Main Menu

Monday, December 11th, 2017

 

प्रत्येक्षतर्फ बाम गठबन्धन दुईतिहाई निश्चित

मंसिर २५, काठमाडौँ गत मंसिर १० र २१ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधिसभाको हकमा प्रत्येक्ष निर्वाचन प्रणालीतर्फ बाम गठबन्धनको दुईतिहाई निश्चित भएको छ । प्रत्येक्षतर्फ प्रतिनिधिसभाका कुल १६५ सिटका लागि भएको सो निर्वाचनमा हालसम्म नेकपा (एमाले) ७३ सिटमा विजयी भएको छ भने नेकपा (माओवादी केन्द्र) ३१ स्थानको विजयी भएको छ । वाम गठबन्धनका संघटक यी दुई ठूला पार्टीहरुको कुल सिट संख्या १०४ पुगेको छ । बाँकी स्थानमा जारी मतगणनामा एमाले ९ स्थानमा अगाडि छ भने माओवादी केन्द्रले ३ स्थानमा अग्रता लिइरहेको छ । प्रत्येक्षतर्फ दुईतिहाई आउन १६५ मध्ये ११० सिट जित्नु आवश्यक हुन्छ । यस हिसाबमा बाम गठबन्धनलेपूरा पढ्नुहोस्


अर्घाभगवती विमानस्थलको काम अघि बढ्दै

मंसिर २५, काठमाडौँ अर्घाखाँचीको अर्घाभगवती विमानस्थल निर्माणका लागि निर्माणस्थलमा रहेका रुख हटाउन सम्झौता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, एरोड्रम इञ्जिनियरिङ विभागले अर्घाभगवती विमानस्थल निर्माणस्थलमा रहेका रुख हटाउने कार्यका लागि भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सन्धिखर्क, अर्घाखाँचीसँग सम्झौता गरेको छ । विभाग र प्रा.लि. बीच यही मंसिर १८ गते सोसम्बन्धी सम्झौता भई विमानस्थल निर्माणको काम अघि बढ्न लागेको विभागका इन्जिनियर ध्रुवदास भोछिभोयाबाट थाहा भएको छ । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा त्यहाँको पुरानो भगवतीको मन्दिरको नामबाट बन्ने सो विमानस्थलको शिलान्यास तत्कालीन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गतवर्ष गरेका थिए । कुल लागत करिब रु. ८० करोडको सो बहुवर्षीय आयोजना चार वर्षभित्रपूरा पढ्नुहोस्


कैलाली ३ र ४ मा वाम गठबन्धन विजयी

मंसिर २५, धनगढी कैलालीको निर्वाचन क्षेत्र नं ३ र ४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन विजयी भएको छ । आज बिहान सार्वजनिक गरिएको मत गणनाको अन्तिम नतिजाअनुसार निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका नेता लेखराज भट्ट ३१ हजार ३५९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा (क) मा एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारी १६ हजार १५५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका यज्ञराज चौधरीले ११ हजार ४२५ मत पाए । यस्तै प्रदेश सभा (ख) मा एमालेकापूरा पढ्नुहोस्


महोत्तरीमा नेता पोखरेलको ह्याट्रिक

मंसिर २५, महोत्तरी महोत्तरी क्षेत्र नं १ बाट नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेल प्रतिनिधिसभामा विजयी भएका छन् । उनी २३ हजार ७७६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी महतोले १९ हजार ४९२ मत प्राप्त गरे । यसअघि २०६४ र २०७० सालको संविधानसभा चुनावमा पनि पोखरेल महोत्तरीबाटै निर्वाचित भएका थिए । पोखरेल गणतन्त्र स्थापना भएपछि बनेको एकीकृत नेकपा माओवादी नेतृत्वको संयुक्त सरकारमा स्वास्थ्यमन्त्री थिए । उनी २०७२ सालमा शिक्षामन्त्री र २०७४ सालको जेठमा फेरि स्वास्थ्यमन्त्री भए । त्यस्तै, महोत्तरी क्षेत्र नं १ को (कं) मा शारदादेवी थापा र (ख) मा भरत साह निर्वाचित भएकापूरा पढ्नुहोस्