Main Menu

Monday, December 18th, 2017

 

प्रधानमन्त्रीले राजीनामा गर्ने कुरै आउँदैन – पौडेल

uml-insisting-poudel

पुस ३, दमौली, तनहुँ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्ले पूर्णता नपाएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिने बताएका छन् । व्यास नपा–१० को खहरेमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले राजीनामा दिने कुरै नआउने बताउँदै भने,  “राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश पारित भएपछि हामी जुनसुकै बेला सरकार छोडिहाल्छौँ ।” मुलुकको लथालिङ्ग अवस्थालाई छोडेर प्रधानमन्त्रीले राजीनामा गर्न नमिल्ने बताउँदै उनले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न काँग्रेस आतुरसमेत रहेको धारणा व्यक्त गरे । त्यस्तै, प्रतिनिधिसभाको  निर्वाचनमा पराजित भएका उनी पराजयबाट आफू कति पनि विचलित नभएको बताए । “निर्वाचनमा हारजीत हुनु स्वाभाविक प्रक्रिया हो, आफू पराजित भए पनि कति पनि विचलित भएको छैन्,” उनले भने, “जनताकोपूरा पढ्नुहोस्


राष्ट्रियसभा सम्बन्धी विवाद अनावश्यक – माओवादी केन्द्र

पुस ३, काठमाडौँ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा गठन सम्बन्धमा अनावश्यक विवाद निकालिएको भन्दै त्यसको राजनीतिक समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज बसेको केन्द्रीय कार्यालयको बैठकले संविधान, कानूनअनुसार राष्ट्रिय सभा गठन हुनुपर्ने भन्दै अनावश्यक रुपमा राजनीति गर्न खोजिएको भन्दै जनादेशको सम्मान गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ । बैठकले राष्ट्रिय सभा गठनसम्बन्धी देखिएको विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष निकाल्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले दिएको जनादेशलाई सम्मान गर्न आग्रह गरेको हो । “राष्ट्रिय सभा गठनसम्बन्धी विवाद राजनीतिक विषय हो,” बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन्, “यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ ।पूरा पढ्नुहोस्


प्रजनन् गराउनका लागि भाले गोही खोज्दै निकुञ्जको टोली

पुस ३, चितवन चितवन राष्ट्रिय निकुञ्ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएपछि निकुञ्जको टोली भाले गोहीको खोजीमा पश्चिम नेपाल पुगेको छ । टोलीले पश्चिम नेपालको बबई र कर्णाली नदीमा भाले घडियाल खोजी गरी यहाँ ल्याउनेछ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार भोलि बिहानबाट कर्णाली र बबई नदीमा गोही खोजी कार्य शुरु गरिँदैछ । भारतीय सीमा क्षेत्रबाट गोही ल्याउनुपर्ने भएकाले भारतीय अधिकारीसँग पनि छलफल गरिँदैछ । यसअघि नै उनीहरुलाई यस विषयमा जानकारी गराइएको कँडेलले बताए । झण्डै डेढ दशकयतादेखि कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्का, प्रजनन केन्द्रमा सहयोगीका रुपमा कामपूरा पढ्नुहोस्


हेलो सरकारबाट कल सेन्टर शुरु

पुस ३,काठमाडौँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारले कल सेन्टर शुरु गरेको छ । यही मंसिर २८ गतेदेखि सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर शुरु गरिएको हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिए । हेलो सरकारले कागजविहीन बनाई र तत्काल सर्वसाधारणको गुनासो सम्बन्धित निकायमा पुर्याई सम्बोधन गर्नका लागि कल सेन्टर शुरु गरिएको उनले बताए । सर्वसाधारणले ११११ मा फोन डायल गरी कलसेन्टरमार्फत गुनासो राख्ने छन् । यसरी राखिएका गुनासोलाई तुरुन्तै त्यहाँका कर्मचारीले कम्प्युटरमा टाइप गरी सम्बन्धित निकायमा गुनासो पुर्याउने छन् । कल सेन्टरमा राखेको गुनासो रेकर्डसमेत गरिने व्यवस्था रहेको छ । कल सेन्टर शुरु भएपछि जो कोहीले पनिपूरा पढ्नुहोस्


साहित्य र चिकित्सकको बेजोड संगम साहित्य मेला

पुस ३, काठमाडौँ आँखाको भाका बुझेर आउ सुस्तरी सुस्तरी, मधुर गीत गजल गाउ सुस्तरी सुस्तरी दर्शकले भरिएको हलमा एकनास ताली बजिरहेको छ । गजलमा भनिए झैँ वातावरण एकाग्रमा सुस्तरीसुस्तरी सुस्ताइरहेको छ । लाग्छ दर्शक श्वासको आवाज पनि निकाल्न तयार छैनन् । यस्तै दृश्य थियो शनिबारको जमलस्थित नाचघरमा । सेतो एप्रोन लगाएर अस्पतालका बहिरङ्ग र शल्यकक्ष कक्षमा बिरामीसँग उनका समस्या बुझ्दै गरेका भेटिने चिकित्सक शनिबार भने अलग्गै रंगमा भेटिए । जमलस्थित राष्ट्रिय नाचघरको माथिल्लो कक्षमा शनिबार भेला भएका चिकित्सकका साथमा न त बिरामी थिए, न त त्यहाँ कुनै शिविर चलिरहेको थियो । चिकित्सा शिक्षा र सेवालाई सहज रुपमा तीन करोड नेपालीकोपूरा पढ्नुहोस्


मिर्गाैला, क्यान्सर र मेरुदण्डका बिरामीलाई भत्ता

पुस ३, काठमाडौं सरकारले मिर्गाैला, क्यान्सर र मेरुदण्डमा चोट (स्पाइनल इन्जुरी)को उपचार गराइरहेका बिरामीहरूलाई जीविकोपार्जनका लागि प्रतिमहिना ५ हजार भक्ता दिने भएको छ । गम्भीर रोगकै कारण आर्थिक उपार्जन गर्न नसक्ने हुँदा बिरामीलाई आवाश्यक जोहो गर्न पनि अप्ठेरो पर्दा परिवारलाई समेत आर्थिक भार थपिने भन्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । स्वास्थ्यमन्त्री दीपक बोहोराका अनुसार सरकारले सुर्तीजन्य पदार्थमा लगाएको करबाट हुने आम्दानीबापतको रकमबाट यस्तो विशेष भक्ता दिने तयारी गरेको हो । ‘हामीले यस्ता बिरामीको उपचारमा सहुलियत त दिइरहेका छौं, यस्ता बिरामीको खाना र पालनपोषणमा पनि उस्तै समस्या छ,’ स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोहोराले भने । स्वास्थ्य मन्त्रालयकापूरा पढ्नुहोस्


निगमको ६ अर्बको सेयर आउँदै

पुस ३, काठमाडौँ नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । चुक्ता पुँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो । हाल निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ छ । चुक्ता पुँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याइने निगमले जनाएको छ । निगमका अनुसार पुँजी वृद्धिका लागि सेयर जारी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयमा छलफल भइसकेको छ । ‘वार्षिक साढे खर्ब रुपैयाँको कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी करोडमा छ,’ निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘यही क्रममा सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने तयारीमा छौं ।’ कम्पनीपूरा पढ्नुहोस्


प्लास्टिकको झोलामा नवजात शिशुको शव

congress-leader-aryal-construct-20-houses

पुस ३, नुवाकोट विदुर नगरपालिका–८ बगुवा खोला किनारमा प्लास्टिकको झोलामा नवजात शिशु (बालक) को शव भेट्टिएको छ । हिजो अपराह्न खोला किनारमा प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव भेट्टिएको प्रहरीले जनाएको छ । स्थानीयबासीले खोला किनारमा भेट्टाएको प्लास्टिकको झोला फोहोर पदार्थ ठानेर अन्यत्र फ्याक्ने क्रममा मृत बच्चा देखेपछि खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । जिल्ला अस्पताल त्रिशूलीका चिकित्सकका अनुसार भेट्टिएको शिशु २४ घण्टा अघि जन्मेको र त्यसलगत्तै झोलामा पोको पारेर फ्याकिएकाले मृत्यु भएको पाइएको छ । शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ भने शव फ्याक्ने व्यक्तिको खोजी भइरहेको छ ।


निर्वाचन विरोधी गतिविधिका आरोपी तारिखमा छुटे

congress-leader-aryal-construct-20-houses

पुस ३, भोजपुर निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जनामध्ये ८ जनालाई तारिखमा रिहाइ गरिएको छ । निर्वाचन बिथोल्ने गतिविधिको आशंकामा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये दुई जनाको भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीले भोजपुर सदरमुकाम, सिद्धेश्वर, छिनामखु, बोयालगायत विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो । निर्वाचन मत परिणाम सार्वजनिक भएसँगै उनीहरू तारिखमा छुटेका हुन् । पक्राउ परेका अन्य दुई जनाको विषयमा भने मुद्दा चलिरहेको प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए । उनीहरूलाई रु. १-१ हजार धरौटी लिएर तारिखमा छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।


बालबालिकाका लागि पोषण अभियान शुरु

पुस ३, महोत्तरी जिल्लामा करिब ११ हजार कुपोषित बालबालिका भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले पिठो वितरण कार्यको अभियान शुरु गरेको छ । शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहारस्वरुप पिठो वितरण गर्ने कार्य शुरु गरिएकाले सो अभियानले यस्ता बच्चालाई सुपोषित बनाउने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बालपोषण शाखाका अधिकृत गिरेन्द्र झाका अनुसार पहिलो चरणमा सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा पिठो वितरण गर्ने अभियान आजदेखि शुरु भएको र यो अभियान जिल्लाभरिमा सञ्चालन हुने छ । कुपोषणमुक्त महोत्तरी बनाउनका लागि जिल्लाको हरेक स्थानमा सुनौलो हजारदिनका साथै पोषणसम्बन्धी सचेतनासम्बन्धी जानकारी गृहणीको भान्छा घरसम्ममै पुर्याउने लक्ष्य लिएको अधिकृत झाले बताए। सो अभियानअन्तर्गत जलेश्वर,पूरा पढ्नुहोस्