ काँग्रेस अगाडि, भोलिसम्म गणना सकिने

congress-meeting-flood

मंसिर २७, काठमाडौँ प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम राखेका छन् । अहिलेसम्म काठमाडौँ जिल्लाका तीनवटा निर्वाचन क्षेत्रको सम्पन्न मतगणनामा काँग्रेस अगाडि भएको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए । निर्वाचन क्षेत्र नं १, ४ र ८ को समानुपातिकतर्फको मतगणना सम्पन्न भइसकेको छ, जसअनुसार काँग्रेसले ३६ हजार ६०२ मतसहित अगाडि रहेको छ । एमालेले ३२ हजार ५५८, विवेकशील साझा पार्टीले १९ हजार ४५६ र नेकपा (माओवादी केन्द्र)ले ५ हजार १६५ मत पाएका छन् । “सातवटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ,” मुख्य निर्वाचन अधिकृत पोखरेलले भने –“भोलिसम्ममा समानुपातिकतर्फको मतगणना सकिने सम्भावना छ ।”


तेस्रो साफ च्याम्पियनसिप फुटबल आगामी सेप्टेम्बरमा बंगलादेशमा

मंसिर २७, काठमाडौँ दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ । दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको । हरेक २-२ वर्षमा आयोजना हुने भनिएको उक्त प्रतियोगिता यसै महिनामा सञ्चालन गर्ने सन् २०१६ मै निर्णय भए पनि साफले खेलको मिति परिवर्तन गरेको हो । भारतमा सन् २०१५ मा भएको ११ औँ साफ च्याम्पियनसिपपछि करिब १ वर्ष ढिला गरी प्रतियोगिता आयोजना हुनलागेको छ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन्पूरा पढ्नुहोस्


संघीय व्यवस्थापिका बैठकको तयारी तीव्र, राष्ट्रियसभा गठनको कानून अन्योलमा

मंसिर २७, काठमाडौँ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै व्यवस्थापिका–संसद् सचिवालयले संघीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालनको तयारी तीव्र पारेको छ । यही मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन भई प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ । समानुपातिकतर्फको मत परिणाम मंसिर २९ गतेसम्म आइसक्ने निर्वाचन आयोगले जनाएको छ । समानुपातिकतर्फको मत परिणाम आइसकेपछि दललाई सो बारेमा जानकारी दिने र त्यसमा समानुपातिक बन्द सूचीअनुसारको नाम प्रकाशन गर्न करिब एक साता समय लाग्ने आयोगको अनुमान छ । अन्तिम नामावली राष्ट्रपतिलाई बुझाउने र राजपत्रमा प्रकाशन गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । संविधानको भाग ८ मा संघीय व्यवस्थापिका गठनबारे उल्लेख छपूरा पढ्नुहोस्


सकियो प्रत्येक्षतर्फको मतगणना, ८० सिटसहित एमाले पहिलो

मंसिर २७, काठमाडौं पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं ३ को मतगणना आज सकिएसँगै प्रतिनिधिसभाको सबै (१६५ वटै) निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारीअनुसार, प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना पनि सकिएको हो । प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा (एमाले) का ८०, नेकपा (माओवादी केन्द्र) का ३६, नेपाली काँग्रेसका २३, राष्ट्रिय जनतापूरा पढ्नुहोस्


हनुमानढोका दरबार परिसर पुनःनिर्माणको काम तीव्र

मंसिर २७, काठमाडौँ विश्वसम्पदा सूचीमा रहेको हनुमानढोका दरबार परिसर पुनःनिर्माण तीव्र रुपमा हुँदैछ । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको हनुमानढोका दरबार परिसरको पुनःनिर्माणको कामले तीव्रता पाएको हो । दरबार परिसरभित्र रहेको नौतले दरबार, गद्धी बैठक, स्वेत भैरव, तलेजु भगवती, आगंमछे (नयाँ देवता राख्ने स्थान), माजुदेग, कृष्णमन्दिर, जगन्नाथ, गोपीकृष्ण मन्दिरलगायतका सम्पदा निर्माणको काम भइरहेको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका संग्रहालय अधिकृत जयनारायण कार्की स्वदेशी तथा विदेशी सहयोगमा परिसरभित्रको सम्पदा निर्माणको काम भइरहेको बताउँछन् । “संग्रहालय अवलोकन कार्य बन्द गरेर परिसरभित्रका सम्पदा निर्माणको कामलाई तीव्रता दिएका छौँ,”– उनले भने । यी मध्ये नौतलेपूरा पढ्नुहोस्


दलित हत्याको आरोपमा भारतमा ६ जनालाई मृत्युदण्ड

मंसिर २७, नयाँ दिल्ली, भारत भारतको दलित समुदायको एक व्यक्तिको हत्या गरेको आरोपमा भारतको तमिल नाडुमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । २२ वर्षीय शंकरको गत वर्ष दिउँसै व्यस्त सडकमा हत्या गरिएको थियो । हत्याराहरु पछि मोटरसाइकलमा फरार भएका थिए । आफूभन्दा ‘उच्च जात’की महिलासित विवाह गरेको आरोपमा शंकरको हत्या गरिएको थियो । सो घटनामा शंकरकी श्रीमती पनि घाइते भएकी थिइन् । बेहुलीका बाबुले आत्मसमर्पण गर्दै आफूले हत्या गरेको स्वीकारेका छन् । उनीसँगै अन्य ११ जनाविरुद्ध अदालतमा मुद्दा परेको थियो । हत्यामा संलग्न ६ जनालाई मृत्युदण्डसहित अर्का एक व्यक्तिलाई जन्मकैदको सजाय सुनाइएको छ । बेहुलीकी आमासहित अन्य ३ जनालाईपूरा पढ्नुहोस्


जनमोर्चा पनि वाम एकतामा सामेल हुने

मंसिर २७, काठमाडौँ राष्ट्रिय जनमोर्चाले वामपन्थी पार्टीहरुको एकताका लागि आफ्नो पार्टी सकारात्मक रहेको जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा केही जिल्लामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरेको सो पार्टीले निर्वाचनको परिणाम उत्साहजनक रहेको तथा मतदाता र कार्यकर्ताको अपेक्षा बलियो कम्युनिष्ट पार्टी निर्माणको आवश्यकतामा जोड दिएको हो । पार्टीका अध्यक्ष चित्रबहादुर केसी केसीले सिद्धान्त, राजनीति र संगठनको विषयमा सही समझदारीमा पुगेर मजबुत धरातल निर्माण गरी पार्टी एकतामा जान सुझाव दिएका छन् । अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी प्रतिक्रियावादी र विस्तारवादी शक्तिका विरुद्ध एकीकृत हुँदै राष्ट्रियताको रक्षा, संविधानको कार्यान्वयन र जनतन्त्रको लक्ष्य प्राप्तिमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्पूरा पढ्नुहोस्


सुनसरी ३ मा गच्छदार अगाडि

मंसिर २७, इनरुवा सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार अगाडि रहेका छन् । मतगणना शुरु भएदेखि पछाडि रहँदै आएका गच्छदार आज अगाडि परेका हुन् । आज बिहान ६ बजे सार्वजनिक भएको पछिल्लो मत परिणामअनुसार गच्छदार ५१९ मतले अगाडि रहेका छन् । पछिल्लो मत परिणामअनुसार काँग्रेसका उम्मेदवार गच्छदारले ३६ हजार ८० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार भगवती चौधरीले ३५ हजार ५६१ मत प्राप्त गरेकी छन् । सो क्षेत्रमा ८५ हजार १९७ मत खसेकोमा ७८ हजार ३९१ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुनसरीले जनाएको छ । अबपूरा पढ्नुहोस्


जित्ने बित्तिकै मतदाताको घरघरमा नेता पोखरेल

मंसिर २७, गौशाला, महोत्तरी महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ बाट विजयी मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पनि घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । जित्ने बित्तिकै सोमबारदेखि नै मतदाताको घर-घरमा पुगेर मन्त्री पोखरेलले मतदातालाई आभार व्यक्त गरेका थिए । महोत्तरी-१ बाट प्रतिनिधि सभामा अत्याधिक मतले विजयी गराएको भन्दै पोखरेलले आम मतदातालाइ घरैमा पुगेर धन्यवाद व्यक्त गरेका हुन् । मतदाता सँगको प्रत्येक्ष भेटमा उनले चुनावको बेला आफूले बोलेको कुरा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । समग्र महोत्तरीको विकासको निम्ति निरन्तर क्रियाशील रहने वाचा गर्दै मन्त्री पोखरेलले जनतको सुखदुःखमा सधैं साथमा रहने बताए । सोमबार महोत्तरीको सदरमुकाम जलेश्वरबाट सुरु भएको विजय र्याली एवम् घरदैलोपूरा पढ्नुहोस्