Main Menu

काठमाडौँमा समानुपातिकतर्फ काँग्रेस अगाडि, भोलिसम्म गणना सकिने

मंसिर २७, काठमाडौँ

proportional-vote-counting-congress-leadsप्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम राखेका छन् ।

अहिलेसम्म काठमाडौँ जिल्लाका तीनवटा निर्वाचन क्षेत्रको सम्पन्न मतगणनामा काँग्रेस अगाडि भएको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं १, ४ र ८ को समानुपातिकतर्फको मतगणना सम्पन्न भइसकेको छ, जसअनुसार काँग्रेसले ३६ हजार ६०२ मतसहित अगाडि रहेको छ । एमालेले ३२ हजार ५५८, विवेकशील साझा पार्टीले १९ हजार ४५६ र नेकपा (माओवादी केन्द्र)ले ५ हजार १६५ मत पाएका छन् ।

“सातवटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ,” मुख्य निर्वाचन अधिकृत पोखरेलले भने –“भोलिसम्ममा समानुपातिकतर्फको मतगणना सकिने सम्भावना छ ।”

(Visited 111 times, 1 visits today)

टिप्पणी

comments