Main Menu

Thursday, December 14th, 2017

 

राष्ट्रियसभा गठनको निर्वाचन प्रणालीमा मतभेद

मंसिर २८, काठमाडौँ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई नयाँ जनादेश आइसक्दा पनि राष्ट्रियसभा गठन गर्न दलहरुबीच सहमति हुन नसक्दा कानून निर्माण गर्ने प्रक्रियामा ढिलाइ भइरहेको छ । दलहरुबीच राष्ट्रियसभा गठन गर्नका लागि निर्वाचन प्रणालीमा बहुमतीय वा एकल संक्रमणीय प्रणालीमा गर्ने भन्ने विवादका कारण कानून बनाउने प्रक्रिया समेत ढिलाइ हुँदै गइरहेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताले राष्ट्रियसभाको गठन र प्रक्रियाका विषयमा समान धारणा बनाएर अघि बढ्ने विषयमा छलफल भइरहेको छ । छलफलमा सहभागी नेता रामनारायण विडारीका अनुसार दुई दलबीच बहुमतीय निर्वाचन प्रणाली अपनाएर जाने विषयमा सोमबार बैठक नै बसी छलफल भएको छ । “बहुमतीयपूरा पढ्नुहोस्


आज राति मिथुन उल्का वर्षा सक्रिय हुने

मंसिर २८, काठमाडौँ मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ । सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो वर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरीक्षमा छोडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किमीमाथि जलेर उल्का वर्षा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । यो वर्ष क्षुद्रग्रह ३२०० फेथन आफैँ पृथ्वीको नजिक रहनेछ । उल्का वर्षको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामकरण गरिएकोपूरा पढ्नुहोस्


कास्की चुनावी प्रतिस्पर्धामा रहेका सबै महिला पराजित

मंसिर २८, पोखरा कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै (१२ जना) महिला उम्मेदवार पराजित भएका छन् । प्रदेशसभा क्षेत्र नं ३ (क)मा निकटतम नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत ल्याएर पराजित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रामजी बरालले १५ हजार ८२३ मत प्राप्त गरी विजयी भए ।  प्रतिनिधिसभा क्षेत्र नं २ मा राष्ट्रिय जनमुक्ति पार्टीकी उमा दर्लामी, राष्ट्रिय जनमोर्चाकी दालकुमारी खत्री, संंघीय समाजवादी फोरम नेपालकी रत्न भट्टचन र नेपाल दलित पार्टीकी लक्ष्मी विश्वकर्मा पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । यस्तै प्रदेशसभा क्षेत्र नं १ (क) मा मंगोल नेशनलपूरा पढ्नुहोस्


काँग्रेस उम्मेदवार भण्डारीले दिए पोखरेललाई बधाई

मंसिर २८, गौशाला, महोत्तरी महोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर -१ बाट पराजित उम्मेदवार सिताराम भण्डारीले बिजयी उम्मेदवार गिरिराजमणि पोखरेललाई बधाई दिएका छन् । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका भण्डारीले ९४७५ मत ल्याएर पोखरेलसँग पराजित भएका थिए । मतदाताको घर-घरमा पुगेर आभार व्यक्त गर्ने क्रममा पोखरेल आफ्नो प्रतिस्पर्धी भण्डारीलाई भेट्न गौशाला नगरपालिका -१० भरतपुर स्थित भण्डारीको निवासमा नै पुगेका थिए । बाम गठबन्धनका साझा उम्मेदवार पोखरेल घरैमा भेट्न आएपछि भण्डारी भावुक बनेका थिए । भण्डारीले पोखरेलको प्रसंशा गर्दै पोखरेल सदाबहार नेता भएको प्रतिक्रिया दिए । भेटमा भण्डारीले पोखरेललाई जनताले दिएको मतको कदर गर्न आग्रह पनि गरे । नेकपापूरा पढ्नुहोस्