Main Menu

काँग्रेस उम्मेदवार भण्डारीले दिए पोखरेललाई बधाई

मंसिर २८, गौशाला, महोत्तरी

congress-candidate-bhandari-congratulates-girijiमहोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर -१ बाट पराजित उम्मेदवार सिताराम भण्डारीले बिजयी उम्मेदवार गिरिराजमणि पोखरेललाई बधाई दिएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका भण्डारीले ९४७५ मत ल्याएर पोखरेलसँग पराजित भएका थिए । मतदाताको घर-घरमा पुगेर आभार व्यक्त गर्ने क्रममा पोखरेल आफ्नो प्रतिस्पर्धी भण्डारीलाई भेट्न गौशाला नगरपालिका -१० भरतपुर स्थित भण्डारीको निवासमा नै पुगेका थिए ।

बाम गठबन्धनका साझा उम्मेदवार पोखरेल घरैमा भेट्न आएपछि भण्डारी भावुक बनेका थिए । भण्डारीले पोखरेलको प्रसंशा गर्दै पोखरेल सदाबहार नेता भएको प्रतिक्रिया दिए । भेटमा भण्डारीले पोखरेललाई जनताले दिएको मतको कदर गर्न आग्रह पनि गरे ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य एवम् बिना बिभागिय मन्त्री समेत रहेका पोखरेलले जनताले दिएको मतको सम्मान गर्ने बताए ।

“हामी जनताको सेवक हौँ, जुन पार्टीमा भएनी जनताको सेवा गर्ने बाहेक हाम्रो कुनै स्वार्थ छैन,” मन्त्री पोखरेलले भने, “भण्डारी दाइसँग सल्लाह र सहकार्य गरेर अघि बढ्छु ।”

नेपाली काँग्रेसका उम्मेदवार भण्डारीको घरैमा पुगेका पोखरेललाई भण्डारीका ९६ वर्षीया आमा लक्ष्मीदेवी भण्डारीले टीका र माला लगाएर बधाई दिँदै “जो जहाँ भएनी मिलेर अघि बढ्न” आग्रह गरिन् । 

महोत्तरी-१ को प्रतिनिधि सभा निर्वाचनमा पोखरेलले २३,७७६ मत ल्याएर बिजयी भएका थिए भने उनको निकतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका लक्ष्मी महतोले १९,४९२ मत ल्याएका थिए । काँग्रेसका उम्मेदवार सिताराम भण्डारी भने ९४७५ मत ल्याएर तेस्रो स्थानमा रहे ।

घरदैलो जारी

महोत्तरी-१ बाट प्रतिनिधिसभामा अत्याधिक मतले विजयी गराएको भन्दै पोखरेलले आम मतदातालाइ घरैमा पुगेर धन्यवाद व्यक्त गरिरहेका छन् ।

पोखरेल बुधबार पनि गौशला नगरपालिकाको तारा चौरी, भरतपुर, बटौवा, फुलकाहा लगायतकाको मतदाताको घरघरमा घरदैलो गरे ।

घरदैलोको क्रममा पोखरेललाई स्थानीय मतदाताले प्रत्येक घरघरबाट फुलमाला र अबिर लगाएर सम्मान व्यक्त गरेका छन् । 

घरदैलोको क्रममा विभिन्न नाचगान सहितको हजारौंको भव्य र्याली निस्किएको थियो । घरदैलोको क्रममा महोत्तरी जिल्ला प्रतिनिधि सभा-१ को प्रदेश सभा-१ बाट बिजयी सारदादेवी थापा र प्रदेश सभा-२ बाट बिजयी भरतप्रसाद शाहलाई पनि मतदाताले भव्य स्वागत गरेका थिए ।

(Visited 147 times, 1 visits today)

टिप्पणी

comments